© २०२३
लामो समयदेखि भारको उत्तर प्रदेश देवरियाको वाल सुधारगृहमा रहेका चार बालकको उद्दार गरिएको छ । उद्दार गरिएका ति बालकहरु घर ठेगाना बताउन नसकेको प्रहरीको भनाई छ ।
प्रवासी नेपाली मित्र मंच भारतले ति बालकको उद्दार गरी शनिवार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा बुझाएको प्रहरीले जनाएको छ । घर ठेगाना बताउन नसकेको हुदा सम्बन्धित अभिभावक तथा घर ठेगाना पत्ता लगाउने प्रयास भइरहेको जनाइएको छ । ति बालकहरुको घर ठेगाना र अभिभावक फोटोबाट पहिचान गरि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको फोन नंं. ०७१५२०१९९ वा ९८५७०९०६२२ मा खबर गरी दिन प्रहरीले सबैलाई अनुरोध गरेको छ ।