© २०२३
केहि बर्ष अघि खानामा छोईन्छकी भनेर बार्ने जिल्लाको यशोधरा गाँउपालिका ६ भैसहियाकी मन्जु गुप्ताको अहिले मुस्लिम समुदायलाई गर्ने व्यवहारमा परिवर्तन आएको छ ।
बर्षो सम्म खासै चासो नराख्ने छिमेकी नसिमा खातुन कहाँ मिठो मसिनो पाक्यो कि मन्जुका लागी भाग लाग्न थालेको छ । पहिले मुस्लिम समुदाय सँगै खान हुन्न भन्ने मान्यता राख्ने मन्जु र छिमेकी नसिमा अहिले मिल्ने साथी भएका छन । सामुदायीक कार्य मात्रै होईन, घरायसी कार्यमा समेत अैचो पैचो चल्न थालेको छ । मन्जु मात्रै हाईन उनकी ७२ बर्षिय सासु अकाली गुप्ता समेत बुहारीको छिमेकी नसिमासँग सुधारिएको व्यवहारले दंग छन् ।
“दुःख सुखमा छिमेकी नै काम लाग्ने हुन । बुहारीले छुवाछुत हटाएको मलाई कुनै गुनासो छैन,” अकाली भन्छिन । पहिले फरक सम्प्रदायको भन्ने धारणाले सामान्य बोलचाल मात्रै हुने गरेका आफुहरू बिच अहिले चाड पर्व, बिवाह र उत्सवमा सगै खानपान चल्न थालेको मन्जु बताउँछिन् । आफुहरूले मान्ने ईद र बकराईदमा मन्जुको परिवारमा उपहार र खानेकुरा दिएको र हिन्दुहरूको दिपावलीमा आफनो घरमा समेत झिलीमिली लगाएर मिठाईहरू ल्याई रमाईलो गरेको अनुभव सुनाउछिन छिमेकी नसिमा । “हामीमा साम्प्रदायिक सदभाव कायम भए समाजको बिकास हुन्छ भन्ने ज्ञान आए सगै छोराले यस बर्ष दिपावलीमा घरमै झिलिमिली लगाएको हो । हामीले पनि दिपावली मनाएर रमाईलो ग¥यौं । ” उनले भनिन । दुबै जना सुनौलो महिला समुहमा आबद्ध भए सगै सो परिर्वतन आएको हो ।
उता जिल्लाको मायादेबी गाँउपालिका ४ पिपरामा रहेको जागरुक महिला समुहकी अध्यक्ष मरियम खातुन र सोही वडाकी वडा सदस्य ईनरमती लोधको सम्बन्ध पनि उस्तै प्रगाढ बनेको छ । त्यति मात्रै होईन यशोधरा गाँउपालिका ६ को रंगपुरमा रहेको ईदगाँहमा वडाकै सगरमाथा किशोर किशोरी समुहले ईदको नवाज भन्दा एक दिन सरसफाई गरेका थिए । “धार्मिक सदभाव कायम गर्न सबै किशोर किशोरी मिलेर ईदगाह सफा गरेका थियौ । हामी पहिले कहिल्यै ईदगाहमा जाँदैनथ्यौ । त्यहाँ गए, झारफुक गराउनु पर्छ भन्ने मान्यता थियो ।” सगरमाथा किशोर किशोरी समुह की सचिव आँचल गिरीले भनिन । मुस्लिम धर्माबलम्बीको ईदगाह सफाई गर्न आफनै किशोर किशोरीले अगुवाई गर्दा खुसी लागेको उनले अनुभव सुनाईन । “हामीले सरसफाई मात्रै नभई बालविवाह बारे सचेतना, किशोरा समुहमा रक्षा बन्धन, मुस्लिम समुदायको ईदमा टोपी उपहार दिने र घरायसी कार्यको अनुभवका लागी किशोरहरूलाई समुहमा खाना बनाउन समेत सिकाएका छौ ।” उनले थपिन ।
