© २०२३
सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी लकडाउन अन्त्यको निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउन अन्त्य भए पनि कोरोनाको संक्रमणबाट बच्न आवश्यक रणनीति अपनाइने बताए । संक्रमणबाट बच्ने बिषयमा भने सरकारले अझै स्पष्ट गरिसकेको छैन् ।