ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

“आहा तुलसीपुर” अभियानमा युवा

३ श्रावण २०७७, शनिबार
३ श्रावण २०७७, शनिबार

भर्खरै व्यवसाय सुरु गरेका युवा दिपक काफ्लेले आफुजस्तै उमेरका युवाहरुलाई भेला गरे । ‘हामीले पनि तुलसीपुरको पहिचान वनाउनका लागि केही गरौ’ माइन्युटमा होइन मनले उनीहरुले सहमती जनाए । तुलसीपुरको वसपार्क लकडाउनमा पनि फोहोर थियो । धेरै मान्छे त्यसलाई नाँघेर हिड्ने गर्थे । आहा तुलसीपुरका सदस्यहरुले वसपार्क क्षेत्रलाई आहा वनाउने अठोटका साथमा काम सुरु गरेका छन् ।

‘तुलसीपुर उपमहानगरपालिकाले विभिन्न प्राविधिक पक्षमा सहयोग ग¥यो अरु काम हामीले ग¥यौ’ खाल्डा पुर्दै गरेकी समुहकी सदस्य अस्मिता भण्डारीले भनिन् । वसपार्कमा गरेको कामले उनीहरुलाई उर्जा दियो । घर परिवार र समाजका सबैले उनीहरुको कामको प्रशंसा गरे । तुलसीपुर वजार क्षेत्रमा रहेका खाल्डाहरु पुर्ने अभियान सञ्चालन गर्ने योजना वनाए । ‘हामीजस्तै युवाहरुले स्मार्ट सिटीका खाल्डा भनेर सामाजिक सञ्जालमा सरकारलाई उडाएको पायौ तर हामी भने यसलाई कसरी राम्रो गराउन सकिन्छ भन्नेमा आफ्नो भुमिका खोज्दै गयौ’ उनले भनीन् ।

उपमहानगरपालिकाले उनीहरुलाई ग्राभेल र गाडी उपलब्ध गरायो पछि उनीहरुले वेल्चा र गैति चलाएर वजार भरीका खाल्डा पुरेका छन् । जुनसुकै काममा पनि उनीहरुलाई सबैको सहयोग मिल्यो । उनीहरुको कामलाई सवैले प्रशंसा गर्दा उनीहरुलाई पनि सामाजीक कामगर्ने हौसला मिलेको काफ्लेले बताए । बजारका खाल्डाखुल्डी भरेपछि आहा तुलसीपुरका लागि उनीहरुको ध्यान अब जथाभावि हुने फोहोरका साथै वजारको हरियाली बढाउनेमा केन्द्रीत रहेको छ । ‘भएको हरियालीलाई जोगाउने र नभएको ठाउँमा वृक्षारोपण गर्ने तयारी गरिरहेका छौ’ आहा तुलसीपुरसँग एकीकृत रुपमै काम अगाडि वढाउन लागेको फेमिना ग्रुपकी अस्मिता आचार्यले भनिन् । उनले समान उद्देश्य भएका दुवै अभियानलाई एकीकृत गरेर लैजान लागेको पनि वताइन् ।

आहा तुलसीपुरका सदस्यहरु सामुहिक भेला पनि हुदैनन्, औपचारिकताका लागि माइन्युट पनि हुँदैन । सामाजिक सञ्जालमा ग्रुप वनाएर के गर्ने भन्ने उनीहरुका विचमा ‘भर्चुअल’ बैठक हुन्छ । त्यहीँ एजेण्डा वनाउँछन् र निर्णय पनि त्यही हुन्छ । अर्को दिन सबै फिल्डमा काम अगाडि वढाउने तयारी सहित आएका हुन्छन् । समुहमा अहिले विभिन्न पेशा व्यवसायमा लागेका युवाका साथै पढ्दै गरेका विद्यार्थी गरी २० जना रहेका छन् । यो संख्या वढ्दै पनि गएको छ । “सवै काम सरकारको वाटो हेरेर हुदैन र सरकारको आलोचना गर्नुभन्दा सचेत युवाको हैसियतले केही गरौ भनेर सुरु गरेका हौ” समुहका सदस्य दिपकले भने । यस क्षेत्रका सबै युवाहरुलाई जोडेर लैजाने योजना रहेको दिपकले बताए ।

अहिले उनीहरुले तुलसीपुरको ङ लाइनमा सडक हरियालीको लागि तयारी गरिरहेका छन् । सडक सुन्दर देखिने विरुवाको माग समेत गरेका छन् । स्थानीय सरकारले विभिन्न निकायसँग समन्वय गरेर विरुवा उपलब्ध गराउने समेत भइसकेको छ । उनीहरुलाई सबैभन्दा वढि चिन्ता दैनिक बजारमा हुने फोहोरको रहेको छ । “ठूलो ठूलो पसल खोलेकाहरुले समेत पसल अगाडी डस्टविन राख्दैनन्, प्रत्येक पसल अगाडि अनिवार्य डस्टविन राख्ने व्यवस्था गर्नका लागि स्थानीय सरकारसँग समन्वय गर्दैछौ” अस्मिताले भनिन् । पसलेहरुमा चेतना भयो भने वजार प्रदुषणमुक्त हुने उनीहरुको ठम्याई छ । डस्टविन नराख्ने र फोहोर गर्ने व्यवसायीलाई कारबाही गर्न सकियो भने वजार त्यसै सुन्दर देखिन्छ भन्ने उनीहरुलाई लागेको छ । फेमिना ग्रुपका प्रत्येक सदस्यलाई तुलसीपुर आउँदा हरेकले नागरीकले “आहा भनोस्” भन्ने दुइ शब्दको सपना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?