ट्रेंडिंग:

>> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व

लक्ष्मीको लगन

१६ पुष २०७५, सोमबार
१६ पुष २०७५, सोमबार

लक्ष्मी जि.सी.
प्रधानाध्यापक, जनचेतना आधारभूत विद्यालय, रोहिणी, रुपन्देही
शिक्षक बनेर त्यहाँ पुग्दा विद्यालयको भवन थिएन । आँपको बगैचामा पठन पाठन हुन्थ्यो, विद्यार्थीको हाजिरी रजिष्टर शिक्षकले घर लैजानुपर्ने बाध्यता थियो । विद्यार्थीहरु बस्नका लागि कितावसँगै बोरा ल्याउथे र लैजान्थे । पानी आउँदा, हावा लाग्दा पठन पाठन हुदैनथ्यो । जनचेतना आधारभूत विद्यालयकी प्रधानाध्यापककी लक्ष्मी जिसीका भनाई हुन यि ।
२०५२ सालमा शिक्षक बनेर उक्त विद्यालयमा पुग्दाको अनुभव सुनाउँदै जिसीले थपिन्, कक्षा १–३ मा ४५ जना विद्यार्थी थिए । उनका अनुसार २०५४ सालमा दुई कोठे भवन बनेपछि विद्यालयको भौतिक पूर्वाधार जोडिन शुरु भएको हो । त्यसरी स्थापना भएको रुपन्देहीको रोहिणी गाउँपालिकामा रहेको जनचेतना आधारभूत विद्यालय अरु विद्यालयका लागि उदाहरण बनेको छ । शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले विद्यालय उदाहरण बनेको हो । उक्त विद्यालय भैरहवा भुमही सडक खण्डदेखि दक्षिणतर्फ पर्दछ । तराइका सामुदायिक विद्यालयको अवस्था कमजोर भैरहेको अवस्थामा यस विद्यालयको सुधारको प्रयास अरुका लागि सिक्न लायक छ ।
अस्थायी महिला कोटामा शिक्षक बनेकी उनि २०६३ मा स्थायी शिक्षक बनेको बताउँछिन् । २०६७ देखि उनि उक्त विद्यालयको प्रधानाध्यापकको भूमिकामा छिन् । उनको नेतृत्वमा विद्यालयको शैक्षिक र भौतिक सुधार हुदै गएको छ । कक्षा ८ सम्म २ सय ९८ जना विद्यार्थी पुगेका छन् । विद्यार्थीको सिकाई उपलब्धी शैक्षिक शत्र २०७३ मा ४९ रहेकोमा २०७४ मा बढेर ५८ पुगेको छ ।
शिक्षक, कर्मचारी र समितिको सक्रियताबाट विद्यालयलाई देख्न लायक बनाउन सकिएको विद्यालयकी प्रधानाध्यापक लक्ष्मी जिसी बताउँछिन् । विद्यालयमा कामको बिषयमा छलफल गरेर जिम्मेवारी बाडफाड गर्ने र जिम्मेवारीको पूरा भए नभएको समिक्षा गर्ने थीति बनाएकी छिन् उनि ।
विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा ३ सम्म बसाई व्यवस्थापन सुधार गरिएको छ । ति कक्षा कोठामा पि फर्म माथि कार्पेटिङ गरी कुसन र सानो टेबलको व्यवस्था गरिएको छ भने कक्षा कोठालाई छापायुक्त बनाइएको छ । शिक्षक र विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरु झुण्ड्याइएको छ । कक्षा ६ मा अध्ययनरत सम्झना कोइरीले कक्षा कोठामा रंगीचंगी गरी टाँसिएका चित्रहरु आफुहरुले बनाएको बताइन ।
बालमैत्री शिक्षण क्रियाकलाप र अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिइने गरेको जिसी बताउछिन् । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम समुदाय र सरोकारवालालाई जाडेर गर्ने गरेको छ । उक्त दिन विद्यार्थी निर्मित सामग्रीको विद्यालयमै शैक्षिक प्रदशर्नी गर्ने गरेको छ । यसले विद्यार्थी, अभिभावकलाई हौसला बढाएको प्रधानाध्यापका जिसीको बुझाई छ ।
विद्यालय सुधार योजना बनाउने काममा पनि विद्यालयले अगुवाई गर्ने गरेको छ । विद्यालयको शैक्षिक र भौतिक अवस्था सुधारका लागि लक्ष्य निर्धारण गरि स्रोत जुटाउने उपायलाई योजनामा समावेश गराएको प्रधानाध्यापक जिसीले बताइन् । यसले समुदाय परिचालन गर्न, स्रोत जुटाउनका लागि सहयोग पुगेको उनको भनाई छ ।
एबिसी नेपालका क्षेत्रिय प्रबन्धक मनोज लामिछाने पनि विद्यालय पनि विद्यालयले बनाएको योजना अनुसार विद्यालयलाई सहयोग गर्ने गरेको बताउँछन् । खानेपानी, शौचालय, कोठा निर्माण, कक्षा कोठा व्यवस्थापनमा सहयोग गरेको उनको भनाई छ । स्टेमा फाउण्डेशनको सहयोगमा विद्यालयको आवश्यकता अनुसार सहयोग गरेको उनले बताए ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी र समितिको प्रयास प्रशसनिय रहेको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण लामिछाने बताउँछन् । लामीछानेले उनिहरु उत्प्रेरित भइ काम गरिरहेको बताए । विद्यालयका शिक्षकहरु सिकाई उपलब्धीको बिश्लेषण, प्रस्तुती, प्रबोधिकरण र सुधारमा सचेत देखिदा पनि विद्यालय राम्रो बनेको लामिछानेको भनाई छ । उनले विद्यालयले स्रोत जुटाउनमा खेलेको समन्वयकारी भूमिका पनि अरु विद्यालयका लागि सिक्न लायक भएको बताए ।
विद्यालयकी प्रधानाध्यापक जिसीले विद्यालयको कम्पाउण्ड वालको निर्माण गर्नका लागि जरुरी भएको हुदा त्यसको स्रोत जुटाउने योजनामा आफुहरु लागेको बताइन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?