ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

गृह मन्त्रालय पत्राचार गर्दै ‘सिडियो साप’ सडकमा मास्क बाड्दै

२४ असार २०७७, बुधबार
२४ असार २०७७, बुधबार

गृह मन्त्रालयले लकडाउनका बेला पालना गर्नु पर्ने स्वास्थ्य सुरक्षा मापदण्डको उल्लंघन गर्न थालिएपछि मास्क प्रयोग नगर्नेलाई कारवाहीका लागी स्थानिय प्रशासनलाई पत्राचार गरेको छ ।

गृहको आदेश पश्चात मास्क प्रयोग नगरी हिड्डुल गर्नेलाई कारवाही समेत गर्न थालिएको छ । तर जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले नागरिकलाई मास्क प्रयोग गर्न उत्प्रेरित गर्नका लागी सडकमा मास्क प्रयोग नगरेका नागरिक जम्मा गरि मास्क बाड्न थालेका छ । मंगलबार तौलिहवाका बिभिन्न स्थानमा २ सय बढि मास्क नलाएका नागरिकलाई जम्मा पारी प्रशासनले मास्क बाडेको हो । सो क्रममा आगामी दिनमा मासक नलगाई नहिड्न समेत सचेत गराईएको थियो । कोरोना संक्रमणको शुरुवाती अवस्थामा नेपालमै सबै भन्दा बढि संक्रमितहरु भेटिएकामा कपिलवस्तु जिल्ला भएकाले समेत कपिलवस्तुमा मास्क प्रयोग गर्न नागरिकलाई सचेतना प्रवाह गरिएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अघिको मुख्य सडकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी र शसस्त्र प्रहरी उपरिक्षक जनक पुरीले नागरिकलाई मास्क प्रयोगको महत्व बुझाउदै सडकमै मास्क बितरण गरे । सो क्रममा मास्क प्रयोग नगर्नेलाई आगामी दिनमा गल्ती दोहोरिए भन्दै प्रहरीले चेतावनी समेत दिएको थियो । कोरोना संक्रमणबाट जोगिन नेपाल सरकारको निर्णय अनुसार मास्क प्रयोगलाई अनिवार्य गरिएको र सो बिषयमा सचेतना प्रवाहका लागी नागरिकलाई मास्क बितरण गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिए । “मास्क बितरण सगै मास्क प्रयोग गर्न अटेरी गर्नेलाई सचेत पनि गराएका छौ । अब मास्क प्रयोग नगरेको भेटिए कारवाही हुनेछ ।” प्रजिअ पौडेलले भने ।

यस अघि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सुचना प्रकाशित गर्दै स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरिए वा उल्लंघन गरेको भेटिए निजलाई सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिई संक्रमक रोग ऐन २०२० बमोजिम कडा कारवाही गरिने जानकारी दिएको छ । सो सुचनामा अनिवार्य मास्कको प्रयोग गर्ने, २ मिटरको सामाजिक दुरी कायम गर्ने, सार्वजनिकस्थलमा सेवाग्राही र सेवाप्रदायकले अनिवार्य साबुन पानीले हात धुने तथा सेनेटाईजरको व्यवस्था गर्ने तथा अनावश्यक भिडभाड नगर्न जानकारी दिईएको छ ।

कपिलवस्तु जिल्लामा मंगलबार सम्म ७ सय ४७ जनामा कोरोना संक्रमण फेला परेकोमा अहिले ५० जना मात्रै उपचाररत अवस्थामा रहेका छन । कोरोना संक्रमित फेला पर्ने क्रममा कमी आए सगै मास्क प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने बिषयमा नागरिकले प्रयाप्त सजगता अपनाउन छाडेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?