ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

बाबुको स्याहार सुसारमा छोरी जस्ता छोरा

३ भाद्र २०७७, बुधबार
३ भाद्र २०७७, बुधबार

भनिन्छ बूढेसकालमा बाबा–आमाको सहारा छोराछोरी नै हुन्छन् ।

आमा–बाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् ।

आफ्नै छोराछोरीले बाबुआमालाई वृद्धाश्रममा पुर्याएका घटना पनि थुप्रै छन् ।

 

कुनै छोरा यस्ता छन्, जसले छोरीले भन्दा पनि राम्रो स्याहारसुसार गरेर वृद्ध बाबुसँग रमाइरहेका छन् ।

रुपन्देहीको तिलोत्तमा–१५ सखुवानीका गिरिप्रसाद पुनले बाबुको मुख हेर्ने दिन बुधबार बिहानै सामाजिक सञ्जालमा ९२ वर्षिय आफ्ना बाबुलाई खुवाउँदै गरेको तस्वीर पोष्ट गरे । उनलाई आफ्ना वृद्ध बाबुलाई कसरी सधै खुशी राख्ने भन्ने कुराले दिनहुँ पिरोलिरहन्छ । “बुबा मसँग होइन, म बुबासँग बसेको छु, यसैमा पूर्ण खुशी र सन्तुष्ट छु”–उनले भने ।

व्यस्त र आधुनिक जीवनशैलीले छोराहरूले बाबुआमालाई समय दिन सकेका छैनन् । तर गिरिप्रसादले आफ्नो अधिकांश समय बाबुसँगै कटाउने गरेका छन् । जनउत्थान बचत तथा क्रृण सहकारी संस्थाको उपाध्यक्ष र एउटा औषधि पसलमा जागिरे रहेका उनले आफ्नो काम सकेपछि बाबुको स्याहारसम्भारमा दिन बिताउँछन् । “मैली र मेरी श्रीमतीले बुझेको तलब बाबुकै अगाडि लगेर देखाउँछौ, अनि उहाँ पनि खुशी हुनुहुन्छ र पैसा बैंकमा राख्न अह्राउनुहुन्छ, हामी उहाँको आज्ञा अनुसार त्यही गर्छौं”–उनी भन्छन् ।

आफ्ना ६ भाइ छोरामध्ये उनी कान्छा हुन् । तीन दिदीबहिनी पनि रहेका उनले आमाको देहावशानपछि श्रीमतीका साथमा बाबुको रेखदेख गर्दै आएका छन् । “बाबुलाई खुशी राख्नकै लागि बाबुको मुख हेर्ने दिन बिहानै आफैले बनाएर आफ्नै हातले बाबुलाई खाजा खुवाउँदा छुट्टै आनन्द आएको उनी सुनाउँछन् ।
पहिले हजुरबाबुदेखि नाति, पनातिसम्म एउटै चुल्होमा खाना खान्थे । एउटै छाप्रोमा ओत लाग्थे । संयुक्त परिवारको शैली थियो । अहिले क्याम्पस पढ्नका लागि डेरा बस्दादेखि बाबुआमासँग छुट्टिएका छोराछोरी फेरि बाबुआमासँग आएर बिरलै मिसिन्छन् । पढ्न सहरतिर छिरेका छोराहरू गाउँ नफर्किने सर्तमा सहर वा अर्को गाउँकी बुहारी भित्र्याउँछन् । उसैगरी गाउँ नजाने सर्त राखेर छोरीहरूले सहरतिरै ज्वाइँ खोज्छन् । यदाकदा गाउँ फर्किने परिस्थिति आए पनि सासुससुरासँग नबस्ने सर्त गराएर गाउँ फर्किन्छन् ।

बुबाको मुटुमा समस्या भएपछि १० वर्षअघि पेसमेकर राखिएको थियो । त्यसपछि दुईपटकसम्म क्षयरोग भयो । त्यसपछि दम हुँदै अहिले प्यारालाईसिस छ । “अहिले उपचार गरी आफैले खाना खान सक्ने अवस्थामा पु¥याएको छु”–उनी भन्छन् । २०७४ सालमा आमा गुमाएका गिरिप्रसादले बुबालाई आमाले गर्ने मायामा कुनै कमी हुन दिएका छैनन् । “घरको भित्तामा राखिएको आमाको फोटो बुबाले हरिरहँदा उहाँको मायाँमा कमी हुन दिनुहँदैन भन्ने लाग्छ र दिएको पनि छैन”–उनी भन्छन् ।

छोराले गरिरहेको माया र सदभावप्रति उनका बाबु पनि निकै खुशी छन् । बुटवल टुडेसँग प्रतिक्रिया दिंदै गिरिप्रसादका बाबु दलबहादुर भन्छन्–“छोरा बुहारीले दिएको साथ र मायाबाट म खुशी छु ।” भारतीय सेनाका पेन्सनर रहेका उनी सरकारले दोहोरो सुविधा कटौती गर्नेगरी सामाजिक सुरक्षाभत्ता कटौत ीगर्ने निर्णय गरेकोमा भने असन्तुष्ट छन् । “हुन त अहिले सरकार पनि अप्ठेरोमा परेर होला, तर भारतीय सेनाबाट अवकाशप्राप्त हामीहरुको सामाजिक सुरक्षा भत्ता कटौती नगरेको भए हुन्थ्यो”–उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?