© २०२३
सरकारद्वारा प्रस्ताबित नागरिकता संसोधन बिधेयकको बिरोधमा कपिलवस्तुको तौलिहवामा बिरोध प्रदर्शन गरिएको छ ।
जनता समाजबादी पार्टी नेपाल कपिलवस्तुको अगुवाईमा सदरमुकाम तौलिहवा बजारको परिक्रमा गरि प्रशासन चोकमा पुगी बिरोध सभा कोणसभामा परिणत भएको थियो । बिरोध सभामा सहभागीले प्रस्ताबित नागरिकता संसोधन बिधेयक फिर्ता लिनु पर्ने, नागरिकता ऐन २०६३ लाई निरन्तरता दिनु पर्ने, कम्युनिष्ट सरकारले जनताको मनोभावना बिपरितका काम रोक्नु पर्ने लगायतका माग सहितका प्लेकार्ड लिएका थिए । जिल्ला प्रशान कार्यालय चोकमा बिरोध कार्यक्रम पछि भएको कोण सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रस्तर र जिल्लास्तका नेताले सरकार कोरोना संक्रमणका बिच भ्रष्टाचारमा लिप्त भएको, मधेसका नागरिकको अधिकार कुन्ठित गर्न लागेको लगायतको आरोप लगाउदै प्रस्तावित बिधेयक खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
बिरोधसभालाई सम्बोधन गर्दै जसपा जिल्ला युवा नेता संदिप कुमार पाण्डेयले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको तर नागरिकको स्वास्थ्यको चिन्ता नलिएको बताए । आफना असक्षमता लुकाउन सरकारले नागरिकतामा बिभेदका बिषय उठाएको उनले प्रष्ट पारे । नश्लिय मानसिकताका शासकद्धारा प्रस्तावित बिधेयक खारेज नगरिय पुनः कडा आन्दोलन गरि कम्युनिष्ट शासन हटाईदिने अर्का युवा नेता शैलेन्द्र कुमार यादवले चेतावनी दिए । पुर्व राजाका बुहारी देखी कतिपय गरिब घरका बुहारी समेत बिदेशबाट बिवाह गरेर आएको भए पनि तिन्ले हालसम्म कहाँ कहाँ राष्ट्रघात गरे भन्दै उनले प्रश्न गरे ।
महाकाली र कोशीनदी बेच्नेहरुले नै राष्ट्रिय एकतालाई खल्बल्याउन कुचेष्टा गरेको जसपाका नेताहरु कैलाश अग्रहरी, अब्दुल रसिद खाँ र नारायण खनाल लगायतले आरोप लगाए । बिधेयक राष्ट्रघाती रुपमा आएको स्पष्ट पार्दै आफ्नो अधिकार र पहिचानका लागी सदयौ देखी आन्दोलन गर्दै आएकोले बिधेयक बिरुद्ध पनि आन्दोलनको मोर्चा कस्ने जसपाका केन्द्रिय नेता रविदत्त मिश्राले बताए ।
पहिले बैवाहिक अंगिकृत नागरिक दिने व्यवस्था रहेकोमा कुनै बिवाद नभएका अवस्थामा पनि संसोधनको व्यवस्था गरेर मधेसी जनतालाई अधिकार बिहिन बनाउने प्रयत्न शूरु गरिएको उनको आरोप थियो । बैवाहिक अंगिकृत नागरिक दिने व्यवस्था यथावत राख्ने गरि बिधेयक फिर्ता नभए आफुहरुले आन्दोलन गरेरै भए पनि अधिकार लिएरै छोड्ने नेता मिश्राले दाबी गरे ।