© २०२३
कपिलवस्तु जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या तिन पुगेको छ । बुधबार राती करिब साढे दश बजेको समयमा बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका ५० बर्षिय शिवपुजन कहाँरको मृत्यु भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए ।
भदौ ५ गते कोरोना संक्रमण पुष्टी भएका मृतक कहाँर कपिलवस्तु अस्पतालका कर्मचारी रहेको खुल्न आएको छ । लामो समय देखी मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्याले पिडित भई केहि समय अघि देखी बुटवलमा उपचाररत थिए । यस अघि गोबरी स्वास्थ्य चौकीमा रहेका उनी केहि समय अघि प्रदेशले समायोजन गरे पछि कपिलवस्तु अस्पतालमा सरुवा भै हाजिर भएका थिए । कहाँरको मृत्यु भए सगै कोरोना संक्रमणका कारण मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ कै दुई जना पुगेका छन ।
यस अघि साउन २८ गते अघि कपिलवस्तु नगरपालिका वडा नम्बर २ जमुवारटोलका ४२ बर्षिय कृष्ण कुमार गुप्ताको बुटवल धागो कारखाना स्थित कोरोना बिषेश अस्पतालमा मृत्यु भएको थियो । त्यसै गरि साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत मायादेवी गाँउपालिका वडा नम्बर ७ का ४० बर्षिय कोरोना संक्रमित व्यक्तिको मृत्यु भै सकेको छ । बुधबार सम्म कपिलवस्तुमा कोरोना संक्रमित हुनेहरुको संख्या १ हजार ७४ रहेको छ ।