ट्रेंडिंग:

>> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार

बन्दाबन्दीमा महिला र बालबालिका असुरक्षित

४ कार्तिक २०७७, मंगलवार
४ कार्तिक २०७७, मंगलवार

घरेलु हिंसा प्रभावितलाई आश्रय दिदै आएको महिला आश्रय गृहमा बन्दाबन्दीका बेला समेत आश्रय लिनेको संख्यामा कुनै कमी आएन । बिगत १२ बर्ष देखी साथी नामक गैर सरकारी संस्थाले कपिलवस्तुमा सञ्चालन गरेको १० शैया क्षमताको आश्रय गृह अहिले पनि भरिभराउन नै रह्यो । आश्रय गृहमा प्रहरीमा मुद्दा दर्ता गरिएका महिला हिंसा भित्रका करणी, बहुबिवाह, घरेलु हिंसा र यौन दुव्र्यवहार पिडित निरन्तर रहने गरेका छन । बिश्वव्यापी माहामारी कोभिड १९ (कोरोना भाईरस) को संक्रमणबाट बिश्वका कुनै देश अछुतो रहेका छैनन । कोरोनाले प्रभावित भएको नेपालमा लामो समय लकडाउन (बन्दाबन्दी) भयो । तर आश्रय गृहमा हिंसा प्रभावितको उपस्थितीले बन्दाबन्दीमा समेत महिला र बालबालिका असुरक्षित रहेको प्रष्ट्याएको छ । बन्दाबन्दी पछि आश्रय गृहमा दैनिक न्युनतम ६/७ जना बसेकै तथ्याङ्क छ । बन्दाबन्दीका बेला सार्वजनिक यातायात र हिडडुलमा समेत प्रतिबन्ध थियो । नागरिकलाई घर भित्रै बस्ने सरकारले आव्हान गरेको थियो । तर घर भित्रै बसेका महिला र बालबालिका सुरक्षित हुन नसकेको तथ्यले देखाएको छ । “बन्दाबन्दीका बेला समेत महिला र बालबालिका माथीको हिंसा घटेन । आश्रय गृहमा निरन्तर हिंसा प्रभावितको उपस्थिती रह्यो” आश्रय गृह प्रमुख बिमला घिमिरेले भनिन् ।

आश्रय गृह मात्रै होईन, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कले समेत बन्दाबन्दीको अवस्थामा हिंसाका घटना बृद्धि भएको प्रष्टयाएको छ । गत आर्थिक बर्ष २०७६/७७ को अबधीमा प्रहरीमा करणी सम्बन्धि ५२ मुद्दामा जाहेरी आएको देखिन्छ । जाहेरी आएकामा जबरजस्ती करणीका ३२ वटा, करणी उद्योगका १२ वटा, हाडनाता करणीका २ वटा र अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारका १/१ मुद्दा छन । तर जाहेरी आएका मध्य गत आवको बन्दाबन्दी शुरुबात भएको चैत्र ११ देखी अषाढ मसान्त सम्मको अबधीमै २३ जबरजस्ती करणी र ९ जबरजस्ती करणी उद्योग गरि ३२ करणी सम्बन्धि मुद्दाको जाहेरी दर्ता भएको देखिन्छ । त्यसै गरि चालु आर्थिक बर्षको तिन महिनाको अबधीमा जबरजस्ती करणीका १४ र करणी उद्योगका ७ गरि कुल २१ जाहेरी दर्ता भएका छन । अर्थात बन्दाबन्दी शुरुवात भएको चैत्र ११ देखी असोज मसान्त सम्मको (७ महिनाको) अबधीमा जिल्लामा ५३ मुद्दाको जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको तथ्याङ्कले देखाएको छ ।

उता जिल्ला प्रहरी कार्यालयको महिला प्रहरी सेलको तथ्याङ्कले समेत बन्दाबन्दीका बेलामा महिला तथा बालबालिका असुरक्षित रहेको प्रष्ट्याएको छ । गत आर्थिक बर्षको अबधीमा महिला सेलमा घरेलु हिंसाका २ सय ३९ र महिला सम्बन्धि ठाडो उजुरी २ सय ४ गरि ४ सय ४३ उजुरी दर्ता भएका थिए । तर चालु आवको तिन महिनाको अबधीमा सो दरमा तुलनात्मक रुपमा बृद्धि भएको तथ्याङ्कले देखाएको छ । चालु आवको तिन महिनामा महिला प्रहरी सेलमा घरेलु हिंसाका ७१ र महिला सम्बन्धि ठाडो उजुरीका ४८ गरि १ सय १९ उजुरी दर्ता भएका छन । बन्दाबन्दीले महिला माथीको हिंसा घट्ने भन्दा पनि बढने क्रममा रहेको महिला प्रहरी सेलमा कार्यरत प्रहरी हवल्दार पार्वती गुप्ताको बुझाई छ । कोरोना संक्रमणका कारण रोजगारी गुम्दा परिवारमा एकिकृत हुने, गतिशिलता एकिकृत र नियन्त्रित भएकै कारण अपराध बढने पृष्ठभुमी तयार हुने गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीको बुझाई छ । प्रहरी सहित सामाजिक संघ संस्थाले प्रवाह गरेको सचेतनाले समेत अपराधका घटना उजुरीमा आउदाँ समेत घटना बढे झै देखिएको भण्डारीले जनाए । “पहिलेका तुलनामा अपराधका घटनाको सुचना प्रहरीलाई आउन थालेको छ । समुदाय सचेत भएर अपराधको घटना सार्वजनिक हुन थालेको छ । त्यसैले अहिले अपराधको संख्या बढदै गएको दृष्टिकोण सगै उजागर हुने क्रम बढेको पनि बुझन आवश्यक छ ।” प्रहरी नायब उपरिक्षक भण्डारीले थपे ।

