ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

‘विद्यालयमा मेरो एक दिन’

२२ बैशाख २०७६, आईतवार
२२ बैशाख २०७६, आईतवार

विद्यालयको शैक्षिक सुधारका लागि उनले एक दिन दिए । दिनभर शिक्षक, कर्मचारी बुटवलको पुरानो विद्यालय बुटवल माध्यमिक विद्यालयमा जुटे । जुटाइमा शिक्षक उत्प्रेरणाका बिषय उठे, खेल खेलिए, क्रियाकलापहरु गरिए । खेल र क्रियाकलापहरु शिक्षा, बालबालिका, शिक्षक, अभिभावक र सिकाई सँग जोडिए । सिकाइका लागि विद्यार्थी मात्र उत्प्रेरित होइन शिक्षक पनि उत्प्रेरित हुनुपर्छ भन्ने सन्देश लिने दिने काम भयो ।
प्रदेश नं. ५ सरकारको सामाजिक विकास मन्त्रालयले आब्हानले यो अवसर जुटेको थियो । प्रदेश सरकारको आब्हानमा सरिक भएका थिए शिक्षाको क्षेत्रमा नाम सुनिने प्रशिक्षक उपेन्द्र अधिकारी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा घर भई पोखरालाई कर्मथलो बनाएका अधिकारी पनि प्रदेश सरकारको अभियानमा साथ दिए । शिक्षक उत्प्रेरणा कार्यक्रम नाम दिएर विद्यालयमा उपस्थित भएका अधिकारीले मुस्कान सहित बोल्नुस्, खुसीसँग सिकाउनुस् भन्दै थिए । तपाईहरुमा क्षमता छ, विश्वास छ, आँट छ तपाईले गरेर देखाउन सक्नुहुन्छ । विद्यालय सुधार गरेर उदाहरण प्रस्तुत गर्न सक्नुहुन्छ भन्दै उनले शिक्षकमा विश्वास भर्दै गए ।
बुटवलको सबैभन्दा पुरानो विद्यालय बुटवल माध्यमिक विद्यालय र तिलोत्तमा माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरु सहभागी भए । तालिममा वडा नं. १ का अध्यक्ष महेन्द्र लिगलले पनि साथ दिए । अध्यक्ष लिगले विद्यालय सुधारका लागि आफु लागिरहेको र विद्यालयको योजनामा आफु सँगै रहने प्रतिबद्दता जनाए । उनले प्रदेश सरकारको अभियान अन्तर्गत आफ्नो वडाको विद्यालयलाई छनोट गरी तालिम आयोजना गरेकोमा प्रशिक्षक अधिकारीप्रति आभार व्यक्त गरे ।
कार्यक्रमपछि बुटवल माविका प्रधानाध्यापक अकरमुल्लाह खाँले तालिमले शिक्षकमा हौसला र उतसाह थपेको प्रतिक्रिया दिए । त्यसैगरी तिलोत्तमा माविका प्रधानाध्यापक ईश्वरी रेग्मीले प्रोत्साहन र सहयोगका हातहरु अघि बढे सामुदायिक विद्यालय सुधार गर्नका लागि कठिन नभएको बताए ।
बिद्यालयका लागि मेरो एक दिन अभियान २०७५ भाद्र २३ गते ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रा्ष्ट्रिय साक्षरता दिवसको अवसरदेखि प्रदेश सरकार, प्रदेश नं ५, सामाजिक बिकास मन्त्रालयले शुरू गरेको सामुदायिक बिद्यालय सुधार अभियान हो । सरोकारवालाहरुको सामूहिक सहभागिताको माध्यमबाट सामुदायिक बिद्यालयहरुमा सुधार गर्न र यी बिद्यालयहरुमा रहेका विविध समस्या तथा मुद्दालाई उजागर गरी शैक्षिक सुधारको अभियानका लागि यो अभियानको सोच राखिएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
अभियानमा सामुदायिक बिद्यालयहरुमा जनप्रतिनिधिहरु‚राजनैतिक दल आबद्ध सामाजिक कार्यकर्ताहरु‚ बिश्वबिद्यालय तथा प्राबिधिक बिद्यालयका प्राध्यापकहरु तथा प्रशिक्षकहरु, सेवा निबृत कर्मचारीहरु‚ सुरक्षा निकायका कर्मचारीहरु‚ पत्रकारहरु, शिक्षाविद्, सरकारी निकायका कर्मचारीहरु सहभागी हुन सक्नेछन् । त्यसैगरी नागरिक समाज, समाजसेवी, खेलाडी, उद्योगी तथा व्यापारी, स्वास्थ्यकर्मी तथा अन्य पेशाकर्मीहरु‚ अभिभावकहरु एवम् सबै सरोकारवालाहरुले आ–आफ्नो दक्षता, बिज्ञता तथा गच्छे अनुसार विद्यालयमा शैक्षिक, भौतिक, आर्थिक र नैतिक पक्षमा स्वयमसेवी रुपमा योगदान गर्न सक्नेछन् । एक दिन बिद्यालयमा स्वयमसेवी रुपमा काम गर्न चाहने, सचेत तथा जागरुक स्वदेशी बिदेशी सबैले यो अभियानमा सहयोग गर्न सक्ने मन्त्रालयको भनाई छ ।
सामाजिक विकास मन्त्री सुदर्शन बरालको सोचबाट आब्हान गरिएको अभियान हो । अभियान अन्तर्गत विद्यालयहरुमा निम्नानुसारका क्रियाकलापहरु संचालन हुन सक्ने मन्त्रालयले जनाएको छ ।
क) विद्यालयमा आवश्यक परेमा योग्यता अनुसार पठनपाठन ।
ख) शिक्षणसंग सम्बन्धित सीपयुक्त अनुभव आदान प्रदान तथा नमूना पाठ प्रदर्शन ।
ग) विद्यालयसंग सम्बन्धित सरसफाई, मर्मत तथा निर्माण कार्य ।
घ) विद्यालयको समस्या र समाधान संग सम्बन्धित अन्तरकृया ।
ङ) विद्यालयलाई दान दातब्य तथा शैक्षिक सामग्री हस्तान्तरण ।
च) बिद्यार्थी भर्ना तथा टिकाउका लागि समुदाय स्तरमा सचेतना र उत्प्रेरणा ।
छ) शिक्षक तथा बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रोत्साहन दिने कृयाकलाप ।
ज) बिद्यालयलाई खेलकूद तथा अतिरिक्त कृयाकलाप सन्चालनका लागि सहयोग ।
झ) प्राबिधिक धारका बिद्यालयहरुमा प्रयोगात्मक सामग्री प्रदर्शन तथा वितरण ।
ञ) सामाजिक भेदभाव, घरेलु हिंसा, लागू पदार्थ दुब्र्यसन बिरुद्ध चेतनामूलक कार्यक्रम ।
ट) विपद ब्यबस्थापनमा पूर्व तैयारी कृयाकलापहरु ।
ठ) स्वास्थ्य, पोषण, खोप तथा जीवनपयोगी सीपहरुबारे जानकारी दिने कामहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?