ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

विपन्नलाई निःशुल्क प्राविधिक शिक्षाको अवसर

७ श्रावण २०७५, सोमबार
७ श्रावण २०७५, सोमबार

रुपन्देहीको शान्ति नमुना माध्यमिक विद्यालयले४० जना विद्यार्थीहरुलाई निःशुल्क वेल्डिङ तालिम दिने तयारी गरेको छ । नेपाल सरकार शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् स्वीस विकास नियोगको सहयोगमा ९ महिने वेल्डलिङ्ग तालिम सञ्चालन गर्न लागेको हो । यही भदौ गतेबाट सञ्चालन हुने तालिममा ४० जना विद्यार्थी सहभागी हुनसक्ने कार्यक्रम संयोजक भीमप्रसाद पाण्डेयले बताए ।
प्राविधिक शिक्षा २०५८ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्द्वारा शान्ति नमूना माध्यमिक विद्यालयमा एनेक्स कार्यक्रम अन्तर्गत शुरु भएको हो । संयोजक पाण्डेले अध्ययन गर्न चाहने विद्यार्थीले साउन २१ गते भित्र फर्म दर्ता गरिसक्नु पर्ने जानकारी दिए । न्यूनतम कक्षा ८ उत्तिर्ण, नेपाली नागरिताको फोटोकपी भएका विद्यार्थी सहभागी हुन सक्ने छन् । विद्यार्थी ९ महिना सम्म दिउसो खाजा विद्यार्थीलाई चाहिने पाठ्यपुस्तक लगायतका साम्रगीहरु सबै निशुल्क व्यवस्था गर्ने विद्यालयले जनाएको छ । अध्यनन गर्न चाहाने विद्यार्थीहरुका लागि सुचना समेत प्रकाशित गरिसकेको छ ।
विशेष गरी आर्थिक अवस्था कमजोर भएर पढ्न नसकेका विद्यार्थीहरुकालागि लक्षित गरि ल्याइको हो । विदेश जाने युवा शतिm पनि कम सेकम सीप युक्त भएर जान सकुन । यो तालिमको कोर्स माथिल्लो लेवल पढ्नका लागि सहयोगी बन्ने छ । पाण्डेयले भने हामीले ९ महिना पढाए पछि दक्ष जनशतिm तयार हुने अपेक्षा लिएका छौ । त्यस पछि नेपालका हाइडोपावर हाउसहरुमा चाहिने जनशतिm तयार हुने छन् । अहिलेको अवस्थामा धेरै भारतिय कामदारहरुले रोजगारी पाईरहेका छन् । त्यो स्थानमा नेपाली युवाहरुलाइ स्थापित गर्ने हाम्रो लक्ष्य हो । यो विषय निजि क्षेत्रमा अध्यनन गर्ने हो भने एउटा विद्यार्थी करिव १ लाख ५० हजार रुपिया लगानी गर्नु पर्ने हुन्छ । यो अवसरलाई भरपुर प्रयोग गरेर आफनै देशमा स्वरोगार हुने सुनौलो अवसर भएकाले पनि प्राविधिक क्षेत्रमा रुचि भएका विद्यार्थीहरुले सम्पर्क गरेर अध्यन्न गर्न सक्ने छन् ।
प्राविधिक शिक्षाले कमजोर आयस्रोत भएका युवाहरुलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उदेश्य दिएको छ । विद्यालयको मुख्य उद्देश्य दक्ष जनशक्ति उत्पादन गरी देश र विदेशमा रहेका उद्योगहरुलाई सहयोग गर्ने । प्राविधिक शिक्षालाई महिला, दलित, जनजाति, सिमान्तकृत वर्गमा पहुँच पु¥याउने हाम्रो लक्ष्य रहेको छ ।छोटो अवधिका तालिमहरु सञ्चालन गर्न प्राविधिक शिक्षाको प्रचार प्रसार गर्ने रहेको छ ।
सेन्ट अप पास र एस. इ इ पास युवाहरुलाई आत्मनिर्भर र सीप सिकाउने उद्देश्य लिएर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले स्थापना गरेको एनेक्स कार्यक्रम अन्तर्गत संचालित प्राविधिक विद्यालय हो । नेपाल अधिराज्यभरिमा यस संस्थामा मात्र २९ महिने जनरल मेकानिकल सब ओभरसियर कार्यक्रम थियो । २०७३ सालमा सरकारको निर्णय पछि १८ महिने जनरल मेकानिकल सब ओभरसियर कार्यक्रम चलिरहेको छ ।
लामो अवधि १८ महिने जनरल मेकानिकल सब ओभरसियर अध्यनन गरिन्छ । त्यसै गरी छोटो अवधिमा लेथ ओपरेटर, फिटर ग्यास वेल्डिङ्ग, डेन्टर, मिलिङ्ग ओपरेटर, आर्क वेल्डिङ्ग, सिटमेटल फब्रीकेटर, लाईट भेहिकल सविस मेकानिक्स, मोटर साइकल मेकानिक्स विद्यालयल पठाएको संस्थाहरुमा कार्यगत तालिमका लागि जान्छन जहाँ प्रशिक्षार्थीहरुले काम र दाम दुबै पाउँछन र सो रकम उनीहरुको पारिश्रमिक हुने गरेको कार्यक्रम संयोजक पाण्डेयले बताए ।
उनीहरुले आफनो लागि खर्च गर्छन् जसले गर्दा तालिम निःशुल्क सरह हुन्छ । हाल यस संस्थाले ३ सय जना भन्दा बढी दक्ष जनशक्ति तयार गरिसकेको छ । जनशक्ति स्वदेश र विदेशमा रोजगारीमा रहेका छन् । धेरै विद्यार्थीहरुले राम्रो आय आर्जन गरि आफनो जिविकोपार्जन गरिरहेका छन् । विद्यालयले दलित, महिला, विपन्न तथा जेहेन्दार प्रशिक्षार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
प्रदेश नं. ५ को तिलोत्तमा नगर पालिका वडा नं. ५ मणिग्राममा रहेका शान्ति नमुना मा.वि. को स्थापना स्थानीय समाजसेवीहरुको सक्रियतामा २०१६ सालमा भएको थियो । विद्यालयको ३८ बिगाहा जग्गा रहेको छ । मुख्य भवनमा १–१२ सम्म कक्षा संचालन गरिएका छन् भने, पुरानो सडकको ब्लकमा प्राविधिक शिक्षा कक्षा सञ्चालन भइरहेको छ ।
(

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?