ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

दाङमा एक वर्षमा भए आठ सय बढी विपदजन्य घटना

५ बैशाख २०८०, मंगलवार
५ बैशाख २०८०, मंगलवार

दाङ, ५ बैशाख ।

दाङमा वितेको १२ महिनामा विपदजन्य घटना भई ठूलो क्षति भएको छ । जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र दाङका अनुसार, आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङ आदि कारणले आठ सय बढी विपदजन्य घटना भएको छ ।

जिल्लामा भएको विपदजन्य घटनाका कारण ४ हजार २ सय ३७ परिवार विस्थापित हुन पुगेको जिल्ला विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए । “जिल्लामा विपदका घटना सकेसम्म न्यूनीकरणको प्रयास भईरहेको छ, यसका लागि सबै पालिकाहरुमा भइरहेका प्रयासका बारेमा जानकारी लिने र थप तयारीमा जुट्न अपिल गरेका छौँ”–प्रमुख जिल्ला अधिकारी वैद्यले भने, “जिल्लाको भूगोल ठूलो छ, गाउँपालिकाहरुले अपेक्षाकृत तयारी कम गरेको पाईएको छ, त्यसका लागि सचेत गराउने काम भएको छ ।”

उनले जिल्लामा कुनै पनि दुर्घटना सकेसम्म कम होस् भन्नका लागि सरोकारवालाहरुसँग आवश्यक समन्वय गरी पूर्व तयारीका कार्यक्रम, सचेतनामूलक अभियान पनि चलाउँदै आएको बताए । “हामीले दश वटै पालिकाहरुमा कसरी काम भईरहेको छ भनेर जानकारी लिने गरेका छौँ, प्रयास राम्रो भए निरन्तरता दिन भनेका छौँ”, उनले भने, “अपेक्षा अनुसार उपलब्धि नभए कारण पहिचान गर्दै गम्भीरतापूर्वक लाग्न लगाएका छौँ ।”

जिल्लाको उपमहानगरपालिका, नगरपालिकाले विपदजन्य घटना न्यूनीकरणका लागि पूर्व तयारी गरेपनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताए । “पालिकास्तरमा सरोकारवालाहरुसँग समन्वय गरेर विपद पूर्व तयारी गर्न भन्दै आएका छौँ, केही ठाउँमा भएको पनि छ तर, उपमहानगरपालिका र गाउँपालिकास्तरमा विपदपूर्व तयारी फितलो भएको पाईएको छ, तयारीमा चाँडो जुट्न सचेत गराएका छौँ”, उनले भने ।

दाङमा हालसम्म भारी वर्षा र आगलागीका कारण क्षति भएको जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिए । विपदका कारण करोडौँको भौतिक तथा आर्थिक क्षति पनि भएको छ । विपदमा परेर थुप्रै परिवार विस्थापित भएका छन् । उनका अनुसार, जिल्लामा १२ महिनाको अबधिसम्म ८ सय ३७ वटा विपदजन्य घटना भएका छन् । उनले बैशाखदेखि चैत २३ गतेसम्म आगलागीका ५८ वटा घटना भएको बताए । बैशाखमा १९ वटा, जेठमा ३ वटा, साउनमा ३ वटा, भदौमा २ वटा, असोजमा १ वटा, कात्तिकमा ३ वटा, मंसिरमा ५ वटा र चैतमा ३ वटा आगलागीका घटना हुँदा सयौँ परिवार बिस्थापित भएका छन् । आगलागीमा परेर मानवीय क्षति भने भएको छैन ।

दाङमा आएको भारी वर्षाले सबैभन्दा बढी क्षति भएको छ । उनका अनुसार, भारी वर्षाका कारण असारमा ४, साउनमा ३, भदौमा ३८, असोजमा ३ सय ८६, कात्तिकमा ५ वटा घटना भएका छन् । बाढीपहिरोका ३ सय ७ वटा घटना भएका छन् । जिल्लामा हालसम्म चट्याङका ६ वटा घटना भएका छन् ।

जिल्लामा सर्पदंशका ३ वटा घटना तथा भूकम्पका २ वटा घटना भएका छन् । करेन्ट लागेर ६ वटा, पानीमा डुबेर तथा बगाएर १२ वटा घटना भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रको तथ्यांकमा उल्लेख छ । जिल्लामा एक वर्षको अबधिमा विभिन्न प्रकृतिका विपदजन्य घटनाका कारण करीव १९ करोड ५० लाख ५८ हजार बराबरको आर्थिक क्षति भएको छ ।

यसैबीच, जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गर्मी मौसम शुरु भएको हुँदा आगलागीका घटनाहरु हुने सम्भावनालाई मध्यनजर गर्दै जोखिमबाट बच्न, बचाउन तथा नियन्त्रणका लागि पूर्व तयारी स्वरुप पालिका स्तरमा विभिन्न गतिविधिहरु संचालन गर्ने निर्णय गरेको छ ।

विपद व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको अध्यक्षतमा बसेको पालिका स्रोतका फोकल पर्सनहरु बीचको बैठकले पालिकाका सबै वडा क्षेत्रहरुमा आगलागी तथा वन डढेलोका घटना भएमा तत्कालै स्थानीय आपतकालीन कार्य संचालन केन्द्रहरुले जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा सूचना दिई नजिकका सुरक्षा निकायसंग समन्वय गरी नियन्त्रण गर्ने निर्णय गरेको छ ।

बैठकले पालिकामा रहेका दमकल, साथै अग्नि नियन्त्रणका सामग्रीहरु तयारी अवस्थामा राख्ने र उद्दारमा प्रयोग हुने सामग्रीहरुको अभिलेख अध्यावधिक गरी जिल्ला आपतकालीन कार्य संचालन केन्द्रमा पठाउने निर्णय गरेको छ । गर्मी मौसम शुरु भएसँगै केही दिनयता जिल्लामा आगलागीको जोखिम बढेको छ । जिल्लाको पश्चिम दाङ, देउखुरी क्षेत्रका सामुदायिक वन तथा सार्वजनिक स्थलमा आगलागीका घटना भईरहेका छन् । वन डढेलो नियन्त्रण तथा रोकथामका लागि डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वन समुहलगायतको सक्रियता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?