ट्रेंडिंग:

>> क्यानडाविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै >> कात्तिक र मंसिरमा हुने खेल तालिका सार्वजनिक >> कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन >> लायन्स क्लब अफ सयपत्रीको सिपमुलक तालिम >> कांग्रेस क्षेत्र नं. ३ द्वारा पूर्व गृहमन्त्री खाँणसँग भेटघाट तथा छलफल कार्यक्रम >> सुशासन कायम गर्न प्रदेश सरकारले कठोर निर्णय लिएको छः मुख्यमन्त्री आचार्य >> न्यु सिर्जना अन्तिम आठमा >> पूर्वडीआईजी छविलाल जोशी पक्राउ  >> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य

नेपाली भाषामा शब्दको खानी छ : उपकुलपति डा. लामिछानेले

२३ बैशाख २०८०, शनिबार
२३ बैशाख २०८०, शनिबार

दाङ, २३ वैशाख

नेपाली भाषालाई बचाउने सबैको दायित्व भएको नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा. यादव प्रकाश लामिछानेले बताएका छन् । राप्ती साहित्य परिषदको आयोजनामा ४६ औ स्थापना दिवसका अवसरमा उनले अब पछिल्लो पुस्ताले भाषा जोगाउनुपर्ने बताए । पहिलेका साहित्यकारले नेपाली साहित्यलाई जरुवाको पानी जस्तो सजिलो तरिकाले प्रयोग गर्न सक्ने बनाएका थिए भन्दै अहिलेका साहित्यकारले भाषालाई जसरी प्रयोग गरे पनि बुझ्ने त हो भनी बिगारेको बताए ।

पुराना साहित्यकारले झर्रोवादी साहित्यलाई व्यापक बनाएकोले सरल र सरस भएको थियो । त्यसको संरक्षण गर्न अहिले पुस्ता लाग्नुपर्ने उनको भनाई थियो । उनले भने, “अहिले नेपाली भाषा भाँचिएको छ, टुक्रिएको छ, बुझे त भैहाल्यो नि भन्ने बानीको बिकास भएको छ, त्यसैले गर्दा नेपाली भाषाको मिठास हराउँदै गएको छ । ” “नेपाली भाषामा शब्दको खानी रहेको र आगन्तुक शब्द मिसाउन हुँदैन,”उनले भने । १०१३ सालका जसरी झर्रोवादी आन्दोलनले भाषालाई संरक्षण गरेको थियो त्यो अहिले हराउदै गएको उनले बताए । अहिलेको पुस्ताले क्रम भंग गरेर भाषाको संरचना तयार गर्न नहुने र भाषा बचाउनतिर लाग्नुपर्ने उनको धारणा थियो ।

सोही कार्यक्रममा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले साहित्यकारका रचनाले देशको बेथितीका बारेका खवरदारी गर्नुपर्ने बताए । साहित्यको माध्यम सशक्त हुने भएकाले भुगोल बचाउनका लागि होस् वा संस्कार संस्कृति जोगाउनतिर लाग्न उनले आग्रह गरे । कलमको शक्ति बलियो हुन्छ, यसले खवरदारी गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैया, पद्मप्रसाद शर्मा, पुरुषोत्तम खनाल, जीतबहादुर शाह, जगदिश आचार्य लगायतले साहित्यले समाजको प्रतिनिधित्व गर्ने बताए । राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष टिकाराम उदासीको अध्यक्षतामा भएको कार्यक्रममा सबिक राप्ती अञ्चल भित्रका विभिन्न विधाका ४३ जना साहित्यकार, साहित्यिक संस्था र कृतिलाइ पुरस्कार र सम्मान गरिएको थियो । सोही कार्यक्रममा लुम्बिनी प्रदेश भित्रका १० जना साहित्यकारको बीचमा गजल वाचन प्रतियोगिता भएको थियो । जसमध्ये पाँचजना स्रष्टालाई पुरस्कृत गरिएको थियो ।

सो अवसरमा राप्ती साहित्य परिषदको मुखपत्र अन्तरध्वनी पनि विमोचन गरिएको थियो । राप्तीको सबैभन्दा पुरानो साहित्यिक संस्थाले लुम्बिनी प्रदेशको छ जिल्लामा शाखा बिस्तार गरेर बिभिन्न साहित्यिक कार्यक्रम गर्दै आएको छ । कार्यक्रमको सहजीकरण महासचिव रमेश सुवेदी गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?