ट्रेंडिंग:

>> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’

पढाइकै पिरलो !

१८ पुष २०७५, बुधबार
१८ पुष २०७५, बुधबार

 

दिउँसोको १ बजेको थियो । ‘हाप छुट्टी’ को समय । सवै विद्यार्थी तितरवितर थिए । कोही भलिवल खेल्दै थिए । कतिपय तीन÷चार जनाको समूह बनाएर गफिदै थिए । एक घण्टाको समय विद्यार्थीका लागि ‘रिफ्रेस’ गर्न छुट्टाइएको हुन्छ । तर, कक्षा १० मा अध्ययनरत चारजना छात्राहरु एक घण्टाको पुरै समय यत्तिकै खेल फाल्दैनन् । चिसोको कारण उनीहरु बाहिरको प्राङगणमा बेन्च राखेर विज्ञान विषयको गृहकार्य गरिरहेका देखिन्थे । नजिकै विद्यार्थीहरु होहोल्ला गरेपनि उनीहरुलाई त्यसले कुनै असर गरेको थिएन ।
झिमरुक गाउँपालिका–४ बांगेफेदी स्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने चारजना छात्राहरुलाई खेल्नेभन्दा पनि पढ्नमै धेरै चिन्तित हुन्छन् । माध्यमिक शिक्षा परीक्षा(एसइइ) नजिकिँदै छ । यसैको तयारीमा उनीहरु जुटेका हुन् । एउटै उमेरका भगवता विक, रञ्जु पौडेल, अनिता जिसी र गिता रोका सँगै बसेर खाली समयमा पनि पढिरहेका हुन्छन् । थोरै समयमात्र उनीहरु मनोरञ्जनका लागि छुट्याएका हुन्छन् । धेरै समय पढाइकै तयारीमा लाग्छन् । कक्षा नौ बाट दशमा जाँदा तेस्रो स्थानमा आएकी रञ्जु पौडेल एसइइमा ‘ए’ ग्रेड ल्याउने लक्ष्यका साथ तयारीमा जुटेकी छिन् । ‘पोहोरसाल ७७ प्रतिशत आएको थियो’,उनी भन्छिन्,‘अतिरिक्त कक्षा पनि लिएकी छु ।’
कक्षा १० मा २८ छात्रा र १६ छात्र गरी ४४ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कर्ण बहादुर जिसीले जानकारी गराए । ‘चारजना छात्राहरु अनुशासित विद्यार्थीमा पर्छन्’,जिसीले भने,‘सवै विद्यार्थी अनुशासित छन् । तर, उनीहरु अझ राम्रा विद्यार्थीमा पर्छन् ।’ एसइइमा जिल्लामै राम्रो अंक ल्याउने उद्देश्यका साथ विद्यालयले कक्षा १० का विद्यार्थीलाई ‘आवशिय’ रुपमा राखेको उनले जानकारी गराए । यस विद्यालयमा झिमरुक गाउँपालिका वडा नम्वर ४ मा रहेका बांगे, काउछे, टिमिलडाँडा, हरिय, गोलखाडा, सुमन्तेकाना, बौडा, उर्लेनी लगाएत गाउँबाट विद्यार्थीहरु अध्ययन गर्दछन् । बालविकास सहित ३ सय २१ विद्यार्थीहरु अध्ययनरत रहेको प्रधानाध्यापक जिसीले बताए । मावीमा शुन्य दरवन्दीमै संचालन भइरहेको उक्त विद्यालयले ०६९ सालको एसएलसी परीक्षामा जिल्लामै प्रथम स्थान ल्याएको थियो । ०७४ सालको एसइइमा चौथो स्थान आएको विद्यालय प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?