ट्रेंडिंग:

>> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली

विद्यालय व्यवस्थापन समितिमा मनपरी : विद्यार्थी र जनप्रतिनिधि नै अध्यक्ष

वडा–३ मा कक्षा १२ का विद्यार्थी समेत रहेका वडाध्यक्ष रमेशविक्रम शाही प्रभा मावि व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।
१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बाग्लुङ, १७ जेठ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित चार वटा विद्यालयमा शिक्षा नियमावली विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । विद्यालय व्यवस्थापन समितिमा स्थानीय जनप्रतिनिधि बस्न नमिल्ने शिक्षा कार्यविधिको प्रावधान विपरीत जनप्रतिनिधिहरुकै नेतृत्वमा उक्त विद्यालयहरुमा व्यवस्थापन समिति गठन गरिएको हो ।

गाउँपालिकास्थित देविस्थान माध्यमिक विद्यालयमा वडा–१ का वडा सदस्य तेज बहादुर मल्लकै अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति बनाइएको छ । यस्तै, जनहित आधारभुत विद्यालयमा तम बहादुर कुंवर र देउराली प्राथमिकमा रविन्द्र घर्तीको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । कुंवर वडा–२ र घर्ती वडा नम्बर ६ का सदस्य हुन् ।

सबैभन्दा बेथिति त वडा–३ मा भएको छ । कक्षा १२ का विद्यार्थी समेत रहेका वडाध्यक्ष रमेशविक्रम शाही प्रभा मावि व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् । गाउँपालिका शिक्षा कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समितिमा जनप्रतिनिधिहरूलाई राख्न नपाइने व्यवस्था छ। विद्यालय शिक्षा सञ्चालन व्यवस्थापन तथा नियमन कार्यविधि–२०७७ अनुसार निर्वाचित जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा सदस्य कुनैपनि पदमा हुन नसक्ने भनेर स्पष्टसँग खुलाइएको छ ।
शाही राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष हुन् ।
शक्तिको आडमा जनप्रतिनिधिहरुले कार्यविधिलाई धज्जी उडाउदै मनोमानी ढंगले आफू खुसी गर्दा विद्यालय व्यवस्थापन समितिमाथि नै प्रश्न उठेको छ । नियम विपरीत विद्यालय व्यवस्थापन समिति गठन हुँदासमेत गाउँपालिका शिक्षा शाखाका जिम्मेवार अधिकारी भने मुकदर्शक बनेका नेकपा एमाले निसीखोला गाउंपालिका अध्यक्ष भूमिराज घर्तीले बताए । अध्यक्ष घर्तीले सत्ता र शक्तिको आडमा नियमविपरित व्यवस्थापन समितिमा चुनिएका पदाधिकारीले तत्काल राजीनामा दिई विधि र कानुनी शासनको प्रत्याभूत गराउनुपर्ने बताए ।

कार्यविधि बिपरित नियम उल्लंघन गरेर जनप्रतिनिधि नै व्यवस्थापन समिति अध्यक्ष बनेको विषयमा शिक्षा शाखा प्रमुख जयराम पुनले उक्त विषयमा कमजोरी भएको स्वीकार गरे। उनले कानुन विपरीत भएको कुरालाई सच्याएर अगाडि बढ्ने बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%