ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

उद्योगको पानीले माछा सखाप

५ श्रावण २०७५, शनिबार
५ श्रावण २०७५, शनिबार

रामग्राम नगरपालिका १० स्थित पेप्सी कम्पनीले उद्योगको रसायनयुतm फोहोर पानी बगाउदा स्थानियबासीले पालन गरेको माछा मरेका छन् । नगरपालिकासंग भाडामा लिई विगत पाँच बर्ष देखी स्थानिय घोलमा माछा पालन गर्दै आएकामा अहिले हालै स्थापना भएको पेप्सीले उतm घोलमा रसायनयुतm पानी बगाउन थाले पछि घोलमा पालन गरिएको माछासंगै वरिपरिका बालीनालीमा समेत असर पार्न थाले पछि स्थानिय आक्रोसित समेत बनेका हुन् ।
उद्योगको प्रदुषित पानी खोलामा बगाउने कार्य रोक्न माग गर्दै उनिहरुले उद्योग विरुद्ध प्रदर्शन समेत गरेका थिए । अहिले पेप्सी उद्योगबाट क्षतिपुर्ति भराउनका लागि स्थानिय किसानले नगरपालिकाको न्यायिक समितिमा उजुरी समेत दर्ता गराएका छन् । तर नगरपालिकाले उद्योग ब्यवस्थापन पक्षलाई नगरपालिकामा उपस्थित हुन पत्राचार गरे पछि उद्योग ब्यवस्थापन अटेरी गर्दै आएको छ । उद्योग स्थापना भए देखी स्थानियबासी र उद्योग ब्यवस्थापन बिच द्धन्द्ध हुदै आएको छ । जिल्ला प्रशासनको आडमा उद्योगले स्थानियबासी माथि मनपरी गर्दै आएको गुनासो स्थानिय किसान महेन्द्र चौधरीले बताए । शुरुमा नगरपालिकाले उद्योग सञ्चालन गर्न दिनुस समस्या आए हामीलाई भन्नुस भनेको थियो, चौधरीले भने, अहिले उद्योगको प्रदुषणले पालन गरेको माछा मरे,नगरपालिकालाई समेत उद्योग ब्यवस्थापनले टेरेको छैन् । उद्योगको मनपरी अब हामी सहने छैनौ, उनले चेतावनी दिदै भने, नगरपालिकाले क्षतिपुर्ति तिराउन सक्छ भने तिराउन पर्यो, होइन भने हामी उद्योग विरुद्ध आन्दोलनमा उत्रिने छौ ।
प्रशासनलाई हातमा लिएर उद्योगले कसरी उद्योग चलाउछ,त्यसबारे पनि हामी हेर्छौ । प्रशासनमा काम गर्ने प्रशासक कर्मचारी पनि जनताकै करबाट तलब भत्ता खाने अहिले आएर उद्योगको सुरक्षा पहिले गर्ने र स्थानिय किसानको समस्यालाई नहेर्ने ? अति भयो भन्ने स्थानिय प्रशासन विरुद्ध पनि जनता उत्रिन बाध्य हुने उनको चेतावनी थियो । चौधरीका अनुसार घोलमा दुई महिना पहिला १९ हजार समान्य फिगँर आकारको माछाका भुरा र २ किलोग्राम समान्य भुरा हालिएको थियो । माछा हुर्किदै गएका थिए । लाखौको माछा पेप्सीले बगाएको पानीका कारण मरेका छन् । करिब डेढ किलो मिटर लामो उतm घोलमा माछा पालन गरेर सयौ मान्छेले आयआर्जन तथा रोजगारी गर्दै आएका थिए । नगरपालिकाले घोलालाई ठेक्कामा लगाएर राजस्व समेत संकलन गर्दै आएको छ । तर राजस्व असुल्ने नगरपालिकाले अहिले किसानलाई न्याय दिलाउन नसकेकोमा उनले नैरास्यता प्रकट गरेका थिए ।
यता नगरपालिकाकी न्यायिक समितिका अध्यक्ष समेत रहेकी उपमेयर रम्भा कुवँरले आफुले किसानको समस्यालाई लिएर उद्योग ब्यवस्थापनलाई छलफलका लागि नगरपालिकामा बोलाएको तर उद्योग ब्यवस्थानले वेवास्ता गर्दै आएको सुनाईन् । उद्योगको यो गैरजिम्मेवारी कार्य हो, उनले भनिन्,उद्योगलाई समस्या पर्दा तुरन्त नगरपालिकामा आउने उद्योगका कर्मचारी अहिले उद्योगबाट जनता पिडित हुदा आउन मानेको छैन् । आएन भने आफुले पिडितपक्षलाई न्यायका लागि अदालतमा लेखी पठाउने जानकारी गराईन् । उद्योग सुरक्षाको जिम्मेवारी स्थानिय प्रशासनको हो,पछि उद्योग विरुद्ध स्थानियबासी उठे स्थानिय प्रशासनले जिम्मेवारी लिईनु पर्ने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?