© २०२३
भारतबाट आएको सलहको झुण्डले बाँकेका खेतबारी र घरका छत ढाकेका छन् । बुधवार साँझ सलहको एउटा झुण्ड नरैनापुर गाउँपालिकामा आइपुगेको थियो । त्यहाँ कृषकले लगाएको बालीनाली नष्ट गरिदिएको छ । भारतको श्रावस्ती जिल्लादेखि नेपाल प्रबेश गरेको नरैनापुर गाउँपालिकाको गंगापुर हुदै बुधबार डुडुवामा प्रवेश गरेको हो । नेपालगन्जमा पनि सलह देखिएको छ ।
डुडुवा गाउँपालिका वार्ड नं. १ को कुडवा गाउँमा करिब ५ लाख बढी सलह देखिएको गाउँपालिका कृषि शाखा प्रमुख शुसिल शर्माले जानकारी दिएका छन् ।
किसानले रोपेको धान तथा अन्य तरकारी बालीमा सलह किराले सखाप बनाएको छ । यद्यपी क्षतीको एकिन भएको छैन ।
सलह किरा संकलन गर्नेलाई गाउँपालिकाले प्रतिकिलो रु २० मा समेत उपलब्ध गराउने प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए । बुधबार देखिएको सलहलाई किसानहरुले विभिन्न उपाय अपनाएर धपाउनमा जुटेका छन । एक हप्ताअघि दक्षिण पश्चिम वायुको चापका कारण दाङ र नवलपरासी क्षेत्रबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको थियो। बाँकेमा देखिएको झुण्ड कति ठूलो भन्ने यकिन भएको छैन ।