ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

आजदेखि बुटवलबाट श्रम स्वीकृती

१५ पुष २०७५, आईतवार
१५ पुष २०७५, आईतवार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेशमा रहेका ६ वटा श्रम तथा रोजगार कार्यालयलाई अधिकार प्रत्यायोजन गरेको छ । मन्त्रालयले सूचना जारी गरी प्रदेशस्तरका कार्यालयलाई दिइएको अधिकारबारे जानकारी गराएको हो ।
श्रम तथा व्यवसाय जन्य सुरक्षा विभाग अन्तर्गतका धनगढी, सुर्खेत, बुटवल, पोखरा, जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयहरुलाई राजपत्रमा प्रकाशित गरी अधिकार प्रत्यायोजन गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १५ बमोजिम वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र पूर्व स्वीकृति दिन सक्ने छन् ।
व्यक्तिगत श्रम स्वीकृति पनि प्रदेश कार्यालयहरुले नै दिन सक्ने छन् । यस्तै म्यानपावर कम्पनीका शाखा कार्यालयको अनुगमन र वैदेशिक रोजगार ऐन कार्यन्वयन भए नभएको अनुगमन गर्ने अधिकार पनि प्रदेशमा रहने श्रम तथा रोजगार कार्यालयहरुलाई दिइएको छ । म्यानपावर व्यवसायीले विज्ञापन गरे नगरेको अनुगमन गरी तथ्य बुझ्ने तथा तोकिएको संख्यामा श्रम स्वीकृतिको स्टिकर दिने अधिकार प्रदेश कार्यालयलाई दिइएको छ ।
आजदेखि प्रदेश नम्बर २ को जनकपुर र प्रदेश नम्बर ५ को बुटवलबाट समेत श्रम तथा रोजगारसँग सम्बन्धी कामहरु हुने भनिएको छ । अन्य प्रदेशका कार्यालयबाट भने केही समय लाग्ने र तयारी भइरहेको मन्त्रालयले जनाएको छ । तत्कालका लागि पुनः श्रम स्वीकृति, म्यानपावर कम्पनी तथा अभिमूखीकरण तालिम दिने संस्थाहरुको अनुगमन र नियमन गर्ने, वैदेशिक रोजगारी सम्बन्धी सूचना जानकारी दिने र गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम हुने छन् ।
श्रम तथा रोजगार कार्यालय बुटवलले आइतबार (आज) दिउँसोदेखि सेवा प्रारम्भ गर्ने तयारी भईरहेको कार्यालय प्रमुख उमेश शर्माले जानकारी दिए । हामी तयारीमा छौं बुटवल टुडेसँग कुराकानी गर्दै शर्माले भने सेवा शुरु गर्नका लागि सिडिओ साप सँग पनि कुराकानी भयो दिउँसो बाह्, एक बजे ओपनिङ गछौं ।
उनका अनुसार श्रम स्वीकृतिको काम शुरु गर्नका लागि कार्यालयले सामग्री व्यवस्थापन र फास्ट ईन्टरनेट जडानको काम गरिरहेको छ । प्रमुख शर्माका अनुसार तत्काल काम शुरु गर्नलाई कार्यालयलाई भाषाविदको आवश्यक परेकोमा उक्त कर्मचारी पनि केन्द्रबाट पठाएको जानकारी आफुले पाएको बताए ।
श्रम तथा रोजगार कार्यालय, बुटवलका लागि लागि १४ जना कर्मचारीको दरबन्दी छ । दरबन्दीका कर्मचारीमध्ये अधिकांश बुटवल आइसकेको कार्यालयका मेकानिकल ईन्जिनियर पर्वत श्रेष्ठले बताए । तत्कालका आफुहरु कार्यालयलाई चाहिने भौतिक संरचना र प्राविधिक तयारीमा जुटेको जानकारी दिए ।
बुटवलबाट श्रम स्वीकृतीको काम शुरु भएसँगै यस क्षेत्रका बैदेशिक रोजगारका लागि जानेहरुले सरकारबाट लिने स्वीकृत लिन काठमाडौ जानुपर्ने समस्याको अन्त्य हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?