ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

मायादेवीमा टोल टोलमा ‘वैकल्पिक कक्षा’

५ श्रावण २०७७, सोमबार
५ श्रावण २०७७, सोमबार

रुपन्देहीको मायादेवी गाउँपालिकाका शिक्षकहरुले बालबालिकालाई उनिहरुको घरदैलोमै पुगेर पठन पाठनमा सहजीकरण शुरु गरेका छन् । कोभिड १९ का कारण बालबालिकाको पठन पाठनमा पुगेको क्षतिलाई कम गर्नका लागि गाउँपालिकाको पहलमा सिकाइ सहजीकरण शुरु भएको हो ।

गाउँपालिकाका शिक्षा प्रमुख नारायण लामिछानेले सरकारले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइ सहजीकरण भइहेको जानकारी दिए । उनका अनुसार शिक्षक परिचालन हुनु अघि पालिकाभित्र रहेको विद्यालयहरुका प्रधानाध्यापकहरुलाई निर्देशिकाको बिषयमा अभिमुखीकरण गरि तयारीको बिषयमा छलफल गरिएको थियो । शिक्षकहरुले फारम नै प्रयोग गरी प्रविधिमा पहुँचको बिषयमा तथ्यांक संकलन गरी विद्यार्थीहरुलाई बर्गीकरण गरिएको थियो । त्यसरी तथ्यांक लिदा अधिकांश बालबालिकाहरु अनलाइन, टेलिभिजन र रेडियोको पहुँचमा नदेखिएपछि समुदाय स्तर र विद्यालयमा सिकाइ केन्द्र बनाएर सहजीकरणको मोडेल लागु गरिएको लामिछानेको भनाइ छ ।

समुदायमा पुगेर बालबालिकालाई सहजीकरण गर्दा उनिहरुको सिकाइमा निकै सहयोग पुर्याएको जनचेना आधारभूत विद्यालयकी प्रधानाध्यापक तुल्सी सुवेदीले बताइन । लामो समयसम्म कापी किताब नसमाएका बालबालिकाले पठन पाठन शुरु गरेको र उनिहरुको टोलसम्म आफुहरु पुग्दा उनिहरु निकै खुसी हुने गरेको प्रधानाध्यापक सुवेदीले अनुभव सुनाइन । बालबालिका त खुसी भए नै उनले थपिन, यसले त अभिभावक चिन्ने र उनिहरुसँग कुराकानी गर्ने अवसर पनि मिल्यो । यस्तो अवस्थामा पनि आफ्ना सन्तानको शिक्षाका लागि घरदैलोसम्म आउनुभो भन्दै धन्यवाद दिनुहुन्छ अभिभावकको भनाइलाई उधृत गर्दै सुवेदीले थपिन । उनले शिक्षकहरुको समुह बनाई दुरी कायम गरी समुदायमा सहजीकरण गर्ने र दिन तोकेर बालबालिकालाई पनि कक्षागत रुपमा पालो लगाई विद्यालयमा बोलाउने गरिएको बताइन ।

सुण्डी माविका प्रधानाध्यापक सतिशचन्द्रमणि त्रिपाठीले समुदायमा खोलिएको सिकाइ केन्द्रले बालबालिका र अभिभावक खुसी देखिएको प्रतिक्रिया दिए । हामीले ८ ठाउँमा सिकाइ केन्द्र खोलेका छौं त्रिपाठीले भने, त्यहाँ सामुदायिक मात्रै नभई संस्थागत विद्यालयका बालबालिका पनि सहभागी भइरहेका छन् । उनले यसले शिक्षक र बालबालिका मात्रै नभई अभिभावक र समुदायसँग पनि परिचित गराएको बताए ।

पालिकाका शिक्षा प्रमुख नारायण लामिछानेले शिक्षक परिचालनले पालिकामा अहिले पठन पाठनको वातावरण वनेको बताए ।

गाउँपालिकाका प्रमुख धु्रवनारायण चौधरीले बैकल्पिक सिकाइ सहजीकरणको समुदायबाट सकारात्मक प्रतिक्रिया आएको बताए । उनले सामुदायिक विद्यालयले शुरु गरेपछि यो कार्यक्रम संस्थागत विद्यालयहरुले पनि शुरु गर्ने तयारी गरेको बताए । संघीय सरकारले जारी गरेको निर्देशिका अनुसार शिक्षक र अभिभावकको छलफलबाट गरिएको निर्णय भएको बताउँदै उनले पालिकाबाट सहजीकरणको अनुगमन गर्न लागिएको बताए । हामीले विद्यालयहरुलाई पालिकामा रिर्पोटिङ गर्ने सयन्त्रसँग पनि जोडेको छौं प्रमुख चौधरीले भने, अनुगमन पनि शुरु गर्ने तयारीमा छौं ।

सरकारले गत जेष्ठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी असार १ गते देखि बालबालिकालाई सहजीकरण गर्न भनिसकेको छ । उक्त निर्देशिकामा स्थानीय तह र विद्यालयको पहलमा बढीमा आठ देखि दश जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम हुने गरी बसाइ व्यवस्था मिलाई सिक्ने सिकाउने व्यवस्था गर्ने उल्लेख छ । निर्देशिकामा त्यस्ता सिकाइ केन्द्रहरु समुदाय र विद्यालयमा संचालन गर्न सकिने र त्यसको व्यवस्थापन विद्यालय र स्थानीय तहले गर्ने भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?