जिल्लाको यशोधरा गाँउपालिका ६ र मायादेबी गाँउपालिका ४ मा युनाईटेड मिसन टु नेपालको सहयोगमा दलित सामाजिक बिकास केन्द्रले एकिकृत शान्ति निर्माण परियोजना सञ्चालन गरे सगै सो सुधार आउन थालेको हो । परियोजना सञ्चालन सगै दुई गाँउपालिकाका दुबै वडाका बस्तीस्तर सम्मै महिला समुह, किशोर किशोरी समुह र सहयोगी पुरुष समुह निर्माण गरिएको छ । अन्तर धार्मिक विश्वास र मेलमिलाप सहितको त्रासरहित बाताबरण स्थापना गर्ने उद्देश्यले सञ्चालित परियोजनाले सचेतना र साम्प्रदायिक सदभाव निर्माणका लागी कार्य गर्दै आएको छ । रंगपुर स्थित गौसिया मिस्बाहुल उलुम मदरसाका प्रधानाध्यापक अब्दुल रहिम धुनियाले समेत परियोजनाले गाउँ गाँउमा सकारात्मक परिर्वतन ल्याउन थालेको अनुभव सुनाए । “दुई समुदाय बिगतमा सामुहिक कार्य गर्ने बिषयमा टाढा थिए । तर अहिले तिज, दशै, तिहार, ईद, रक्षा बन्धनमा सामुहिक शुभकामना आदान प्रदान गर्ने कार्यले साम्प्रदायिक सदभाव बलियो बनाएको छ । ” उनले दाबी गरे । घरायसी कार्यमा मात्रै रुमलिएर बस्ने मुस्लिम समुदायका महिला र दलित महिलाले गाँउपालिका सम्म पुुगेर आफनो अधिकार प्राप्तीको वकालत गर्नु महत्वपुर्ण भएको मायादेवी ६ मा कार्यरत संस्थाकी सामाजिक परिचालक सकुन्तला अग्रहरी बताउछिन । “एका तिर दुई समुदाय बिच साम्प्रदायिक सदभाव बढेको छ भने अर्का तर्फ महिलाहरूको शसक्तिकरण समेत भएको छ ।” अग्रहरी भन्छिन । बिगतमा दुबै समुदाय बिचको दुरी भए पनि पछिल्लो समय साम्प्रदायिक सदभाव बलियो भएर नमुना कार्य गर्नु प्रशंसायोग्य रहेको मायादेबी गाँउपालिका ४ का वडा अध्यक्ष फते मोहम्मद बताउछन । “हाम्रो वडामा बिगतको तुलनामा साम्प्रदायिक सदभाव र महिला शसक्तिकरणमा बृद्धि भएको अवस्था छ । ” उनले भने । त्यस्तै बुझाई यशोधरा गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम नारायण उपाध्यायको पनि छ । “परियोजनाले सामाजिक सदभाव र शान्ति निर्माणका लागी उदाहरणीय कार्य गरेको छ । बिपन्न बर्ग लक्षित सचेतना कार्यक्रमले समुदायलाई अधिकार र कर्तव्यको बोध गराउन सहयोग गरेको छ ।” वडा अध्यक्ष उपाध्यायले भने ।
परियोजना सञ्चालन पछि दुबै समुदायका अगुवा, धर्मगुरु र समुदाय बिचमा नै आत्मियता र भाईचारमा बृद्धि भएको परियोजनाका संयोजक सतिस कुमार हरिजन बताउछन । “एकातिर साम्प्रदायिक सदभावमा बृद्धि भएको छ भने लैङ्गिक बिभेदका घटना बिरुद्ध आवाज उठन थालेका छन ।” उनी भन्छन । परियोजना सञ्चालित दुबै वटामा ८ वटा महिला समुह, ४ वटा किशोर किशोरी समुह र २ वटा पुरुष सहयोगी सञ्जाल रहेको दलित सामाजिक बिकास केन्द्रका अध्यक्ष रामशरन रैदासले जानकारी दिए । सबै बर्ग समुदाय बिच आत्मिय सम्बन्ध स्थापित गरि समाजमा शान्तिपुर्ण अवस्था सिर्जना गराउन परियोजना अन्र्तगत कार्य सम्पादन गरिएको उनले स्पष्ट पारे ।