ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
विचार

सबै गए पारी, सटर भए खाली

२८ जेष्ठ २०८०, आईतवार
२८ जेष्ठ २०८०, आईतवार

पछिल्लो समय भैरहवा–बुटवलका अधिकांश सटरहरू खाली हुँदै गएका छन् । सटरहरूमा “सटर खाली छ” भन्ने सूचना टाँस गरेको पनि देख्न पाइन्छ । विक्री नहुँदा व्यापारीहरूलाई सञ्चालन खर्च धान्न पनि मुस्किल हुँदै गएकाले धेरैजसो व्यवसाय बन्द हुने क्रम बढ्दै गएको छ । अहिले घाटा व्यहोर्दै आएका अधिकांश व्यवसायीहरू आफ्नो व्यवसायबाट पलायन हुँदै गएका छन् । कतिपय व्यापारीहरू गाउँबाट आएर भाडामा बसी व्यापार गर्थे । त्यस्ता अधिकांश व्यापारीहरू गाउँ फर्किएकाले सटरमात्र होइन भैरहवा–बुटवलका अधिकांश सहरी क्षेत्रमा अहिले घर तथा फ्ल्याट पनि खाली छन् ।

कुनै समय मनोमानी रुपमा सटरभाडा बढाउँदै आएका घरधनीहरू अहिले घरबाहल आम्दानी नहुँदा अप्ठ्यारोमा छन् । कतिपयले त बहाल उठाएर बैंकको किस्ता तिर्ने गरेकोमा अहिले बैंकको किस्ता पनि तिर्न नसक्ने अवस्थापमा पुगेको पाइन्छ । साथसाथै यसले घरधनीलाई मात्र होइन स्थानीय निकायलाई पनि असर पर्ने देखिन्छ किनकि घरबहाल–कर स्थानीय निकायको आम्दानीको एक प्रमुख स्रोत पनि हो ।

सीमा नाकामा कडाई नभएको हुँदा चोरी, तस्करी बढ्दै गएकाले त्यसको असर व्यापारमा पर्न गएको र सीमापारि सस्तोमा किनमेल गर्न पाइने भएपछि वारिबाट कस्ले किन्ने ? किन किन्ने ? त्यसैले बजारमा चहलपहल घट्दै गएको हो भन्ने तर्क व्यापारीहरूको छ । उपभोक्ताको गुनासो फेरि अर्कै छ । वारिका व्यापारीहरूले अङ्कित मूल्यभन्दा पनि बढी मूल्य लिने गरेको, मिसावट र कमसल वस्तुहरू विक्री गरेको हुँदा उनीहरुमा यस क्षेत्रको बजार विश्वास घट्दै गएको छ । वारि महँगो र पारि सस्तोमा पाइने भन्ने मानसिकता भएकै कारण कतिपयले त बजारबारे बुझ्दै नबुझी सुनौली बजारमा किनमेल गर्ने गरेका छन् । यही कारणले उपभोक्ताहरूलाई पारीका व्यापारीहरूले ठगिरहेका पनि छन् ।

व्यापारीहरूले भने अनुसार खुला सीमाना नै सटर खाली हुनुको एकल कारण भने होइन । यसबाहेक धेरै कारणहरू छन्, जसले वारिको व्यापार घटाइरहेको छ । देशमा समग्र माग कम हुनु, तरलताले बजार संकुचन गराउनु, उपभोक्ताको क्रयशक्ति कमजोर हुनु, सरकारले पुँजीगत खर्च गर्न नसक्नु, बैंकहरूले अनुत्पादक क्षेत्रमा लगानी गर्नु, बैंकको व्याज चर्काे हुनु आदि पनि यसका कारणहरू हुन् । त्यसैले हाल यो समस्या भैरहवा–बुटवलका व्यापीहरूको मात्रै होइन, समग्र अर्थतन्त्रकै समस्या बन्दै गएको छ । तर पनि सीमामा केही कडाई गर्नसके वारिको बजारमा केही राहत भने मिल्नसक्छ । वारिको व्यापारमा जति चहलपहल बढ्दै जान्छ, त्यति नै कारोबार बढ्ने, रोजगारी बढ्ने र सरकारलाई राजस्व पनि बढ्ने हुन्छ ।

कोभिड १९ को असरसँगै केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति लिएका कारण व्याजदर बढ्दै गएको र तरलता समस्याका कारण बजार मागमा संकुचन आएको हुँदा व्यापारीहरूको विक्री घट्दै गएको हो । अहिले उपभोक्ताहरूको मानसिकता भनेको कसरी कम खर्च गरी दैनिकी चलाउन सकिन्छ भन्नु हो । त्यसैले उनीहरूले गर्ने माग नै कम छ । साथै मन्दीको मारबाट बच्न उपभोक्ताले सस्तो बजारको खोजी गर्नु मुनासिब पनि देखिन्छ । यही कारण हुनसक्छ भैरहवा–बुटवलका बजारलाई भन्दा सुनौलीको बजारलाई उनीहरू प्राथमिकता दिन थालेका छन् ।

लत्ता कपडा, किरानाका सामान मात्र होइन फलफूल र तरकारीसमेत सुनौलीबाट ल्याउने क्रम बढेको छ । यसका साथै केही दिनअघि भन्सार र क्वारेन्टाइन छलेर कुखुराको मासु तस्करी हुने गरेको समाचार पनि बाहिर आएको थियो । यस्ता गतिविधिले उपभोक्ताको स्वास्थ्यमा समेत लापरवाही भएको मान्न सकिन्छ । यसका साथै यस्तो चोरी निकासीबाट राज्यलाई पनि राजस्वमा ठूलो क्षति भएको देखिन्छ । त्यसैले सीमा नाकामा कडाइ गर्नुपर्ने कुरामा प्रशासनका तर्फबाट न त कन्जुस्याईं गर्नु ठीक हुनेछ न त ढिलाई गर्नु नै क्षम्य मानिनेछ ।

