© २०२३
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नम्बर ३ का एक वृद्ध मािथ छुरा प्रहार गर्नेलाई प्रहरीले पक्राउन गरि हिरासतमा लिएको छ । पाल्हीनन्दन गाउँपालका ३ पर्सीया गाउँ बस्ने ६५ बर्षिय सुब्बा अन्सारीलाई छुरा हानेर मोटरसाईकल खोस्ने प्रयास गरेका सोही वार्ड कुश्मा गाँउका २० बर्षिय नेसार पवरिया र १९ बर्षिय कृष्ण बहेलियालाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो ।
घाईते अंसारी आफनै बारीमा घाँस काटने क्रममा चक्कु प्रहार गरि घाईते बनाएको जाहेरी दरखास्त परे पछि प्रहरीले मुद्दा दर्ता उनिहरुलाई हिरासतमा लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ । पक्राउ परेका यि दुबै युवा लागु औषध प्रयोगकर्ता पनि रहेको स्थानियले बताएका छन् । यिनीहरु भारतको ठुठीबारीबाट लागु औषध खरिद गरि सेवन गर्ने र अरु युवालाई सेवन गर्न सिकाउने समेतको कार्य गर्दै आएको स्थानियले बताए । यता पिडित पक्षले यि युवाहरु बृद्ध अंसारीको ज्यान लिन कुनै अज्ञात समुहद्धारा प्रयोग गरिएको पनि हुन सक्ने शंका गरेका छन् । यिनीहरुलाई परिचालन गर्ने गिरोहको पत्ता लगाई कानुनी दायरामा ल्याउन माग समेत गरेका छन् ।जिल्लाको सिमावर्ति क्षेत्रमा लागु औषधको सेवन र ओसार पोसार बढदै जाँदा भने प्रहरी मौन बसेको पाईएको छ । यसरी समाजमा लागुऔषध दुव्र्यसनी विकराल रुपम लिदा त्यसको कारण समाजमा अपराधिक गतिविधि पनि बढन थालेको छ ।