प्रहरीको दाबी सगै अदालत सम्म पुगेका मुद्दाको अवस्था हेर्दा जिल्लामा बन्दाबन्दीमा महिला र बालबालिका माथीका हिंसाको दर बढेको प्रष्टिन्छ । कपिलवस्तु अदालतमा गत आर्थिक बर्ष २०७६/७७ को अबधीमा कुल ७६ मुद्दा अदालतमा दर्ता भएको देखिन्छ । जसमा ३४ मुद्दा फर्छौट भएका छन भने ४२ मुद्दा बाकी रहेको अवस्था थियो । अदालतमा दर्ता भएका मुद्दामा जबरजस्ती करणीका ५५ वटा, जबरजस्ती करणी उद्योग १८ वटा ,बाल यौन दुरुपयोगका २ वटा र अप्राकृतिक मैथुनको १ वटा मुद्दा रहेका छन् । कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दी पश्चात महिला र बालबालिका माथीका हिंसाका घटना बढेको तथ्याङ्क देखिएको कपिलवस्तु अदालतका श्रेस्तेदार हिरण्य प्रसाद भण्डारीले बताए । “बन्दा बन्दीका बेला जबरजस्ती करणी र घरेलु हिंसाका घटनाको मुद्दाहरु दर्ता बढेको भेटिएको छ ।” श्रेष्तेदार भण्डारीले भने । कपिलवस्तु अदालतको तथ्याङ्क अनुसार २०७६ चैत्र देखी ७७ असोजको अबधीमा कपिलवस्तु अदालतमा जबरजस्ती करणीका २८ मुद्दा दर्ता भएका छन । सोहि अबधीमा जबरजस्ती करणी उद्योगका २० वटा, घरेलु हिंसाका ९ वटा, माना चामलका ५ वटा, बहुबिवाहका ३ वटा र सम्बन्ध बिच्छेदका ६० वटा मुद्दा दर्ता भएका छन ।

बन्दाबन्दीले हिंसा गर्न थप उत्प्रेरित गराएको बरिष्ठ मनोबिमर्शकर्ता बेवी शाहको बुझाई छ । घर भित्र नै बढि हुने घरेलु हिंसा बन्दाबन्दीका कारण बाहिर नदेखिने भए पछि सार्वजनिक नै हुन नपाएको उनी बताउछिन । कोरोना संक्रमणका कारण घर बाहिर ननिस्कने परिस्थितीका कारण आफन्त बाटै हिंसाका घटना हुने गरेको उनले बताईन । सम्बन्धित सरोकारवालाले पुर्ण रुपमा उत्तरदायित्व बहन गर्न नसक्दा र कोराना संक्रमणका कारण अन्य प्राथमिकताका क्षेत्र छाँयामा पर्दा हिंसा प्रभावितले स्वास्थ्यकर्मी कहाँ पुगे पनि घटना उजागर नगरेको देखिन्छ । “अनलाईन कक्षाको नाममा प्रबिधी प्रतिको पहुँच र सोको दुरुपयोगले समेत किशोर किशोरीमा हिंसाको दर बढाएको छ ।” बरिष्ठ मनोबिमर्शकर्ता शाहले दाबी गरिन । बिश्वव्यापी तथ्याङ्क हेर्दा प्रत्यक तिन जना महिलामा एक जना हिंसाको शिकार हुने गरेको तथ्य छ । महिला माथी हुने हिंसा मध्य ९० प्रतिशत घरेलु हिंसा हुने गरेको छ । बन्दाबन्दीका बेला पिडक सँग थुनिएर बस्नु पर्ने बाध्यताका कारण तुलनागत रुपमा सो अबधीमा महिला र बालबालिका माथी हिंसाको दायरा बढि भएको संयुक्त राष्ट्रसंघिय सिड कमिटीकी उपाध्यक्ष बन्दना राणाको बुझाई छ । “सामान्य अवस्थामा समेत हिंसा हुनेहरुलाई त झन बन्दाबन्दीका बेला एकै ठाँउ थुनिएर बस्दा हिंसा नहुने सम्भावना नै हुदैन । त्यसैले अहिले हिंसाका घटना बढेको बिभिन्न सरोकारवालाको तथ्याङ्कले समेत प्रष्ट्याएको छ ।” राणाले दाबी गरिन । गत अप्रेल महिलामै बिकशित राष्ट्रहरुमा समेत ३०/४० प्रतिशतको दरले लैङ्गिक हिंसाका घटनाहरु बढेको बिषय सार्वजनिक भई सकेको छ । यो बिषयलाई ध्यान दिएर संयुक्त राष्ट्रसंघका माहासचिवले समेत कोरोना संक्रमणका बेला घरेलु हिंसालाई छाया माहामारी भनेर सम्बोधन गरेको उनले जनाईन । लैङ्गिक समावेशिकरणका बिषयलाई प्राथमिकतामा राखेर निती बनाउनु पर्नेमा संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रलाई स्पष्ट निर्देशन दिएको सिड कमिटी उपाध्यक्ष राणाले बताईन । “संयुक्त राष्ट्र संघ लगायत सिड कमिटीले पनि सदस्य राष्ट्रहरुका लागी कोभिड १९ को गाईडेन्स नोट प्रकाशन गरि सदस्य राष्ट्रलाई थप उत्तरदायी बनाउने प्रयास गरेको छ ।” उनले भनिन । (ईन्जाको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?