ट्रेंडिंग:

>> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो
महाबिर पुस्तकालयः

कस्ले जोगाउने, कस्ले उठाउने ?

शिक्षा क्षेत्रको विकासमा लागेको यो पुस्तकालय महत्वपूर्ण मानिन्छ । नेपाल राजनीतिक परिवर्तनमा पुस्तकालय योगदान महत्वपूर्ण रहेको छ । सुचना आदान प्रदान, संगठन बिस्तारका कामहरु गोप्य रुपमा पुस्तकालयमा हुन्थ्यो । तर अहिले यहाँ खोला तर्यो, लौरो बिर्सियो जस्तै शिक्षा र राजनीतिमा फड्को मार्नेहरु फर्केर जाने गदैनन् ।
२० जेष्ठ २०८०, शनिबार
२० जेष्ठ २०८०, शनिबार

बुटवल, जेठ- कुनै बेला पुस्तक पढ्न युवाहरु भिड लाग्ने गरेको स्मरण बुटवलका पुराना इतिहासकार बिमलबहादुर शाक्यलाई स्मरण छ । पठन संस्कृति ईतिहास बुझने, बुझाउने र एक आपसमा सम्बन्ध जोड्ने रुपमा रहेको उनी बताउछन । घरमै पुस्तकहरु संकलन गरेर पुस्तकालय बनाएका शाक्य पछिल्लो नयाँ पुस्तामा भने पठक संस्कृति घट्दो रुपमा रहेको दुखेसो गर्छन । ‘मानिसहरुमा पढ्ने, अध्ययन गर्ने जस्ता रचनात्मक कार्यमा चासो कमी छ ।’– उनले भने । नयाँ नयाँ आधुनिक प्रविधिबाट मानिसले छिटो र सरल रुपमा सुचना पाउने हुँदा पठन संस्कृति घट्दो क्रममा रहेको छ ।

२००४ सालमा स्थापना भएको महाबिर पुस्तकालय जिल्लाकै सबैभन्दा जेठो पुस्तकालय हो । प्रदेशगत रुपमा हेर्दा पाल्पाको धवल पुस्तकालयपछिको पुस्तकालय हो । शिक्षा क्षेत्रको विकासमा लागेको यो पुस्तकालय महत्वपूर्ण मानिन्छ । नेपाल राजनीतिक परिवर्तनमा पुस्तकालय योगदान महत्वपूर्ण रहेको पाउँछौ । सुचना आदानप्रदान, संगठन बिस्तारका कामहरु गोप्य रुपमा पुस्तकालयहरुमा भएको ईतिहास छ । नेपालको प्रजातान्त्रिक आन्दोलनसंग महाबिर पुस्तकालयको इतिहास जोडिएको छ । प्रजातान्त्रिक जागरण ल्याउने रुपमा पुस्तकालयको स्थापना भएको पाउछौ । दिनभर बजारमा रहेका ब्यापारी, नेताहरु साझमा भेटघाट गर्ने, संगठन बिस्तार र सुचना आदानप्रदान गर्ने थलोका रुपमा यो रहेको थियो । पुस्तकालयमा पुस्तक पढ्नेमात्र नभई आन्दोलनको योजना बुन्ने काम हुने गथ्र्यो । पारी बुटवलको जडिबुटी राख्ने वनस्पति अड्डा रहेको स्थानमा बिसं. २००८ सालमा तत्कालिन बुटवल चौतारीका सुब्बा राजेन्द्र देवकोटाबाट पुरस्तकालय संचालन गर्ने अनुमति प्राप्त भएको थियो ।

