ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

घरेलुहिंसाका कारण आत्माहत्या बढ्यो

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

सुर्खेत जिल्लामा घरेलुहिंसाका कारण महिलामा आत्माहत्याको दर बढि भएको तथ्याङ्क सार्वजनीक भएको छ । आर्थीक वर्ष २०७४÷७५ मा मात्रै सुर्खेत जिल्लामा भएका ९२ आत्माहत्याका घटना मध्ये महिलाको संङ्ख्या ५९ रहेको छ । त्यसमा पनी बढि झुण्डि आत्माहत्या गर्नेको संख्या अझ बढि भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । शुक्रबार कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी तथ्याङ्क सार्वजनिक गरेको थियो । झुण्डि आत्माहत्या गर्नेको जम्मा संङ्ख्या ७१ भएकोमा महिला ४६ र पुरुषको संख्या २५ रहेको छ । त्यस्तै बिष सेवन गरि आत्महत्या गर्नेको जम्मा संख्या २१ भएकोमा महिला १३ र पुरुषको संख्या ८ रहेको छ ।
अधिकांश महिलाले आत्माहत्या गर्नुको कारण घरेलुहिंसा नै रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चर्तुवेदिले बताएका छन् । उनले भने ‘ सुर्खेत जिल्लामा भएको अधिकांश आत्माहत्याका घटना मध्ये महिलाको संख्या बढि छ । प्रहरी अनुसन्धानका आधारमा आत्माहत्याको संख्या महिलाको बढि हुनुमा घरेलुहिंसानै बढि भएको पाईएको छ । ’उनले थपे ‘ लागुपदार्थ सेवन गरी श्रीमान्ले विभिन्न मानशिक तनाव दिने तथा आर्थिक रुपमा पनी महिलालाई त्यति अधिकार नदिने भएकोले महिलाले आत्माहत्याको बाटो रोजेको हुनसक्छ ।’
सुर्खेत जिल्लामा आर्थीक वर्ष २०७४÷७५ मा हराएका महिलाको संख्या समेत बढि छ । एकवर्षमा २ सय ६ जना महिला हराएकोमा १ सय १३ महिला फेला परेको र बांकी ९३ जना महिला अझै वेपत्ता भएको जानकारी समेत जिल्ला प्रहरी कार्यालयले दिएको छ । त्यस्तै हराउनेमा बालक ७८ जना, बालीका ४३ जना गरी जम्मा एकवर्षमा हराउनेको संख्या ३ सय ३७ रहेको छ । हराएका महिला पनी घरेलुहिंसाकै कारण हराएको प्रहरी कार्यालयले बताएको छ ।
त्यस्तै सुर्खेत जिल्ला प्रहरी कार्यालयमा मानसिक यातनाका २ सय ७४ घटना यो आर्थिक वर्षमा दर्ता हुन आएका छन् । त्यस्तै मदिरा सेवन गरी शिरिरीक यातनाका घटना ८९, आर्थीक यातनाका घटना ९६ गरी जम्मा ४ सय ५९ वटा घटना घरेलुहिंसाका दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विभिन्न विद्यालय,सडक तथा महिला र सरोकारवालाहरु लाई सामाजीक अपराध न्युनीकरण र सडक दुर्घटना सम्बन्धि प्रशिक्षण समेत दिंदै आएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आर्थिक वर्ष २०७४÷७५ मा दर्ता भएका विभिन्न मुद्धा १३ सय ७६ रहेकोमा १ हजार ४६ वटा मुद्धा फर्छयौट भएको र ३ सय ३० मुद्धा बांकी रहेका छन् । बांकी रहेका ३ सय ३० मुद्धा पनी बाहिर गएर मेलमिलाप गर्ने र मुद्धा दर्ता गरिसकेपछि सम्पर्कमा नआउनाले भएको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?