ट्रेंडिंग:

>> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै

पाँच बर्षमा सडक दोब्बर

२८ फाल्गुन २०७५, मंगलवार
२८ फाल्गुन २०७५, मंगलवार

प्रदेश नम्बर ५ सरकारले पाँच बर्षमा सडकको अवस्था सुधार गरी दोब्बर किलोमिटर सडक पु¥याउने योजना अगाडी सारेको छ । सडक यातायातलाई मध्यनजर गरी सरकारले दोब्बर पु¥याउने गरी योजना अगाडी बढाएको हो ।
प्रदेश नम्बर ५ को भौतिक पुर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता वैजनाथ चौधरीले सरकारको आवधिक योजना अनुसार सबै स्थानिय तहका मुकामहरुमा सहज रुपमा सडक यातायात पु¥याउने गरी सरकारले काम गरिरहेको जानकारी दिए ।
उनका अनुसार जिल्ला मुकामहरुमा समेत हाल पक्की(कालेपत्रो) बाटो नपुगेकोमा ५ बर्ष भित्र सबै जिल्ला मुकामहरुमा कालेपत्रो बाटो पु¥याउने योजना अगाडी बढाएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालयका अनुसार अहिले प्रदेश ५ का १२ वटा जिल्लामा कुल ८ सय किलोमिटर सडम मात्रै कालेपत्रो (पक्की) छ । प्रदेश सककराले अवको ५ बर्षमा २६ सय किलोमिटर बाटो कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
अहिले प्रदेश नम्बर ५ मा कुल ११ हजार किलोमिटर मात्रै बाटो रहेको छ । जुन कच्ची, पक्की ग्राभेल बाटोको लम्बाई हो । यसलाई ५ बर्षमा २२ हजार किलोमिटर अर्थात दोब्बर बनाउने लक्ष्य लिएको हो ।
मन्त्री वैजनाथ चौधरीले प्रदेशको बजेटको अभावको कारण पनि सोचेजस्तो गरी विकास गर्न नसकिएको बताउछन् । उनी भन्छन्–‘एक करोड रुपैयाँले एक किलोमिटर पनि बाटो बन्दैन, हामीसंग बजेटको सिमितता छ जसले गर्दा समस्या भएको हो । ’
प्रदेशमा कुल बजेट करिव २८ अरब रहेको छ । जसको कुल ४७ प्रतिशत भौतिक पुर्वाधार विकासमा लगानी गरिएको छ भने अन्य बजेट अन्य निकायहरुमा । ९÷१० अरवले ठोस विकास गर्न नसकीएको कारण केही समस्या भएपनि यसमा प्रदेश सरकरा लागिपरेको मन्त्री चौधरीको भनाई रहेको छ ।
तथ्याङ्क अनुसार २०७३ असारसम्म यस प्रदेशमा राष्ट्रिय र ग्रामीण सडक गरी करीब ११ हजार कि.मी. सडक रहेको छ । सडक उपलब्धताको हिसाबले चौथो धेरै सडकको लम्बाई भएको प्रदेशको रुपमा रहेको छ । सडकको घनत्व (१०० वर्ग कि.मी. क्षेत्रफलमा रहेको सडकको लम्बाई) को हिसावले यो तेस्रो स्थानमा आउँछ ।
यस प्रदेशका प्रायः सबै जिल्लामा सडक सञ्जालको विस्तार भएको छ । राष्ट्रिय र ग्रामीण सडक गरेर सवभन्दा बढी सडक लम्बाई १५५८ कि.मी पाल्पा जिल्लामा रहेको छ । तत्पश्चात गुल्मीमा १३६३ कि.मी., दाङ्गमा १२२५ कि.मी, कपिलबस्तुमा ११७७ कि.मी. सडक रहेको छ । सडकको घनत्व ( १०० वर्ग कि.मी. क्षेत्रफलमा रहेको सडकको लम्बाई) लाई हेर्दा गुल्मी र पाल्पा सबैभन्दा अगाडि छन् भने पूर्वी रुकुम र बाँके सबभन्दा पडाडि रहेका छन् ।
राष्ट्रिय सडकको लम्बाईको हिसाबले दाङ्ग (३६६ कि.मी.), पाल्पा (२४९ कि.मी.), कपिलबस्तु (२३३ कि.मी.) र बाँके (२१६ कि.मी.) अगाडि छन् भने पूर्वी रुकुम ( ७९ कि.मी.) र प्यूठान (१६९ कि.मी.) अलि पछाडि रहेका छन्। गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा, पूर्वी रुकुम र बर्दियाका प्रायः सबै ग्रामीण सडक कच्ची रहेका छन् । सबैभन्दा धेरै रुपन्देहीका ३५ प्रतिशत ग्रामीण सडक पक्की छन् भने दोस्रो स्थानमा नवलपरासीका ११ प्रतिशत ग्रामीण सडक पक्की रहेका छन् ।
प्रदेश सरकारले स्थानीय तहको मुकामसम्म सडक र्पुयाउन योजना बनाएको छ । स्थानीय तह पहुँच मार्गका नाममा ३० वटै स्थानीय तहका मुकामलाई जिल्ला तहका सडकमा जोडिनेछ । यसका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
स्थानीय तह जोड्न सडकअनुसार ७५ हजारदेखि २ करोड ५० लाख रुपैयाँसम्म बजेट छ । स्थानीय तहको मुकाम जिल्ला तहको सडकसम्म जोड्ने पहुँच मार्ग १ देखि ३० किलोमिटरको दूरीसम्का छन् । १० किलोमिटर दूरीसम्मका सडकलाई चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य छ । अन्य सडकमा भने आगामी वर्षसमेत काम हुनेछ ।
प्रदेशले गत वर्ष सार्वजनिक गरेको स्थितिपत्र अनुसार यस प्रदेशमा राष्ट्रिय र ग्रामीण सडक गरी करिब ११ हजार किलोमिटर सडक रहेको छ । सडक उपलब्धताका हिसाबले प्रदेश ५ चौथो नम्बरमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?