ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

सेमलारमा एकिकृत कृषि बजार विस्तृत अध्ययन प्रतिवेदन बनाउन सुरु

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

केन्द््र सरकारको सहकार्यमा बुटवल उपमानगरपालिकाले बुटवल सेमलारमा आधुनिक कृषि उपज केन्द््र निर्माणका लागि जग्गा एकिन गर्ने तथा डिपिआर बनाउने काम शुरु भएको । सरकारले बुटवल उपमहानगरपालिका– १६ स्थित समेमलारमा २० विघा जग्गा उपलब्ध गराउने गरी नगरपालिको सहमाती समेत जनाई सकको छ । केन्द्र, प्रदेश र स्थानिय सरकारको संयुक्त लगानीमा एकिकृत कृषि बजार स्थापना गरिने भएको हो ।
बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदीले एकिकृत बजार स्थापना भएपछि किसानलाई सबैभदा बढि राहत मिल्ने छ । उत्पादन भएको बस्तु बजारीकरणमा समस्या भएको भन्ने किसानहरुको गुनासो आएको बेला कोल्डस्टोर सहितको बजार स्थापना हुँदा सिजनमा उत्पादन गरेको बस्तु बजार स्थापना भएपछि बेमौसममा समेत विक्रि गर्न सकिने छ । मेयर शिवराज सुवेदी भन्छन्–‘यो हाम्रो लागि अति महत्पूर्ण परियोजना हो , किसान प्रत्यक्ष रुपमा लाभांवित हुने योजना हो । ’ बुटवलको समेलारमा स्थापना हुन लागेको यो बजार पछि यस आसपका स्थानिय तहका किसानहरुका साथै अन्य छिमेकी जिल्लाहरुमा समेत स्थापना भएको कृषि जन्य उपजको किनबेच र भण्डारण गर्ने स्थानको रुपमा बजारले पहिचान पाउने छ ।
बुटवल उपमानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माका अनुसार केही दिन पहिला संघ र प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीहरु संगको छलपललमा कृषि व्यापार परियोजना (प्याक्ट)ले यस विषयमा केन्द्रमा डिपिआर बनाउन सुरु गरेको छ । रुपन्देहीको प्रमुख गहनाको रुपमा समेत ईलिइएको यो एकिकृत कृषि बजार लाई आधुनिक ग्रिन पार्कको समेत नामाकारण गरिएको छ । कृषि बजारलाई विस्तार गर्ने, आयात प्रतिस्थापन र निर्यातमा जोड दिँदै किसानलाई उत्पादनमा प्रोत्साहन गर्नेगरी परियोजना निर्माण हुन लागेको कृषि विकास माहशाखा प्रमुख शर्मा बताउँछन् । रुपन्देहीमा मुलुककै नमूना कृषि बजारको सम्भाव्यता अध्ययान गरी यसलाई अगगाडी बढाइएको हो ।
सैनामैना
यस्तै रुपन्देहीको सैनामैना नगरपालिका– १ को संगमस्थल डहरगाउँ–कर्साघाट क्षेत्रमा उक्त ग्रीनपार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । यसका लागि प्रस्तावित जग्गामा डिपीआर बनाउनेबारे छलफल शुरु भएको छ । सैनामैनाको ५ बिगाहा जग्गामा पार्क निर्माणका लागि प्रस्ताव गरिएको छ । एकीकृत कृषि बजार संघीय सरकारले अत्याधुनिक र ड्रिम प्रोजेक्को रुपमा अगागाडी बढाउने भएको हो । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले यसलाई कृषि अनुसन्धान केन्द्र तथा शीतभण्डारका रुपमा विकास गरिने उल्लेख गर्दै झण्डै २ दुई अर्बको योजना भएको बताए ।
उनले भने,‘कृषिमा यो अवधारणाले नयाँ प्रयोग र नयाँ अनुसन्धान हुनेछ ।’ कृषि क्षेत्रबाट आयआर्जन बढाउने र समग्र प्रदेश नं ५ को विकासमा टेवा पुर्याउन परियोजनाले काम गर्नेछ । बुटवलका नगरप्रमुख शिवराज सुवेदी र सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले संघीय सरकारलाई संयुक्त पत्र लेख्दै सम्भावित जग्गाको प्रस्ताव गरेका थिए ।
