ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

यमनको बन्दरगाहमा अमेरिकाको भिषण हवाई हमला, ३८ सर्वसाधारणको मृत्यु

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

काठमाडौं, ५ बैशाख ।

यमनको रस इसा तेल बन्दरगाहमा संयुक्त राज्य अमेरिकाले गरेको हवाई हमलामा कम्तिमा ३८ जनाको ज्यान गएको छ । अहिलेसम्म अमेरिकी सेनाले यमनमा गरेको सबैभन्दा घातक हमलाको रूपमा लिइएको हुथी सम्बन्धित मिडियाले उल्लेख गरेका छन् । र, यमनको अल मसिराह टिभीले देशको होदेइदाह स्वास्थ्य कार्यालयलाई उद्धृत गर्दै बिहीबारको आक्रमणमा १०२ जना घाइते भएकोसमेत जनाएको छ।

युएस सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हवाइ हमलाहरू हुथीहरूको कोष र स्रोतहरू कटौती गर्ने उद्देश्यका साथ सो हमला गरिएको बताइएको छ । ‘यी हमलाहरूको उद्देश्य हुथीहरूको शक्तिको आर्थिक स्रोतलाई कमजोर पार्नु थियो, जसले शोषण जारी राख्छन् र आफ्ना देशवासीहरूलाई ठूलो पीडा दिन्छन्’ सेन्टकमले सोशल मिडियामा पोस्टमार्फत भनेको छ।

तर, पेन्टागनले बढ्दो हुथी समुहको मृत्युको संख्यामा टिप्पणीको लागि अनुरोधका बारेमा भने तुरुन्तै प्रतिक्रिया नदिएको अलजजिराले जनाएको छ। उसका अनुसार अमेरिकी हवाई हमलाहरूले विभिन्न क्षेत्रहरूमा आक्रमण गरेका छन, त्यसमा पनि सबैभन्दा बढी बन्दरगाह आसपास र सुविधा वरपर केन्द्रित रहेको देखिन्छ ।

‘मानिसहरू काम गरिरहेका बेला पहिलो चारवटा हवाई हमला गरिएको थियो, जुन हवाई आक्रमणले कर्मचारीहरूलाई आश्चर्यचकित तुल्यायो,’ एक प्रत्यक्षदर्शीले भने, ‘त्यस समयमा घटनास्थलमा रहेका ट्रक चालकहरू समेत मारिएका छन् । ’अमेरिकी आक्रमणले यमनमा सर्वसाधारण नागरिकको अनाहकमा मृत्यु भएको छ । यमनको करिब ७० प्रतिशत आयात र ८० प्रतिशत मानवीय सहायता रस इसा, होदेइदाह र अस सलिफ बन्दरगाहहरूबाट आउने जाने गर्दछन् । अल मसिराह टिभीले शुक्रबार बिहान सामाजिक सञ्जालमा साझा गरेको भिडियो फुटेजमा रास इसा बन्दरगाहमा आकाशमा ठूलो विस्फोट भएको देखाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?