© २०२३
दाङमा बुधबार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा बंगलाचुली गाँउपालिकाका ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका वडा नम्बर २ का ४२ जना रहेको प्रतिष्ठानले जनाएको छ । ती मध्ये मध्ये ३ जना महिला रहेका छन् भने ३९ जना पुरुष रहेका छन् । त्यस्तै घोराही उपमहानगरपालिकाको वडा नम्बर १ का १२ जना, वडा नम्बर ४ का २ जना, वडा नम्बर ५ का ४ जना, वडा नम्बर १५ का २४ जना र घोराही मात्रै ठेगाना लेखिएका एक जना गरि ३४ जना व्यक्तिमा कोरोना पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । ति मध्य तीन जना महिला रहेका छन् भने ३१ जना पुरुष रहेका छन् । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० पुगेको छ भने हिजो मंगलवार सम्म ९३ जना संक्रमित निको भएर घर गैसकेका छन् ।
यसैबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै गरिएको परिक्षणमा प्युठानमा दश जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का २ जना, २ का ३ जना, ३ का २ जना, ४ का २ र ७ का १ जना रहेका छन् ।