© २०२३
रोल्पामा उत्पादीत टमाटरले वजार नपाउदा यहाँका किसानहरु मर्कामा परेका छन । टमाटरले वजार मूल्य नपाउदा लगानी डुव्ने हो कि भन्ने चिन्ता लागेको किसानहरुले वताएका छन । अघिल्लो वर्ष प्रति किलो १९ रुपैयाँमा टमाटर विक्री गरेका यहाँका किसानहरु यस वर्ष भने ९ रुपैयाँमा समेत विक्री नहुदा समस्यामा परेका हुन ।
स्थानीय वजारमा दैनिक ३ क्वीन्टल भन्दा वढी खपत हुदैन वाहिरवाट ग्राहक आउन छाडे मुलपानी ताजा तरकारी कृषक समूहका अध्यक्ष रुपलाल वलीले भने । अघिल्लो वर्ष करिव ९२ टन टमाटर विक्री गरेको वताउदै त्यस वापत समूहले २८ लाख वढी आमदानी गरे पनि यस वर्ष भने वजार मूल्यका कारण लाखौ घाटा हुने देखिएको छ वलीले भने । ५० लाख वढी मूल्यको तरकारी उत्पादन गर्ने लक्ष्यका साथ लगानी ग¥यौ वजार मूल्यमा आएको गिरावटले लगानी डुव्ने हो की भन्ने चिन्ता लाग्न थाल्यो अध्यक्ष वलीले भने । आफ्नो समूहले हरेक २ दिनमा २० देखी २७ क्वीन्टल टमाटर उत्पादन गरिरहेको भए पनि वजारमा विक्री नहुदा कुहिएर गएको अध्यक्ष वलीले गुनासो गरे ।
लिवाङ, सुलिचौर, घर्तीगाउँ लगायतका स्थानीय वजारका साथै दाङ, प्यूठान, भालुवाङ,कोहलपुर तथा वुटवलसम्म आफ्नो टमाटर खपत हुने गरेको वलीले जानकारी दिए । जिल्ला वाहिरवाट गाडी लिएर टमाटर खरिद गर्न आए पनि यस वर्ष न्यूनतम दर रेटमा विक्री गर्न खोज्दा पनि विक्री नभएको वलीको भनाई छ ।
जिल्ला सदरमुकाम आसपासमा तीन वटा कृषक समूहले सामुहिक तरकारी खेती गर्दै आएका छन । जिल्ला कृषि विकास कार्यालय रोल्पा र अन्य गैर सरकारी संस्थावाट प्राविधिक सीप प्राप्त गरि सामुहिक रुपमा व्यवसायिक खेती गर्दै आएका उनीहरु अघिल्ला वर्ष गरेको आमदानीले हौसिएका थिए । जिल्लाभर व्यावसायिक तरकारी खेती गर्ने कृषक समूहको संख्या दर्जन वढी रहेको वताइएको छ । पछिल्ला दिनमा व्यावसायिक कृषि तर्फ आकर्षण वढेका कारण व्यक्तिगत र समूहगत रुपमा तरकारी खेती गर्ने कृषकहरु वढिरहेको वताइएको छ । किसानहरुको सहजताका लागि जिल्लाका विभिन्न स्थानहरुमा संकलन केन्द्र पनि स्थापना गरिएका छन । तरकारी उत्पादन वढी हुने स्थानलाई लक्षित गरि जिल्ला कृषि विकास कार्यालय र गैर सरकारी संस्थाहरु समेतको सहयोगवाट संकलन केन्द्र स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालय रोल्पाले जानकारी दिएको छ ।
यस वर्ष मौसमको अनुकुलनता र वालीमा रोगव्याध नलाग्दा टमाटर उत्पादन समेत राम्रो रहेका कारण वजार मूल्यमा प्रभाव परेको वजार व्यवस्थापनका जानकार दिपक डाँगीले जानकारी दिए । अघिल्लो वर्ष गरेको आमदानीवाट हौसिएका किसानले यस वर्ष धेरै खेती गर्दा समेत माग र आपूर्ती वीच तालमेल नमिल्दा वजार मूल्य नपाएको डाँगीको भनाई छ । टाढा टाढका वजारमा टमाटरको मूल्य राम्रो भए पनि समूहहरु आफैले ढुवानी गरेर वजार पु¥याउने साधन नहुदा विचौलियाको भर पर्नु परेको वताइएको छ । समूहगत रुपमा व्यवसायिक तरकारी खेती गरिरहेका किसानहरुलाई सरकारले अनुदानमा ढुवानी साधन उपलव्ध गराए आफुहरु पनि प्रतिस्पर्धाको वजारमा जान सक्ने किसानहरुले वताएका छन ।