© २०२३
बुटवल (बुटवलटुडे) जेठ– शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश भट्टराईले ६ बर्षमा कक्षा १२ को प्रमाणपत्र पाउन सक्ने व्यवस्था ल्याएको बताएका छन् । सरकारले अनौपचारिक शिक्षाको राष्ट्रिय प्रारूप ल्याएको उल्लेख गर्दै उक्त प्रारूपमा त्यस्तो व्यवस्था गरिएको जानकारी दिए ।
रूपन्देहीमा शुरु भएको अनौपचारिक शिक्षाका सिकाइ सामग्रीहरूको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै निर्देशक भट्टराइले त्यसका लागि बैकल्पिक माध्यम र घरमै पढ्न सकिने सामग्रीको समेत निर्माण गरिरहेको उनले बताए । तह १ र तह २ को सिकाइ सामग्री तयार भइसकेको र अन्य तहको सामग्री पनि बनाउने क्रममा रहेको उनले बताए । तह १ भनेको कक्षा ३ र तह २ भनेको कक्षा ५ लाई राखिएको छ । सरकारले कक्षा १२ लाई तह ५ लाई तोकेको छ । योग्यता बढाउन चाहने व्यक्तिले १ बर्षको फरकमा एक तह पूरा गर्न सक्नेछन् । योग्यता प्रारूपले तह ८ लाई पिएचडी सम्म मानेको छ । उक्त कक्षा ५ सम्मको परीक्षणको जिम्मेवारी सामुदायिक सिकाइ केन्द्रलाई दिने व्यवस्था गरिएको निर्देशक भट्टराइले बताए ।
कार्यक्रमा शिक्षाका लागि राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीले विद्यालय बाहिर रहेका र विद्यालय छाड्ने गरेका व्यक्तिहरूका लागि सरकारले ल्याएको कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षासम्बन्धि कानून आइसकेको हुँदा पनि उक्त कानूनको कार्यान्वयनका लागि उक्त कार्यक्रम फलदायी हुने बताए । ७ दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा सहजकर्ताको रूपमा उद्धव प्रसाद प्याकुरेल, निर्देशक गणेश भट्राई, निलकण्ठ ढकाल लगायत रहनेछन् । कार्यक्रमा शिक्षाका लागि राष्ट्यि अभियानकी बोर्ड सदस्इ नजवुन खान, सहजकर्ता उद्वव प्रसाद प्याकुरेल लगायतले कार्यक्रमको आवश्यकताको बिषयमा बोलेका थिए ।
तालिमको आयोजना शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले शिक्षाका लागि राष्ट्यि अभियान र केयर नेपालको सहकार्यमा गरेको हो । तालिममा ६ प्रदेशका सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधी, शिक्षाका काम गरिरहेका अभियन्ताहरू गरि ४० जनाको सहभागीता रहेको छ ।