ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

शिर्ष नेताको विवादले कार्यकर्तामा मनमुटाव

२४ असार २०७७, बुधबार
२४ असार २०७७, बुधबार

नेकपाका शिर्ष नेताबीचको आन्तरिक कलह बढ्दै गएपछि स्थानीय नेता कार्यकर्ताबीच समेत मनमुटाव भएको छ । कार्यकर्ताहरु सडकदेखि सामाजिक सन्जालमा शिर्ष नेताको पक्ष बिपक्षमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

समर्थनमा र बिरोधमा प्रदर्शनका घटना हुन थालेका छन् । नेकपा बाँकेको पार्टी कार्यालयमा सोमवार बर्तमान सरकारको स्थायित्व र पार्टी एकताको पक्षमा धर्ना दिइयो । तर धर्नाका विषयमा जिल्लाका पार्टीका नेता कार्यकर्ताबीच आरोप प्रत्यारोप चुलिएको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेल र सचिव अशोक कोइरालाको बिरोध जनाए । अघिल्लो दिननै पार्टीले आधिकारिक बिज्ञप्ती सार्वजनिक गरी पार्टी एकताका पक्षमा शिर्ष नेतालाई ध्यानार्कषण गराएको र पार्टी गतिविधि बिरोधी गतिबिधि गरेको पाइए कारवाही गर्ने चेतानी दिएको थियो ।

चेतावनीका बाबजुद धर्ना आयोजना गरिएको अध्यक्ष खरेलले बताए । उनले यस्ता गतिविधिले पार्टी एकतामा चोट पुर्याउने बताए । धर्ना कार्यक्रममा नेकपा पार्टी कार्यालय सदस्य निरक गुरुङ्ग, प्रमोद धिताल,नेता अशोक कर्माचार्य, किस्मत कक्षपति, पुजन बिश्वकर्मा, दत्तप्रशाद आचार्य लगायतले नेतृत्व गरेका थिए । कर्माचार्यका अनुसार पार्टी एकताकै पक्षमा शिर्ष नेतालाई दवाव दिन जिल्ला नेतृत्वलाई जानकारी दिएर धर्ना गरिएको बताए । उनले भने,–‘कसैलाई पनि भ्रम नहोस । धर्ना पार्टी अध्यक्ष,सचिव, इन्चार्जलाई सोधेर गरिएको हो । इन्चार्ज र सचिव कार्यक्रम गर्न सहमति दिनुभएको हो तर अध्यक्षले अस्वीकार गर्नुभएको थियो । अनि यस्तो पार्टी हितमा गरिएको कार्यक्रममा पार्टी नेतृत्वले कायकर्ताहरुलाई नजानु भनेर उर्दी जारी गर्न मिल्छ?’ बढ्दै गएको बिवाद थपिएको छैन । सामाजिक सन्जालमा आरोप प्रत्यारोप चलिरहेको छ । जिल्लाका सोझा नेता कार्यकर्ता चिन्तित छन् । पार्टीमा
फुटको अवस्था आएपछि रोक्न बिभिन्न माध्यमबाट दवाव दिइरहेका छन् । नेकपा बाँकेले प्रेस बिज्ञप्ती जारी गरी पार्टीलाई फुटको अवस्थामा लैजाने गतिविधि नगर्न शिर्ष नेताहरुलाई चेतावनी नै दिएको छ । देशको सम्बृद्धि र कम्युनिष्ट आन्दोलनका लागि नेकपामा एकता अपरिहार्य रहेको पार्टी अध्यक्ष आईपी खरेलले बताए ।

नेकपा एकिकरणको दुई वर्षमा संगठन निर्माणका गतिविधिहरु भए । बनेका संगठनले प्रभावकारीरुपमा काम गर्न नसकेका बेला शिर्ष नेताको बेमेलले कार्यकर्तामा निरासा छाएको छ । स्रोतका अनुसार, नेकपा बाँकेमा पार्टी सदस्यको टुङ्गो लाग्न सकेको छैन । वडास्तरबाट सदस्यता संख्या आउन बाँकी नै रहेकाले कुल सदस्य संख्या यकिन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?