ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

दाङ र बुटवलमा बिद्युतिय बस चलाउछौः मुख्यमन्त्री पोख्रेल

१६ पुष २०७५, सोमबार
१६ पुष २०७५, सोमबार

प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङ र बुटवलमा आउदो आर्थिक बर्षदेखि बिद्युतिय बस सञ्चालन गर्ने बताएका छन् । आईतबार तुलसीपुर उप महानगरपालिकाले आयोजना गरेको तुलसीपुर आर्थिक बिकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले स्थानीय रुटमा ३०÷४० वटा बिद्युतिय बस सञ्चालन गर्ने बताएका हुन् ।
प्रदेशका प्रमुख शहरहरुलाई वातावरणमैत्री बनाउन प्रदेश सरकारले स्थानीय तहहरुसंग सहकार्य गरेर बिद्युतिय बस सञ्चालन गर्ने तयारी भैरहेको उनले जानकारी दिए । प्रदेश भित्रका प्रमुख शहर भएका स्थानीय तहहरु पनि विद्युतिय बस सञ्चालन गर्न उत्सुक रहेको उनले बताए । ‘हामीले रुपन्देही, दाङ र बाँकेका स्थानीय तहहरुसंग सहकार्य गरेर बिद्युतिय बस सञ्चालन गर्दैछौ मुख्यमन्त्री पोख्रेलले भने । प्रदेश सरकारले बिद्युतिय बस सञ्चालन गरेमा प्रदुषण न्यूनीकरण हुने र मुलुक नयाँयुगमा प्रबेश गरेको नागरीकमा आभास पनि हुनेछ उनको विश्वास छ । साथै बिकास सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले तुलसीपुरको विकासका लागि नयाँ ढंगबाट योजना बनाउनुपर्ने बताएका छन् । परम्परागत ढंगबाट अब तुलसीपुरलाई ‘स्मार्ट सिटी’ बनाउन नसकिने उनको भनाई छ । “तुलसीपुुरको विकासका लागि अब नयाँ योजना बनाउनुपर्छ, परम्पारगत ढंगका योजनाले तुलसीपुरलाई स्र्माट बनाउन सम्भव छैन” उनले भने ।
विकासका लागि स्थानीय नागरीकको रुची र सहभागिता हुनुपर्ने भएकोले उप महानगरपालीकावासीलाई बुझाउन समेत आग्रह गरे । अहिले दाङका उप महानगरपालीकाहरु भौगोलिक भन्दा पनि जनसंख्याका आधारमा निर्माण गरिएको भन्दै उनले अहिले उपमहानगरहरु विकासका दृष्टिले कमजोर भएको बताए । उप महानगरपालिकाको विकासका लागि स्थानीयतहहरुबीच सहकार्य हुन आवश्यक रहेको समेत उनको भनाई थियो । बजारको विकासका लागि गाउँको विकास अपरिहार्य रहेको भन्दै गाउँलाई बजारसंग जोड्ने गरि योजना बनाउनु पर्ने समेत उनको भनाई छ । अहिले दाङका कुनै पनि शहर व्यवस्थित नभएको भन्दै ति शहरहरुलाई ब्यबस्थित बनाउन निकै चुनौती सामना गर्नुपर्ने उनको भनाई छ ।
उप महानगरपालिकालाई ब्यबस्थित बनाउन बजार बाहिरको ब्यक्तिको जग्गालाई अधिग्रहण गर्ने र ति जग्गामा ब्यबस्थित बजार बनाएर आम्दानी भएको फाईदा जग्गा धनिलाई दिने गरीयो भने दोहोरो फाईदाहुने छ । त्यस्तै अर्को विकल्पका रुपमा ब्यक्तिको जग्गा अधिग्रहणगरि त्यसमा विकास गर्ने र मूल्यबृद्धि गरि ब्यक्तिलाई फिर्ता दिने तथा त्यसको केही हिस्सा उप महानगरपालिकाले लिने गरेमा ब्यबस्थित शहर निर्माण हुने मुख्यमन्त्री पोख्रेलको योजना छ । साथै शहरलाई ब्यबस्थित गर्न ब्यबस्थित सडक, घरहरुको डिजाईन, बिजुलीको प्रयोग, ढल निकास, नदि किनारको बारेमा योजना, खोलाको किनारको बस्ति ब्यवस्थित लगायतका कुरामा ध्यानदिनुपर्ने बताए । त्यस्तै शहरका नागरिकलाई ग्रामिण क्षेत्रमा बसोबास गर्ने वातावरण तयार पार्नुपर्ने, बजारका उत्तरतिरका पहाडलाई हिल स्टेशनका रुपमा विकास गर्नुपर्ने तथा दक्षिणतिरका फाँटमा रात्रीकालीन बिकासका रुपमा ध्यानदिनुपर्ने उनले बताए ।
त्यसैगरी तुलसीपुरको ‘क’ लाईनलाई ब्यबसायीक केन्द्रका रुपमा संरचनाहरु तयार पार्नुपर्ने, राम्रो होटेल व्यबसायको विकासमा ध्यान दिनुपर्ने उनको भनाई छ । दाङमा उत्पादन भएको मन्सुली चामलले काठमाडौंमै राम्रो बजार पाएकाले मन्सुली चामलको उत्पादन बढाई ब्रान्डका रुपमा विकास गर्नुपर्ने, कृषिको विकासमा ध्यान दिनुपर्ने, दाङलाई कर्णालीकै ट्रान्जिट प्वाईन्टका रुपमा विकास गर्न सकिने उनको भनाई छ । त्यस्तै शिक्षा, स्वास्थ्य, उद्योग, सूचना, प्रबिधिको विकास लगायतमा समेत ध्यान दिनुपर्ने मुख्यमन्त्री पोख्रेलले बताए ।
कार्यक्रममा आर्थिक विकासमा लगानी ब्यबस्थापन र सम्भावना बारे बिष्णु पुरी, तुलसीपुर उप महानगरपालिकामा आर्थिक बिकासका सम्भावना, नीति तथा कार्यक्रमका बारेमा बाबुराम राणाभाट, प्रदेश सरकारको स्थानीय आर्थिक विकास सम्बन्धि रणनीति र सोँच बारेमा पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठ, स्थानीय आर्थिक विकासको अवधारणाबारे तुलसीपुर उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द शारुले प्रस्तुती राखेका थिए ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै तुलसीपुर उप महानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर आर्थिक विकास सम्मेलनबाट तुलसीपुरको आर्थिक विकासका लागि आएका सुझाबहरुलाई आउँदो बर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?