पारिको बजार भन्दैमा सस्तो र गुणस्तरीय वस्तु प्राप्त गर्न सकिन्छ भन्ने छैन । कतिपय व्यापारीहरूले त नयाँ अनुहार र बजारबारे अञ्जान देखेमा चर्काे मूल्य लिने र कमसल सामान भिडाउने गरेको पनि देखिन्छ । त्यसैले बजारमा वस्तु, त्यसको गुणस्तर र मूल्यबारे बुझेर मात्र कारोबार गर्नु उचित हुन्छ । कतिपय चीनका सामानहरू भारतमा भन्दा नेपालमै सस्तो मूल्यमा उपलब्ध हुन्छन् । तर सबै सामान सुनौलीबाटै किन्नुपर्छ सस्तो पाइन्छ भन्ने परम्परागत मान्यता हावी हुँदा तिनै सामान सुनौलीबाट महँगोमा किन्ने गरेको पनि देखिन्छ ।

वारिका व्यापारीहरूलाई भन्दा पारिका व्यापारीहरूलाई विक्रीपछिको सेवा र ग्राहक गुनासोबारे कुनै वास्ता हुँदैन । उनीहरू कसरी हुन्छ, नाफा कमाउने दाउमा हुन्छन् । त्यसै गरी वारि ठगिए कानुनी उपचार र न्याय पनि सजिलै पाइएला तर सुनौलीमा पाउन गाह्रो छ । त्यसैले उपभोक्ता बेलैमा सचेत हुनु जरुरी छ ।

व्यापारीहरूले खुला सीमानाका कारण वारिको व्यापारमा मन्दी आयो त्यसैले सीमा कडाई गरी व्यवसाय बचाउन भनी अनुरोध गर्दै आएका छन् । वास्तवमा उपभोक्ताले वारि पनि र पारि पनि किन्ने भनेको भारतीय समान नै हो । यदि हामीले स्वदेशमै कम मूल्यमा वस्तु उत्पादन गर्न सक्यौँ भने सीमापारि जानै पर्दैनथ्यो । त्यसैले अबको लगानी भनेको व्यापारभन्दा उद्योगतर्फ हुनु आवश्यक छ । तर त्यसको लागि सरकारले लगानीमैत्री वातावरण तयार गर्नु आवश्यक छ । तरलता समस्या समाधान गर्दै व्याजदर एकल अङ्ककमा ल्याउने र कृषि, उद्योग एवम् पर्यटन क्षेत्रमा छुट तथा सहुलियत दिएर भए पनि लगानी आकर्षित गर्नु आवश्यक छ । प्रविधि भित्र्याउने, खोज अनुसन्धान एवम् नवप्रवर्तनलाई पनि प्राथमिकता दिनु आवश्यक छ । यसका साथै उद्योग स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधारहरूको व्यवस्थापन गरी लगानी गुणाङ्क बलियो बनाउन पहल गर्नु जरुरी छ । यसो गर्नसके आयात प्रतिस्थापन मात्र होइन निर्यात प्रोत्साहन गर्न पनि बाटो खुल्नसक्छ ।

व्यापारीहरूले उपभोक्ता हित संरक्षण हुने गरी न्यायोचित व्यवहार गर्नसक्यो र बढी मूल्यमा थोरै विक्रीबाट नाफाभन्दा पनि उचित मूल्यमा धेरै विक्री गरी बढी नाफा आर्जनमा ध्यान दिन सक्यो भने केही सुधारको अपेक्षा गर्न सकिन्छ । अर्काेतिर हाल भैरहवा बुटवलका केही पसलहरूमा आम उपभोक्ताका लगि पनि होलसेलमा सामान विक्री गरिन्छ । यसले उपभोक्ता निकै लाभान्वित भएका पनि छन् । त्यस्ता पसलमा सुनौलीमा भन्दा बढी चाँप हुने गरेको पनि भेटिन्छ । त्यसैले व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा ग्राहक गुमाउनेभन्दा पनि ग्राहक बढाउने स्तरको मूल्य र सामानको गुणस्तरमा ध्यान दिनु आवश्यक छ ।

लुम्बिनी यस क्षेत्रको पर्यटकीय गन्तब्य हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नसके यसले पर्यटन विकासमा प्रत्यक्ष असर गर्नसक्थ्यो । यसबारे शीघ्र रुपमा कुटनैतिक पहल गर्नु आवश्यक छ । यसका अलावा पारि क्षेत्रमा उद्योग स्थापनाको लागि प्रोत्सहन गर्नसक्ने हो भने त्यसले आयातलाई प्रतिस्थापन गर्न सहज हुने थियो । तर, त्यसको लागि पहिला कृषि क्षेत्रकै विकास हुनु जरुरी छ । भैरहवा, बुटवल र यसका आसपासका क्षेत्रमा प्रशस्त खेतीयोग्य जमिन छ । खाद्यान्न बालीदेखि फलफूल, तरकारी, माछामासु आदिको उत्पादनमा सम्भावना पनि उत्तिकै छ । तर त्यसको लागि किसानका निम्ति समयामा बिऊ, मल, सिचाई सुवधा, भण्डारण, सहुलियत कर्जा तथा बजारको सुनिश्चितता हुनु जरुरी छ । त्यसैले यस तर्फ स्थानीय, प्रदेश एवम् केन्द्र सरकारको पनि बेलैमा ध्यान जानु जरुरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?