ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 
यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिता

देवदह र आयोजक वेष्ट्रन विजयी

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

बुटवल, ५ बैशाख । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगितामा देवदह क्रिकेट युनिट र आयोजक वेष्ट्रन क्रिकेट क्लब विजयी भएका छन । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजना शुक्रबार भएको पहिलो खेलमा देवदहले लुम्बिनी वल्र्ड स्कुललाई १२१ रन तथा दोस्रो खेलमा वेष्ट्रनले गार्गी एकेडेमीलाई ८ बिकेटको विशाल अन्तरले पराजित गरेको हो ।

नरैनापुर क्रिकेट मैदानमा टस जितेर पहिलो खेलमा देवदहले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ८ बिकेट गुमाएर १६७ रनको विशाल लक्ष्य खडा गरेको थियो । देवदहका रोहन कुवरले ३५ बलमा ४४ तथा सुसान्त बिकले १६ बलमा ३० रनको योगदान दिए । लुम्बिनीका संस्कार पाठकले ३ बिकेट लिए । बिशाल लक्ष्य पछ्याएको लुम्बिनी १६.१ ओभरमा केवल ४६ रनमा समेटियो । लुम्बिनीका अजितेश गुप्ताले ३२ बलमा १३ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । कम स्कोरमा रोक्न देवदहका रोहन कुवर, सक्षम बश्याल र राजन काफलेले समान २–२ बिकेट लिए । खेलमा देवदहका रोहन कुवर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा टस जितेर ब्याटिङ रोज्दै गार्गीले १४.१ ओभरमा सबै बिकेट गुमाएर केवल ३८ रनको लक्ष्य खडा गरेको थियो । कम स्कोरमा रोक्न वेष्ट्रनका सम्राट पोखरेलले ४ तथा सुप्रिम कंडेल र श्रीयान्स ज्ञवालीले समान ३–३ बिकेट लिए । झिनो लक्ष्यलाई वेष्ट्रनले ४.१ ओभरमा २ बिकेटको नोक्सनीमा भेटायो । वेष्ट्रनका सुगम जिसीले १३ बलमा १६ रनको नटआउट पारी खेले । खेलमा वेष्ट्रनका सम्राट पोखरेल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि १४ वर्ष मुनिका खेलाडीहरुको १२ वटा टिमलाई दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?