ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

बच्चाको वृद्धि अनुगमनमा अभिभावककै जिम्मेवारी

५ जेष्ठ २०८०, शुक्रबार
५ जेष्ठ २०८०, शुक्रबार

बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता, शारीरिक वृद्धि, शारीरिक अंगहरुको र प्रणालीहरुको परिपक्वता जस्तैः तौल, उचाई, टाउको, छाती र पाखुरा साथै सम्पूर्ण अंगहरुको जाँच गरी गणितीय मानाङ्ककको आधारमा रेकर्ड गरिनुलाई बृद्धि अनुगमन भनिन्छ ।

वृद्धि ः वृद्धि भन्नाले उमेर अनुसारको शारीरिक परिपक्वता हो । जसले शरिरको वृद्धि जस्तैः तौल, उचाई , टाउको, छाती र पाखुरालाई जनाउंदछ ।

विकास ः उमेर अनुसार शारीरिक अंगहरु र प्रणालीहरुको परिपक्वताका साथै उसमा सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमता देखिनु नै विकास भएको मानिन्छ ।

बच्चाको वृद्धि अनुगमन गर्ने भनेको के हो ? यसमा के के जाँचिन्छ ः

बच्चाको उमेर अनुसारको शारीरिक परिपक्वता शरीरको वृद्धि जस्तैः तौल उचाई टाउको छाती र पाखुराको जाँच गरी गणितीय मानाङ्ककको आधारमा रेकर्ड गरिनुलाई वृद्धि अनुगमन भनिन्छ ।

वृद्वि थाहा पाउने सूचकहरु ः

१.तौल लिएर २. उचाई नापेर ३. टाउकाको परिधि ४. छातीको परिधि र ५ MUAC नापबाट
यसमा निम्न कुरा हेरिन्छ । वृद्विका प्रचलित सुचाङ्कहरु ः

क. उमेर अनुसारको तौल ख. उचाई अनुसारको तौल ग. उमेर अनुसारको उचाई घ. छातीको परिधि
ङ. टाउकाको परिधि च. मध्य पाखुराको नाप ःग्ब्ऋ ९ःष्म ग्उउभच ब्चm ऋष्चअगmाभचभलअभ०
बच्चा जन्मेदेखि २ वर्षको हुँदा सम्म प्रत्येक महिना तौल लिनु पर्दछ । २ बर्षमा २४ पटक तौल लिएको
रेकर्ड हुनुपर्दछ ।

उमेर अनुसार बच्चाको विकास भए नभएको निम्न कुरा हेरेर थाहा पाउन सकिन्छ ।

१. ३ देखि ४ महिनामा बच्चाले आफ्नो टाउको अड्याउन सक्दछ ।
२. ६ महिनामा बच्चा कसैको सहायताले बस्न सक्दछ ।
३. ६ देखि ८ हप्तामा बच्चा मुस्कुराउँदछ ।
४. ९ महिनामा बच्चा कसैको सहायता बिना बस्न सक्दछ ।
५. १२ महिनामा बच्चा आफै उभिन सक्छ ।
६. १५ महिनामा बच्चा हिड्न सक्दछ ।

बृद्धि अनुगमन गर्नुको आवश्यकता र महत्व के छ त ?
१. बच्चाको पोषण स्थिति थाहा पाउन ।
२. बच्चाको उमेर अनुसारको तौल र उचाई बढेको छ छैन भनेर थाहा पाउन ।
३. बच्चालाई कुनै रोग लागेको छ कि भनेर समयमै थाहा पाउन ।
४. रोग लागिहालेको भए समयमै उपचार गर्न ।
बालकको वृद्धि र विकासमा प्रभाव पार्ने तत्वहरु के के छन् ?

१. पोषण २. भौतिक वातावरण जस्तैः घाम पानी हावा ३. सामाजिक वातावरण ४. वंशाणुगत तत्व ५.परिवारको संख्या ६. अन्तश्रावी ग्रन्थी ७. आमाको प्रसबको अबस्था ८. जन्मजात विकृती आदि
ःग्ब्ऋ त्बउभ ले १ बर्ष माथिका र ५बर्ष मुनिका बच्चाहरुको पोषण स्थितिबारे बताउँदछ । जस्तै ः
१. हरियो .राम्रो २. पहेंलो . पोषण स्थिति राम्रो छैन । ३. रातो . राम्रो छैन उपचार गर्नु पर्दछ । भन्ने जनाउँदछ । पाखुराको नाप १३.५ से.मी.भन्दा माथि भएमा पोषण राम्रो छ भन्ने बुझिन्छ । १२.५ देखि १३.५ से.मी.सम्म भएमा त्यति राम्रो छैन बच्चालाई अझै थप स्याहार आवश्यक छ भन्ने बुझिन्छ । तर १२.५ से.मी.भन्दा कमी भएमा खतरा नराम्रो छ भन्ने बुझिन्छ । बच्चा जन्मदा तौल २.५ के.जी. भन्दा माथि हुनु पर्दछ । जन्मदाको उचाई ४२ देखि ५७ से.मी. हुनु पर्दछ । जन्मदा टाउकाको परिधि ३५ से.मी. र छातीको परिधि ३२ से.मी. हुनु स्वास्थ्यको दृष्टिकोणले उपयुक्त मानिन्छ ।

बच्चाको वृद्धि अनुगमन कहाँकहाँ गरिन्छ ?
हरेक महिना स्वास्थ्य संस्थामा वा स्वस्थ्य संस्था अन्तर्गत चल्ने हरेक गाउँघर क्लिनिकमा अनिवार्य रुपमा बालबालिकाको तौल लिने गरिन्छ । बच्चाको पोषण स्थिति थाहा पाउन हरेक महिना बच्चालाई तौलेर वृद्धि अनुगमन कार्ड भर्नु पर्दछ । त्यसैले हरेक आमा बुबाले आफ्नो बच्चालाई आ–आफ्नो नजिकको स्वास्थ्य संस्था वा गाउँघर क्लिनिकमा लागि स्वास्थ्यकर्मीलाई भेटी २ वर्षमा २४ पटक बच्चाको तौल लिई बच्चालाई लाग्न सक्ने विभिन्न सामान्य तथा घातक रोगको बारेमा जानाकारी पाउनुको साथै रोग लाग्नबाट बचाऔं । यस कार्यको महत्वपूर्ण जिम्मेबारी हरेक अभिभावक स्वयम् आफै लिनु पर्दछ
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?