जग्गा दान गर्ने स्वं. जंगप्रसाद अमात्य हुन भने संस्थापक स्व हिक्मतप्रसाद श्रेष्ठ, ओमशंकर जोशी, जोगलाल बजिमय, सत्यलाल श्रेष्ठ, टोप बहादुर श्रेष्ठ पाच जना संस्थापक हुन । बामपन्थी र प्रजातान्त्रिक दुबै बिचारधारा बोक्ने समुहबाट पुस्तकालय स्थापनामा योगदान दिएका थिए । पुस्तकालयलाई ब्यवस्थित बनाउन नगरका घिउ ब्यापारी, ठेकेदारहरु र ब्यापार संघ संस्थाहरुबाट २÷२ जना प्रतिनिधि रहेको एउटा महावीर प्रबन्ध कमिटि गठन गरेर धर्मादा महावीरी उठाउने र सो महावीरीबाट उठेको रकम ब्यवस्थापनमा लगाउने निर्णय भयो । तत्कालिन बुटवल खस्यौली नगर पंचायतद्धारा २०२० पुष ७ गतेदेखि नगरभित्र ५ वटा केन्द्रमा निशुल्क तथा अनिवार्य पाठशाला संचालन गर्ने निर्णय अनुसार पुस्तकालय हातमा एक वर्षसम्म नेपाल युवक संगठनद्धारा स्थापना भएको रात्रीकालिन ज्ञानोदय रात्री माबि संचालन भएको थियो । यसैगरि बिसं २०२७ असोज १४ गते संचालक समितिको बैठकबाट वार्षिक रुपमा जुनकिरी साहित्यिक पत्रिका निकाल्ने निर्णय भएको थियो । दाताहरुबाट उपलब्ध भएका पुस्तकहरु संग्रह गरियो । पुस्तकालयमा धार्मिक, ऐतिहासिक, राजनीतिक र साहित्यका धेरै पुस्तकहरु छन । अझ तत्कालिन समयमा नेपालमा भारतीय, अमेरिकन साहित्यको अध्ययनप्रतिको आर्कषणलाई यहा रहेको पुस्तकबाट सजिलै अनुमान गर्न सकिन्छ । जवाहरलाल नेहरुबाट लेखिएको ‘मेरी कहानी’ पुस्तक जुन १९५६ मा प्रकाशित भएको ८ सय ६४ पेजको पुस्तक समेत यहाँ रहेको छ । यो अमुल्य पुस्तकको मुल्य भने तत्कालिन समयमा ८ रुपैयाँ रहेको पाउँछौ ।

नेवारी भाषा, नेपाली भाषा तथा साहित्य लगायतका सयौ पुस्तक यहा भेटाउन सकिन्छ । पुस्तकालयको सदस्य, पदाधिकारी हुदै वर्तमान अध्यक्ष रहेका महेन्द्र कुमार राजराजभण्डारी महाबिर जिउदो ईतिहास भएको दाबी गर्छन । ‘यहाका पुस्तकले ईतिहास बताउछन ।’–उनले भने । पुस्तकालयमा आठ हजार पुस्तकहरु संग्रह गरिएका छन । पुस्तकलाई डिवे दशमलव वर्गिकरण पद्धती अनुसार वर्गिकरण गरिएको छ । समय सापेक्ष पुस्तकहरु अभाव छ । मानिसमा पुस्तक पढ्ने बानी घटेको छ । पाठकहरु अहिले घटेको छ । ‘पुस्तकालयमा पाठक आउदैनन ।’– उनले भने । साझ ४ बजेदेखी ६ बजेसम्म पुस्तकालय खोलिएपनि पाठक भेट्न मुश्किल छ । बुटवल उपमहानगरपालिका वडा नं १ को आठ कठ्ठा क्षेत्रफलमा पुस्तकालय रहेको छ ।

पुस्तकालयको आय भनेको नै भाडामा संचालन भएको विद्यालय आम्दानी हो । महाबिर ईगलिस स्कुल संचालनबाट आएको आम्दानीबाट पुस्तकालयलाई पुर्वाधार र विकासमा लगाईएको छ । आर्थिक आय नहुदा मारमा परेको छ । स्थानिय सरकारबाट वार्षिक संचालन खर्च र पुर्वाधारका लागि थोरै सहयोग मिल्ने गरेको छ । देबेन्द्रराज शाक्य अध्यक्ष रहदासम्म पुस्तकालय धेरै गतिशिल रहेको थियो । उनको पालामा महिनाको दुई पटक गजल कार्यक्रम, पुस्तक संकलन र हस्तान्तरणका कार्यक्रम धेरै हुने गरेको थियो । जूनकीरी नामको साहित्यिक प्रकाशका ४ अंक निकालिएको थियो । हिरक जयन्ती विशेषाक, महाकबि लक्ष्मी प्रसाद देवकोटा शतवार्षिकी अंक, सामयिक साहित्यिक संकलन र गजल अंक निकालिएको थियो । घरघरमा थुप्रिएका पुस्तकहरुलाई सहयोग दिएर पुस्तकालयमा राख्ने काम भयो । पछिल्लोसमय भने पठन संस्कृति नै घट्दा ईतिहास बोकेको पुस्तकालयहरु खाली छन ।

सरकारबाट पहल भएमा नयाँ पुस्ताका युवाहरुलाई ई–लाईब्रेरीको अवधारण विकास गरि समयसापेक्ष आधुनिकीकरण र प्रविधिमैत्री बनाउन सकेमात्र पुस्तकालयमा आर्कषण बढ्ने देखिन्छ । रुपन्देहीमा एक दर्जन बढी पुस्तकालयहरु संचालनमा छन । बुटवल उपमहानगरपालिका वडा नं १ मा तुल्सी–युक्त बौद्ध पुस्तकालय, हाटबजारमा नवजागृति पुस्तकालय संचालनमा छन । मिलन चोकमा ई लाईबे्ररीका रुपमा ज्ञानज्योती पुस्तकालय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%