ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय खबर

साना कामले फेरिएको स्कुल

१८ बैशाख २०८०, सोमबार
१८ बैशाख २०८०, सोमबार

बुटवल, बैशाख- विद्यालयमा हुने गरेका साना कामबाट विद्यालय सुध्रिने गरेको उदाहरण गौतमबुद्ध आधारभूत विद्यालयले देखाएको छ । कञ्चन गाउँपालिकाको वडा नंं. २ मटेरियामा रहेको उक्त विद्यालयमा खानेपानीको धारा निर्माण, शौचालय मर्मत र विद्यालयमा जम्मा भएको फोहर फाल्ने खाल्डो खनिएपछि विद्यालयको वातावरण चिटिक्क  देखिएको हो ।
विद्यालयका प्रधानाध्यापक केदारप्रसाद पौड्यालले विद्यालयमा ८ वटा धारा जडान, एक वटा शौचालय मर्मच र फोहर फाल्ने खाल्डो खन्ने काम गरिएको र त्यसले विद्यालयको वातावरण देख्न लायक भएको बताए । पैसा धेरै लगानी भएको त होइन प्रधानाध्यापक पौड्यालले थोरै आर्थिक लगानीले पनि काम गर्न सकिने रहेछ । विद्यालयमा खानेपानीको ८ वटा धारा जडान गर्दासमेत बालबालिकाले पानीका लागि धेरै समय कुर्न नपर्ने अवस्था आउनुको साथै देख्दा समेत आकर्षक देखिएको बताए । उनका अनुसार यि काम गर्नका लागि कालिका स्वावलम्वन विकास केन्द्रले एक लाख ९ हजार सहयोग गरेको थियो ।
विद्यालयमा कोरोना महामारीका कारण बालवालिकाको सिकाइमा परेको क्षति कम गर्ने उद्देश्यले संचालित कार्यक्रम अन्तर्गत उक्त सहयोग गरिएको हो ।
प्रधानाध्यापक पौड्यालले उक्त कार्यक्रम अन्तर्गत टोल कक्षा संचालन गरेको र उक्त कार्यक्रमले बालबालिकाको सिकाइ सुधार्नमा सहयोगी बनेको बताए । बालवालिकाको शिक्षाको स्तरलाई माथि उठाउन महिनामा २० दिन दिनको १ घण्टाको समय छुट्याएर उनीहरुलाई टोल कक्षाको नाम दिइएर पृष्ठ पोषण कक्षामा सहभागी गराउने गरिएको थियो । उक्त कक्षामा खेल तथा मनोरञ्जनका माध्यमलाई प्राथमिकता दिने गरिएको टोल कक्षा संचालन गरेकी शिक्षक पुष्पा कार्कीले बताइन् । उनका अनुसार विद्यालयमा कक्षा १, २ र ३ मा रहेका ६४ जना बालबालिकालाई दुई समूहमा विभाजन गरी टोल कक्षा संचालन गरिएको थियो । विद्यालय समय सकिएपछि उनीहरुलाई कथा सुनाउँदै, खेल खेलाउँदै, एक आपसमा सहयोग गराउँदै टोल कक्षा चल्ने गरेको छ । कार्यक्रमको अबधीमा दुइ पटक तालिमको अवसर मिलेको र त्यसले आफुमा सिकाउने शैलीमा परिवर्तन आएको शिक्षक कार्की बताउँछिन् । उनले सिकाउने तरिकाहरु सिक्न पाउँदा आफुमा परिवर्तन आएको र बालबालिकालाई सिकाउनुपर्छ भन्ने महशुस समेत आफुमा गराएको बताइन ।

हामीले अभिभावकसँग बस्ने र छलफल गर्ने गर्यो शिक्षक कार्कीले भनिन्, यसले बालबालिकाको सिकाइको अवस्था जानकारी दिन, घरमा पढाइको अवस्था बुुझ्न र बालबालिकाको सहयोगी बन्नका लागि मद्दत पुग्यो । प्रधानाध्याापक पौड्यालले कार्यक्रमबाट विद्यालयको वातावरणीय सुधारका साथै बालबालिकाको सिकाई सुधार र शिक्षकमा सिकाउने शैलीको विकास भएको बताए । नजान्नेहरु जान्ने हुने अवसर पाए, सानो मर्मतबाट शौचालय प्रयोगमा आयो प्रधानाध्यापक पौड्यालले भने, शिक्षकमा समेत परिवर्तन देखा पर्यो ।
कालिका र यूनिसेफबाट संचालित कार्यक्रमले शिक्षकका लागि ट्याब, ब्लु तुथ स्पीकर, शिक्षकलाई शिक्षक गाईड तथा डिकोडेबल बुक प्रदान गर्नुका साथै बिद्यालयमा शैक्षिक सामाग्रीहरु तयार गर्नका लागी सहायक स्टेसनरी सामाग्री प्रदान गरेको छ । त्यसैगरी बालवालिकाहरुलाई अभिभावकको सहयोगमा घरमानै गर्न सकिने ४५ दिने क्रियाकलाप पुस्तक, लेख्न सिकौ, कापी, १ प्याकेट पेन्सिल, १ प्याकेट कलर पेन्सिल, १ प्याकेट क्यारोन कलर, लुडो, बल, ग्लुस्टिक, स्किपिङ्ग डोरी सहितको झोला जस्ता सिकाइ सामग्री प्रदान गरेको थियो । गौतमबुद्ध आधारभूत विद्यालयमा बालबिकास केन्द्रदेखि कक्षा ८ सम्म २८० बालबालिका अध्ययन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?