© 2026
प्राविधिक विषयमा ब्यवस्थापनको अर्थ होला नायकत्व असम्भव छ । नेपाल विद्युत प्राधिकरणको वर्तमान अवस्था हेर्दा लाग्छ ब्यवस्थापकीय चुस्ततालाई नायकत्वमा स्थापित हुने गरी गरिएका सवै प्रचारहरु समयक्रम संगै खारेज भएर जाने छन् र नेपाल विद्युत प्राधिकरणको वास्तविक अवस्था के हो समयले सवैलाई जानकारी गराउनेछ । पछिल्लो समयमा भारतलाई विद्युत बेचेको भनेर केही दिन यता ठुलो प्रचार प्रसार भएको छ ्र तर हामी सर्वसाधारणको घरमा आएको बिजुली कुन गुणस्तरको छ र कति भोल्टेजको छ नेपालको आफुलाई तथाकथित लोडसेडिङ अन्त्यको पिता मानिएका कुलमान घिसिङज्युलाई प्रश्न किन न गर्ने ? लोडसेडिङको समस्या अन्त्य गरेको भनेर एक पक्षीय रुपमा एकलौटी जस लिने गरेका घिसिङले विद्युत उपभोक्ताको हरेक प्रश्नको जवाफ दिन पर्छ कि पर्दैन ?
त्यसैले आम उपभोक्ताको रुपमा केही प्रश्नहरु तपाईलाई सोध्ने जमर्को गरेको छु ।
१. नेपालले भारतबाट विद्युत नल्याई नेपालको लोडसेडिङ्ग हटेको हो कि ? हामी भारतीय विद्युतमा निर्भर छौ । जव निर्भर छौ खुलस्त भनौ हामीले विगत ६ बर्ष यता विद्युत कति किन्यौ कि तपाइको कार्यकालमा विद्युत बेचेको मात्र छ ? दुइ देशबिचको विद्युत आदान प्रदान तपाइको ब्यक्तिगत पहलको उपलब्धि हो की नेपाल सरकारको ?
२. विना कुनै संकोच ढाँट र छल नेपाली समाजलाई खुलस्त हुने गरी नेपाल विद्युत प्राधिकरणले भनोस् हाल नेपालका ठुला उद्योगमा कति घण्टा लोडसेडिङ्ग छ ?
३. विगत ६ बर्ष देखि प्राधिकरणको नेतृत्वमा रहनु भयो । ६ बर्ष सानो समय होइन । हाम्रो उत्पादन प्रणालीले वा प्राविधिक समस्याले केही समय लाइन नआउने समस्या हामी बुझ्छौ तर अहिलेको लाइनको गुणस्तर के नेपाल विद्युत प्राधिकरणले दावी गरे जस्तो छ वा यसले कुलमानलाई जिस्काइरहेको छ । सवै मैले गरेको म नायक हो भन्नेले दोष पनि लिनु पर्दछ ।
४. बुटवल र त्यो भन्दा पश्चिम धनगढी,नेपालगंज, कोहलपुर, दाङ्ग, कपिलबस्तुको लाइनको हालत के छ ? कर्मचारीबाट वास्तविकता थाहा पाउनु भएको छ कि कर्मचारीको बोलीलाई दवाएर राख्नु भएको छ । यो ६ बर्षको कार्यकालमा पश्चिम क्षेत्रमा विद्युत उत्पादनका लागि प्राधिकरणले के काम गर्यो ? आफ्नो उत्पादन बढाउन पश्चिममा नयाँ आयोजना किन अगाडि बढेनन् । जति नै मिठो कुरा गरेता पनि बुटवल लगायत पश्चिमको लाइन सुधार हुन अझै कति दिन महिना वर्ष वा ८÷१० वर्ष लाग्ने हो ? यो क्षेत्रको लाइन भारतबाट आउने प्रणालीमा भर परेको भन्ने यथार्थता हो वा होईन ? भारतबाट आयात गरेको लाईनको गुणस्तरमाथि प्रश्न हो ? कति लाईन आएको छ कुन गुणस्तरको जवाफदेहिता कस्को ?
५. एक टेलिभिजन अन्तर्वार्तामा आफु एकदमै काम गर्ने ब्यवस्थापक हुँ भन्नु भएको थियो ६ बर्ष के काम गर्नु भएको रहेछ भन्ने हाल पश्चिम क्षेत्रमा भएको अनियमित विद्युत आपुर्तिले बताइरहेको छ । नेपालको तराइ भुभागमा हरेक ठाउँमा न्युन भोल्टेजको समस्या रहेको छ । न्युन भोल्टेज न्युनिकरण कुनै ठुलो समस्या होइन होला तर उपलब्धी खै हामीले सचेत भएर नियाली रहेका छौ ।
६. तपाइको नियुक्तीको विषयलाई लिएर सर्वोच्च अदालतमा रहेको मुद्दाको पेशी कति पटक सर्यो तर तपाइले सम्पूर्ण तागतका साथ मिडियामा कोकोहोलो मच्चाइ रहेको केही प्रसारण लाइनको टावर बनाउने कही सवस्टेशन बनाउने कहीं रुख कटान गर्ने विषयमा परेको मुद्दाको किन सुनुवाइ भएन ? तपाइ काममा भन्दा प्रचारमा रमाउनु भएको छ भन्दा अनुचित न होला !
ठूलो डर अनि प्रश्न ?
आफ्नो कार्यकालको ६ बर्ष सम्म आफुले नेतृत्व गर्ने संस्थाबाट कुनै ठोस विद्युत उत्पादन आयोजना सुरु नगर्ने । जहाँ लाइन बनाउनु पर्ने हो त्यहाँ चासो नराखी विदेशी लगानीबाट निर्माणाधीन आयोजनको विद्युत भारतीय बजारमा पुर्याउने उद्देश्यले बन्न लागेका प्रशारण लाइनमा अधिक चासो राख्ने । ठुला र राम्रा आयोजना धेरै जसो सवै विदेशी कम्पनी बाँकी रहेका नेपाली कम्पनीलाई उपलब्ध गराउने ? निश्चित राजनीतिक दल र उसको सत्ता स्वार्थ पुरा गर्नका लागि नेपालको सवै खोलानालाहरु विदेशीलाई बेच्ने मतियारको रुपमा काम गर्ने र नजिकको छिमेकीको प्यारो भइ नेपाली जनतालाइ आँखामा छारो हाली विद्युत बेचेको कुरा मात्र मिडिया मार्फत बाहिर ल्याउने तपाइको पछिल्ला गतिविधिहरुबाट वाध्य भएर प्रश्न सोध्न मन लागेको छ ? कि नयाँ लेण्डुप दोर्जेको अवतार तपाई हो ?
कुलमानको चासो र चिन्ता कुनै अमुक दल एवं छिमेकी राष्ट्रको स्वार्थ पूर्ति मात्र हो न की नेपाल र नेपालीको । नेपालका सवै खोला नाला एवं नेपालको विद्युत प्रणालीको सवै ताला चावि छिमेकीलाई बुझाउन अग्रसर नया लेण्डुप दोर्जेको अवतार प्रति सवै सचेत हुन जरुरी देखियो ।