ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

मधेशी समुदायमा उठेको आवाज

२८ पुष २०७५, शनिबार
२८ पुष २०७५, शनिबार

समय सधै एकैनाश हुदैन । कतिबेला कसरी समयले कहाँबाट कहाँ पु¥याउछ भन्ने सायद कसैलाई थाहा हुदैन । यो भनाई हो पत्रकार सोना खटिकको ।
कालो वर्ण, पातलो शरिर, हिस्सी परेकी सोनाले कपिलबस्तुमा लामो समयदेखि पत्रकारिता गरिरहेकी छिन् । कपिलबस्तुको बुद्धभुमि नगरपालिका ९ मा वुवा रामलखन खटिक र आमा सुमित्रा खटिकको कान्छी छोरीको रुपमा जन्मिएकी खटिक खरो स्वाभावकी छिन् । समाजमा हुुने गरेका अन्यायले सानैबाट मन पोल्थ्यो उनको । खटिकको त्यहि पोलाईले नै उनलाई पत्रकारितामा डो¥यायो ।
मधेशी समुदाय त्यसमाथि पनि दलित परिवार । समय आजको जस्तो थिएन । आर्थिक अवस्था अत्यन्त कमजोर त्यसले पनि परिवारमा समस्या थपेको थियो । जसोतसो वुवा आमाले मजदुरी गरेर चार छोराछोरीलाई पालेका थिए खटिक भन्छिन् । विगत सम्झदा अत्यन्त पिडा महसुस हुन्छ । वुवाले गाँउका धनी माहजनहरुका गाईवस्तु चराउने काम लामो समयसम्म गर्नुभयो ।
तर पनि आफना छोरा छोरीलाई पढाउनु पर्छ भन्ने अटोट थियो । धेरै बाधाहरु आए तर पनि वुवा हामीलाई पढाउन पछि हट्नु भएन । त्यसैको फल हो आज म यो स्थानमा छु । भर्खरै कक्षा १२ परिक्षा सकेर बसेकी थिए, यो कुरा २०६५ सालको हो । कपिलबस्तुमा रेडियो कपिलबस्तुले आफ्नो स्थापनाकालमै पत्रकारिता तालिमको आयोजना गरेको थियो । त्यसबेला मेरो साथी सरिता थारुले मलाई यो खबर दिईन । उनैको साथमा म पनि तालिममा सहभागी हुने सोच बनाए तर पैसा थिएन । २ हजार रुपिया बुझाउनु पर्ने थियो । त्यसबेला मलाई सरिताको दाईले दुई हजार रुपियाँ दिनुभयो । त्यो पैसा नै मेरो जीवनलाई यहाँ पु¥याउने महत्वपुर्ण पैसा थियो । यदि दाईले सहयोग नगर्नु भएको भए साहेद म कहाँ हुनेथिए थाहा छैन ।
मेरा वुवा आमाले हाम्रा लागि धेरै ठुलो संघर्ष गर्नु भएको छ । अरु घरमा काम गरेर जिवोकोपार्जन गर्नुको विकल्प थिएन । मैले पढ्दा छोरीलाई पढाएर के गर्न खोजेको भन्नेहरु पनि प्रसस्तै थिए ।
तर मैले छोरीले पनि गर्न सक्छन् भन्ने सन्देश अहिले मेरो परिवार आफन्त र मेरो बस्तीमा दिन सकेकी छु । यसले मलाई आत्म सन्तुष्टि मिलेको छ ।
त्यसबेला हामी गरिवका छोरा छोरी विद्यालय जादा साहुहरुले वुवा आमालाई ‘तेरा छोराछोरी स्कुल गएपछि कसले चराउँछ हाम्रा बस्तुभाउ ? कसले गर्छ हाम्रा काम ? ’यस्ता धम्कीहरु धेरै पटक सहे । त्यसबेला मेरा वुवा आमाको पनि बाल बिबाह भएको हो । वुवाले साहुका बस्तुभाउ चराउने देखि चौकीदारी गर्नुहुन्थ्यो । त्यसबापत वुवालाई प्रत्येक घरले वर्षको चार किलो चामल र एक मुठा धान दिने गरेका थिए । आमाले चार जना साहुको घरमा काम गर्नुहुथ्यो ।
खटिक मधेशी समुदाय त्यसमाथि दलित भनेर आफुहरुले समाजमा धेरै अन्याय सहनु परेको थियो । उनी भन्छिन् हाम्रो जनसंख्या करिव पाँच सय हाराहारी छ । खटिक जात बाँके, कपिलवस्तु र रूपन्देहीमा अलि बढी भेटिने गरेको बताईन ।
उनी भन्छिन् हाम्रो समुदायमा रेडियोमा बोल्ने पहिलो खटिक हु जस्तो लाग्छ । उनी पत्रकारिता गर्दे अहिले मिडिया टेक्नोलोजीमा स्नातकोत्तर गर्दैछिन । उनले बरकलपुरस्थित जनकल्याण माध्यमिक विद्यालयबाट एस एल सी पास गरेकी हुन् ।
त्यसबेला विद्यालय जानु पढ्नु उनका लागि ठुलो युद्ध जिते जस्तो हुन्थियो । विद्यालयमा पनि दलित समुदायको भनेर गर्ने व्यवहार पनि फरक थियो त्यसबेला । उनि विगत सम्झदै भनिन त्यसबेला शिक्षकले पिट्दा म बिहोस सम्म भए तर पनि पढ्नमा हारिन ।
उनी भन्छिन् कक्षा १० पुग्दा सम्म नयाँ लुगा लगाएको सम्झना छैन । त्यो हाम्रो परिवारको बाध्यता थियो । त्यस लगतै मैले म भन्दा सानो कक्षामा पढ्नेहरुलाई ट्यूसन पढन शुरु गरे । केहि समय पछि मलाई गाँउलेहरुले एक महिनाको २ सय ५० रुपिया दिन थाले ट्यूसन पढाए बापत । त्यो मेरो जीवनको पहिलो कमाई थियो । त्यसपछि बल्ल नयाँ कपडा लगाएको हो मैले ।
रेडियो कपिलबस्तुमा दुई महिना स्वयंसेवा गरेपछि मासिक दुई हजार रुपैयाँ पाउने पाएको हु मैले । यो कुरा हो २०६६ सालको । मैले त्यसबेला थारू र अवधीमा समाचार पढ्न शुरु गरेकी थिए । त्यसै गरी रेडियोको व्यवस्थापन पनि हेर्न गर्दथे । अहिले म यो रेडियोको स्टेशन प्रमुखको रुपमा कार्यरत छु । समाचार पढ्न थालेको सात वर्षपछि रेडियो स्टेसन प्रमुख भएकी हु । पढाई र काम दुबै मेरा लागि महत्वपुर्ण छन् । त्यो सँगै बालविवाह अन्त्यका लागि म लागि परेकी छु । मेरो दिदीको बालविवाह भएको हो । हामी गरिव दाईजो दिन सकेनौ । दिदी पनि बालविवाहको मारमा पर्नु भएको छ । त्यसैले गाँउमा बालविवाह बिरुद्ध मेरो आवाज सधै उठ्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?