ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

बैशाखी टेकेरै पठन पाठनमा सहजीकरण गर्दै विनोद सर

३० असार २०७७, मंगलवार
३० असार २०७७, मंगलवार

लकडाउनको समय लम्बिएपछि गाउँ ठाउँका विद्यालयहरुले बैकल्पिक विधि अपनाएर पठन पाठन शुरु गरेका छन् । कतिपय स्थानीय तहले पालिका भरीका विद्यालयहरुलाई सहजीकरणमा परिचालन गरेका छन् त कतै विद्यालयकै पहलमा पठन पाठनमा सहजीकरण शुरु भएका छन् । यसले आंशिक मात्रामा भएपनि बालबालिकाको सिकाइमा सहयोग पुगेको छ ।

गुल्मीका रुरु गाउँपालिकामा रहेका कोलौदी प्राथमिक विद्यालयले समुदायमा सिकाइ केन्द्र खोलेर पठन पाठन शुरु गरेका छन् । विद्यालय नखुल्दा बालबालिकाहरुले पठन पाठन गर्ने दैनिकी नै बदलिएपछि सिकाइ केन्द्र मार्फत पठन पाठनका लागि सहजीकरण गरिएको विद्यालयका प्रधानाध्यापक विनोद ज्ञवालीले जानकारी दिए । प्रधानाध्यापक ज्ञवालीले दायाँ खुट्टा भाँचिदा समेत बैशाखीको भरमा (हेर्नुहोस् तस्वीर) सहजीकरण गरिरहेका छन् ।

अभिावकहरुले बालबालिकाको पढाइमा हेरिदिनुपर्यो भनेर अनुरोध गर्नुभयो त्यसपछि उनिहरुलाई पठन पाठनमा सहजीकरण गरिरहेको छु ज्ञवालीले बुटवल टुडेलाई भने । उनका अनुसार दुई दिन बिराएर पालै पालो कक्षागत रुपमा बालबालिकालाई सहजीकरण गरिएको छ । प्राथमिक तहसम्मको विद्यालय भएपनि ग्वादी माविको माथिल्लो कक्षामा पढ्ने बालबालिका समेत पठन पाठनका लागि आउने गरेको प्रधानाध्यापक ज्ञवालीले बताए ।

सरकारले गत जेष्ठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरी असार १ गते देखि बालबालिकालाई सहजीकरण गर्न भनिसकेको छ । उक्त निर्देशिकामा स्थानीय तह र विद्यालयको पहलमा बढीमा आठ देखि दश जनासम्मको समूह रहने गरी स्थानीय रूपमा सिकाइ केन्द्र वा विद्यालयमा एक आपसमा भौतिक दूरी कायम हुने गरी बसाइ व्यवस्था मिलाई सिक्ने सिकाउने व्यवस्था गर्ने उल्लेख छ । निर्देशिकामा त्यस्ता सिकाइ केन्द्रहरु समुदाय र विद्यालयमा संचालन गर्न सकिने र त्यसको व्यवस्थापन विद्यालय र स्थानीय तहले गर्ने भनेको छ ।

यता कपिलवस्तुको शिवराज नगरपालिकाले विद्यालय तहका बालबालिकालाई बैकल्पिक सिकाइ सहजीकरण शुरु गरेको छ । विद्यालयमा पालैपालो बालबालिकालाई उपस्थित गराएर सहजीकरण शुरु गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापकको उपस्थितीमा बैठक बसी लकडाउनको आचारसंहिता पालना गर्ने गरी पठन पाठनमा सहजीकरण शुरु गरेको हो । शिवराज नगरपालिकामा मदरसा सहित ६४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयमा बालबिकास केन्द्र देखि कक्षा १२ सम्म २६ हजार बालबालिका छन् ।

नगरपालिकाका शिक्षा यूवा तथा खेलकूद शाखा प्रमुख लोकराज पन्थीले एक दिन ए वटा कक्षाका बालबालिकालाई विद्यालयमा बोलाई सानो सानो समुहमा विभाजन गरी सहजीकरण शुरु गरेको जानकारी दिए । असारको १६ गते समन्यात्मक बैठक बसेर सहजीकरण गर्ने निर्णय भए बमोजिक विद्यालयले काम शुरु गरेको उनले बताए । उनका अनुसार प्राथमिक तहमा हप्ता दिनमा र माध्यमिक तहमा दश दिनमा एक दिन बालबालिकाहरुको विद्यालय आउने पालो पर्दछ । विद्यालयले दिनमा करिब तीन घण्टा पठन पाठनका लागि सहजीकरण गर्ने र गृहकार्य चेकजाँच गर्ने गरेका छन् । मुख्यगरी नेपाली, अग्रेजी, गणित, विज्ञान र सामाजिक बिषयलाई सहजीकरण गर्ने गरिएको छ ।

बालबालिकाहरु विद्यालयको हातामा प्रवेश गरेपछि साबुन पानी हात धुने गरेका छन् भने घर जाने बेलामा केही समयको फरक गरेर उनिहरुलाई पठाउने गरिएको छ । यसरी विद्यालयमै बालबालिकालाई बोलाएर सहजीकरण गर्दा समुदायमा पुगेर गर्ने क्रियाकलाप भन्दा सुरक्षित र प्रभावकारी देखिएको शिक्षा प्रमुख पन्थीले बताए । भौतिक दुरी कायम गर्न, सहजीकरण गर्न र सहजीकरण के कति प्रभावकारी भयो भनेर हेर्नका लागि यो विधि फलदायी देखिएको उनको भनाई छ ।

प्रकाश मावि, सुन्दरी डाडाका प्रधानाध्यापक माधव केसीले सहजीकरणले बालबालिकाको सिकाइका लागि सहयोग पुगेको बताए । घरमा त्यत्तिकै बसेका बालबालिकाले पठन पाठन गर्ने अवसर पाएका छन् केसीले भने, लामो समयसम्म रोकिएको पठन पाठनमा शिक्षक साथीहरुले सहजीकरण गरिरहनु भएको छ । सहजीकरणको व्यवस्थापन गर्दा बालबालिकाको हप्तामा एक दिन र शिक्षकहरुको हप्तामा तीन दिन विद्यालयमा आउने पालो पर्ने गरेको छ । उनका अनुसार प्रकाशन माविमा ८ सय ५० बालबालिका छन् ।

शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सबै विद्यालयका प्रधानाध्यापकहरुलाई सिकाइका लागि नरपालिकाबाट सहजीकरण गरेपछि मात्रै पठन पाठनको काम शुरु भएको बताए । विद्यालयमा एक दिनमा एक कक्षा र ति विद्यार्थीलाई सहजीकरण गर्न आवश्यक शिक्षक मात्रै उपस्थित हुने ग री सहजीकरणको व्यवस्था गर्दा लकडाउनको आचार संहिता पालना भएको र सिकाइमा पनि सहयोग पुगेको उनको भनाई छ । यसरी सिकाइको लागि सहजीकरण शुरु गरेपछि सबैबाट सकारात्मक प्रतिक्रिया आएको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमीरेले लकडाउन पछि शिवराज नगरपालिकाले बैकल्पिक सिकाइ सहजीकरणको कक्षा अनुगमन गरेको बताए । उनले अनुगमनमा आलो पालो कक्षा र भौतिक दुरी कायम गरी कक्षा संचालन भएको पाएको बताए । बैकल्पिक शिक्षणको यो तरिका उत्तम नमुना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?