© २०२३
मिर्मिरे उज्यालोसंगै घोराही उप महानगरपालीका १५ काठेकोहलमा भेटिएका किसान गन्धर्वको गितले वाटो हिड्ने सवैको मन छोयो । वाटो हिडिरहेका सवैले एकपटक टक्क अडिएर उनलाई हेरे र उनी भएतिरै तानीए । उमेरले ४० काटेका किसानले बजाएको सारंगीको धुन र ताल संगै उनले गाएको गितको सवैले प्रसंसा पनि गरे ।
घोराही उप महानगरपालिका १२ नयाँ बस्तिका किसान गन्धर्वको सारंगी वजाउने र गाउने कलाको सवैले मुक्तकण्ठले प्रसंसा गर्दै पुनः अर्को गित गाउन पनि अनुरोध गरे । समाजमा हुने बिभिन्न घटनालाई पनि उनले गीतमा उतारेर गाउदा सवैका आँखा रसाएका थिए । “धेरै जस्तो पुराना कालजयी गितहरु गाउने गरेको छु, सवैले त्यस्तै राम्रो मान्छन्” गन्धर्वले भने । सातवर्षको उमेरमा पढ्न विद्यालय जादै गरेका किसानलाई उनको वुवाले पिटेर सारङगी थमाईदिएको संझना गर्दै किसानले पढ्न नपाएकोमा भने पछुतो माने । “भर्खर विद्यालय जादै थिए वुवाले दुई झापट हानेर यो वजाउन सीक पेटभर खान पाउलास् भन्नु भयो” किसानले भने । त्यसपछि उनी भागेर भारतको हिमाञ्चल पुगेर लेवर काम गरेको बताउछन् । त्यहि वस्दा उनले सारंगी र मादल वजाउन सीके । यता उनको बाबा भने दिनभरी गाँउ तथा वजारका घरघरमा सारङ्गी रेटेर गितगाँउदै पाएको पैसाले साँझ विहानको छाक टार्ने गरेको उनले बताए । सारङ्गीको तालमा गित गाउन र मादल पनि वजाउन सीकेका उनलाई काठमाण्डौमा धेरै कमाई हुन्छ भन्ने लागेर राजधानी छिरे ।
नौलो शहरमा उनको चिनजानको कोही थिएन थियो त केवल एउटा सारंगी मात्र । त्यसपछि उनले घरघरमा गएर पुराना गित गाउन थालेको बताउछन् । “काठमाण्डौमा गाईनेदाई आयो भनेर सवैले राम्रो मान्छन् घरमा भएका सवै पैसा र सीदा पनि दिन्छन्” किसानले भने । विस्तारै उनले रोधि घरमा वाद्यवादनको काम पनि गर्न थालेका छन् । अहिले उनी गाईने दाईले सारंगी वजाउदा आनन्द आउछ भन्नेहरु पनि उनले धेरै भेटेको बताउछन् । अहिले सारंगी वजाउनेहरु घट्दै गैरहेको बजाउनेको माग पनि धेरै भएको उनले जानकारी दिए । गन्धर्व जातिका धेरैलाई सारंगी वजाउन आउदैन, अलिअलि पढेलेखेको जमातले घरघर हिडेर माग्दै हिड्न लाज मानेका कारण पनि यो पेशा संकटमा पर्दै गएको हो भन्छन् किसान गन्धर्व । किसानले काठमाण्डौका विवाहको रत्यौली कार्यक्रम, रोधिघर तथा ठुलाठालुका घरमा पनि गित गाउन जाने गरेका छन् । उनले सारंगी वजाउदै गित गाएर मासीक रुपमा २० देखी ३० हजार सम्म कमाउने गरेको बताए ।
गितलाई सारङ्गीको तालमा लयबद्ध गर्दै गाउदै साँझ विहानको छाक टार्ने गन्दर्भ जातीका गाईनेहरु आजभोली कमै मात्र देखीन्छन् । पुराना पुराना लोक भाकाहरुलाई सारङ्गीको धुनमा लयहालेर गाँउदै हिड्ने गाईनेले गाउन छोड्दा पुराना भाकाहरु पनि लोपहुन लागेको सरोकारवालाहरु बताउछन् । जसका कारण पुराना गीत संगित समेत ओझेलमा पछ्र्रन कि भन्ने धेरैले आशंका समेत गरेका छन् । समाजमा घटिरहेको घटनालाई गितमा लयवद्ध गर्न सीपालु गन्दर्भ जातीका गाईनेहरुलाई संरक्षण गर्न जरुरी देखीन्छ ।