व्यापारको अनुपात वर्षेनी बढ्दो क्रममा रहेकाले यो साँघुरो र अव्यवस्थित हुँदै गएको छ । यहाँ स्वदेशी उत्पादनका अतिरिक्त भारत र चीनलगायतका मुलुकबाट फलफूल र तरकारीको आयात गरिँदै आएको छ ।
आर्थिक वर्ष २०७५÷७६ को बजेटमा पनि अत्याधुनिक बजार निर्माण गर्ने विषयलाई दुवै नगरपालिकाले प्राथमिकता दिएका छन् । कृषि क्षेत्रलाई रु ४० अर्ब १४ करोड पाँच लाख रकम विनियोजन गरेको छ । अहिले अगाडि बढाइएको परियोजनामा यस वर्ष विस्तृत अध्ययन सकेर अर्को वर्षदेखि निर्माण शुरु हुने बताइएको छ ।
बुटवल उपमानगरपालिका कृषि विकास महाशाखाका अनुसार गत आर्थिक बर्ष २०७४÷०७५ मा व्यवसायिक वाली विकास कार्यक्रम अन्र्तगत मोतिपुर, सेमलार र अन्य क्षेत्रमा विभिन्न व्यवसायिक कृषक, समूह र सहकारीलाई धानको बीज वृद्धिका लागि २० हेक्टर जमिनमा आवश्यक पर्ने स्रोत बिउ, १५० हेक्टर जमिनमा आवश्यक पर्ने मसिना तथा वासनादार धानको उन्नत बिउ र २६ वटा पावर स्प्रेयर वितरण गरिएको छ । यस्तै
आलु तरकारी तथा तरकारी विकास कार्यक्रम अन्र्तगत १० कठ्ठा जमिनमा व्यवसायिक तरकारी खेती गर्ने ४ जना युवा उद्यमीलाई सेड बनाउन, सिचाईको व्यवस्थापन गर्न र अन्य आवश्यक उपकरणहरु खरिद गर्न अनुदान उपलब्ध गराएको छ भने े, माटो परिक्षण तथा सुधार कार्यक्रम अन्र्तगत सेमलारमा माटो शिविर सञ्चालन गरी ४० वटा माटोको नमूना परिक्षण गर्ने र मोतिपुरमा कृषकलाई हरियो मलका लागि १५ हेक्टर जमिनमा आवश्यक ढैचा बिउ वितरण गरिएको छ ।
यस्तै मौरी विकास कार्यक्रम गोला सहितको मौरीघार, आधार चाका, पंजा, टोपी, महदानी चाकु लगायत मौरी उत्पादन साम्रागी, च्याउ प्रर्वद्धन कार्यक्रम अन्र्तगत टहरा निर्माण, बीउ, मसिनरी लगायत साम्रागी र च्याउको बीउ उत्पादन गर्ने प्लान्ट वितरण गरिएको छ ।
कौसीखेती तथा तरकारी खेती प्रर्वद्धन कार्यक्रम अन्र्तगत नगरका विभिन्न वडाहरुमा कौसी खेती तथा तरकारी खेती प्रर्वद्धन गर्न तालिम प्रदान गर्नुका साथै गमला, प्लाष्टिक थैला, तरकारी बीउ, कम्पोष्ट मल लगायत साम्रागीहरु वितरण गरिएको थियो भने अतिरिक्त सेमलारमा तरकारी खेतीका लागि १८ जना किसानलाई ग्रिन हाउस निर्माण गर्न सहयोग गर्नुका साथै नगरका विभिन्न वडामा २ हजार ४ सय ३३ जनालाई तरकारीको मिनीकिट वितरण गरिएको थियो ।
पशुविकास कार्यक्रम तर्फ बुटवल उपमानगरपालिकलो पशुपालक व्यवसायिक कृषक तथा अन्य साना कृषकहरुलाई १२ क्वीन्टल हिउदे जै घा“स र १० क्वीन्टल वर्षे टियोसेन्टी घा“सको बिउ“ निशुल्क गरेको छ । यस्तै करिब ८,००० गाई भैसीलाई भ्यागुते तथा चरचरे रोग विरुद्ध निशुल्क खोप, करिब ८,००० बाख्राहरुलाई पिपिआर रोग विरुद्ध , ३,००० पशुहरुलाई खोरते रोग विरुद्ध र ५०० कुकुरहरुलाई रेविज रोग विरुद्ध निशुल्क खोप लगाउने कार्य गरिएको छ । विभिन्न कृषक सहकारीलाई ५०० र १००० लिटर क्षमताको चिलिङ भ्याट र जेनेरेटरमा अनुदान सहयोग गरेको जानाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?