ट्रेंडिंग:

>> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा

ग्रेडर हाक्दै अनिता

२४ माघ २०७५, बिहीबार
२४ माघ २०७५, बिहीबार

सुरु सुरुमा त यति ठुलो मेसीन चलाउन सकिएला जस्तो उनीलाई नै ालागेको थिएन । तर सिक्दै गर्दा उनी अहिले निपुण भै सकेकी छिन् । उनले ग्रेडर मेसीन चलाउन थालेको एक वर्ष भइसकेको छ । उनि हुन ठाकुरवावा नगरपालीका ३ बर्दियाकी २० बर्षिय अनिता चौधरी । अहिले उनको दैनिकी ग्रेडर मेसीन चलाउनमै बित्छ ।
“पढ्ने समयमा पनि केही नयाँ काम गर्नुपर्छ भन्ने मलाई लाग्दथ्यो त्यै भएर यो काम सीकेकी हुँ” अनिताले भनिन् । अहिले मेसीन चलाएर काम गर्दा उनलाई केही समस्या छैन । सडक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीमा आवद्ध भएर उनले काम गरीरहेकी छिन् । मेसीनको अपरेटर गर्दा पाईने तलवले जीवन निर्वाह गर्न सकिने भएकोले पनि यो पेशा राम्रो लागेको अनिता बताउँछिन् । निर्माण कम्पनीका सरहरुले पनि हौसला दिनुहुन्छ, राम्रो गर्दै जाउ भन्नुहुन्छ त्यसले गर्दापनि कामगर्ने उत्साह जागेको उनले बताईन् । ग्रेडर मेसीन चलाउदा राम्रो सिपको आवश्यक्ता पर्ने अनिताले बताईन् । एउटै मेसीनले धेरै कामहरु गर्ने भएकोले सिपालु अपरेटरको माग धेरै रहेको अनिता बताउँछिन् । अनिताले सडक निर्माण गर्दा सडकमा गरेको काम धेरै राम्रो रहेको निर्माण कम्पनीका कुलबहादुर वलीले बताए । “सुरुमा त भर्खरकी केटी रहर मात्रै गरेकी होली भन्ने लागेको थियो तर उनको कामले हामी निकै खुशी छौ” वलीले भने ।
साविकको बग्नाहा गाविस ९ मा जन्मेकी अनिताले कक्षा १० सम्मको अध्ययन गाँउकै श्री चुरे माध्यामिक विद्यालयमा गरेको बताउँछिन् । निम्न मध्यम बर्गीय परीवारमा जन्मेकी अनितालाई सानैदेखी केही नौलो काम गर्नुपर्छ भन्ने लाग्दथ्यो । “परीवार अलि ठुलो भएका कारण पढ्नको लागि घरको कामसकेर विद्यालय जानुपथ्र्यो” अनिताले भनिन् । त्यसो गर्दागर्दै एसएलसी सकेर उनी उच्च शिक्षाका लागी बाँकेको कोहलपुर आईन् र कोहलपुरको बागेश्वरी स्कुलमा भर्ना भईन् । त्यहाँवाट कक्षा १२ सकेर स्नातकको पढाईका लागि तयारी गरीरहेको वेला उनलाई आफ्नो पढाई खर्च जुटाउनु पर्ने भयो । त्यतिवेला सम्म उनको दिदिको विहे भैसकेको थियो । अनिताका भिनाजुले ग्रेडर मेसीन चलाउथे । नेपालमा ड्राईभरको पेशामा सबैभन्दा धेरै तलव ग्रेडर मेसीन चलाउदा पाईन्छ भनेर थाहा पाएकी अनितालाई यो मेसीन चलाउन पाए हुन्थ्यो भन्ने लाग्यो । उनले भिनाजु मक्कुराम थारुलाई यो प्रस्ताव राखिन् ।
सुरुमा त मक्कुरामलाई पनि उनको कुरा विश्वास लागेन रे । तर अनिताको जिद्धि बानिको अगाडी मक्कुरामको पनि केही लागेन । त्यसपछि अनिता भिनाजुको पछि लागेर दाङ आईन् । २० वर्ष देखी ग्रेडर मेसीन चलाउदै आएका गुरु त्यसमा पनि आफ्नै भिनाजु पाएपछि अनितालाई सिक्न पनि कुनै समस्या भएन । अनीताले एक पटक सीकाएको कुरा छिट्टै टिप्ने भएकोले सीकाउन समस्या नभएको मक्कुरामले बताए । “पढे लेखेकोले होला उनलाई सिकाउदा खासै समस्या भएन, सजिलै संग छिट्टै सिकिन्” मक्कुरामले भने । अन्य मेसीनहरुमा तिनवटा पाटपुर्जा चलाउनुपर्ने हुन्छ भने ग्रेडर मेसीन चलाउदा दशवटा पाटपुर्जा चलाउनुपर्ने हुन्छ । ति पाटपुर्जालाई उनले सजिलैसंग चलाउदै सडक निर्माणको काममा लागेको पनि एकवर्ष भैसक्यो । “यही पेशा अंगालीयो, यसमै खुशी छु” अनिताले भनिन् । सडकमा काम गरीरहदा ओहोर दोहोर गर्ने मानिसहरुले एकछिन रोकिएर मेसीन चलाएको हेर्ने गरेको उनको अनुभव छ ।
साना तिना मेसीनहरु महिलाले चलाउदै आएपनि यति ठुलो मेसीनको अपेटर गर्ने महिला नेपालमै उनी पहिलो हुन् । गतवर्ष देखी उनले जलजला निर्माण कम्पनी प्रालीको मेसीन चलाउदै निर्माणका कामहरु गर्दै आईरहेकी छिन् । मदन भण्डारी राजमार्ग अन्र्तगत घोराही मुर्कुटी सडकखण्डको कमिरेचौर क्षेत्रमा उनले काम गरीरहेको देख्न सकिन्छ । उक्त बाटोमा आवत जावत गर्नेहरुले उनको कामको प्रसंशा गरीरहेका हुन्छन् भने अनले कामगरीरहेको स्थानमा हेर्नेहरुको पनि भिड लागेको हुन्छ । “भर्खरकी युवतीले यसरी यतिठुलो मेसीन चलाएको देख्दा खुशी लाग्यो” सोही बाटो भएर मुर्कुटि जादै गरेका विष्णुराम आचार्यले भने । शहरबजारमा पुरुष बरावरको स्थान खोज्ने महिलाहरुले अनिताबाट पाठ सिक्नु जरुरी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?