ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

तरकारी नै मुख्य पेशा

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

यूवा अवस्थामै व्यवसायिक तरकारी खेतीमा लागेका झिमरुक गाउँपालिका–४ बांगेमरोठ बौडा प्यूठानका प्रेम पुन गाउँमै लाखौँका मालिक बनेका छन् । दश वर्ष अघिदेखि उनले बांगेफेदी बजार नजिक अठ्ठाइसेमा व्यवसायिक तरकारीखेती गरेका छन् । मौसमी तथा बेमौसमी खेती गरेर उनले वार्षिक करिव पाँचलाख रुपैयाँ बचत गर्ने गर्छन् ।
नौ रोपनी क्षेत्रफल जग्गामा पुनले तरकारी लगाएका छन् । हिजोआज उनको खेतमा खुर्सानी, भेडे खुर्सानी, टमाटर, भान्टा फलेका छन् । यसबाहेक बन्दा, काउली, आलु समेत उनले लगाउने गर्छन् । लामोसमयदेखि निरन्तर तरकारी खेतीमा लागेर उनी यस क्षेत्रकै नमुना यूवा किसानको रुपमा आफ्नो पहिचान बनाएका छन् । उत्पादित तरकारी अर्गानिक र ताजा हुने भएकाले धेरै ग्राहकहरु घरमै पुगेर तरकारी खरिद गर्ने गर्छन् । ‘विक्री गर्न समस्या छैन्’,पुनले भने,‘उत्पादन मात्र गर्नुपर्छ । बजारको चिन्तै हुँदैन् ।’ स्थानीय बांगेफेदी बजार सहित मच्छि, सौतामारे, अर्घाखाँचीको गोखुंगामा तरकारी पुग्ने गरेको उनले सुनाए ।
श्रीमती पवित्रा पुनले उनलाई सघाउने गर्छिन् । पुन दम्पतीको तरकारीबाट भएको सफलता देखेर गाउँलेहरु दंग पर्ने गरेका छन् । मेहनत गर्नसके घरमै राम्रो आम्दानीको प्रतिफल लिनसकिने उनीहरुले धेरै यूवाहरुलाई प्रेरणा दिएका छन् । स्नातक तह पढ्दै गरेका पुनले पढाइलाई निरन्तरता दिन नसकेपनि आफ्नो कर्मबाट खुसी भएको अनुभव सनाउछन् । ‘पढ्दापढ्दै तरकारी खेतीमा लागियो’,उनले भने,‘अझ धेरै क्षेत्रफल जग्गामा खेती विस्तार गर्ने सोँच बनाएको छु ।’ आफ्नो जीवन परिवर्तन गर्न व्यवसायिक तरकारी खेतीले धेरै मद्दत पुगेको उनले सुनाए । सँगैका धेरैजसो साथीहरु घरखर्च धान्नकै लागि वैदेशिक रोजगारमा पुगेको सुनाउदै उनले फर्केर व्यवसायिक खेतीमा लाग्न सुझाव दिएका छन् ।
३१ वर्षिय पुनले खेतमा टनेल बनाएर तरकारी खेती गरेका छन् । खेत नजिकै प्रशस्त पानी भएकाले पनि उनलाई सिंचाइ गर्न समस्या छैन् । जिल्ला कृषि विकास कार्यालय प्यूठानले दश प्रतिशत लगानीमा टनेल खरिदमा अनुदान दिएको उनले जानकारी गराए । पुनले तरकारीसँगै कुखुरापालन समेत गरेका छन् ।
जन्मघर बांगेमरोठको बौँडा भएपनि विगत दश वर्षदेखि उनी अठ्ठाइसेमा बसाई सरेका छन् । बेसी झरेदेखि नै पुन व्यवसायिक तरकारी खेतीमा लागेका हुन् । पुन दम्पतीको दैनिक विहान उठेदेखि साँझसम्म तरकारी बारीमै वित्ने गरेको छ । उर्जाशिल समय व्यवसायिक तरकारी खेतीमै विताएको अनुभव सुनाउँदै उनले बाकी जीवन यसैमा विताउने योजना बनाएका छन् । व्यवसायिक रुपमा लागेका किसानहरुलाई हौसला दिनेगरी स्थानीय सरकारले कार्यक्रमहरु ल्याउन पुनले सुझाव दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?