ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

उपचार गर्न भन्दा रिफर गर्न ठिक्क

२६ मंसिर २०७५, बुधबार
२६ मंसिर २०७५, बुधबार

वगनाशकाली गाउँपालिका वराङ्गदीकी कृष्णकला घिमिरेले आफ्नो स्वास्थ्य परीक्षण गराउन तीन दिनको समय खर्चिनु प-यो । रिब्दीकोट गाउँपालिका ख्याहाका विरबहादुर कमालले त जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षणका लागि चार दिन को समय खर्चिनु परेकोमा दुःखेसो पोख्दै भने स्वास्थ्य बीमाले झन्झट बनायो ।
नेपाल सरकारले आर्थिक वर्ष देखि स्वास्थ्य बीमा गरेकाहरूका लागि पहिलो स्वास्थ्य परिक्षण केन्द्र जिल्ला अस्पाताललाई निर्धारण गरेपछि थप झन्झट उत्पन्न भएको छ ।
स्वास्थ्य बीमा गरेपछि ५० हजार रूपैयाँ सम्मको औषधी उपचारमा सहुलियत हुन्छ भनेर गरियो । स्वास्थ्य उपचारको पहिलो चरणमा तानसेनस्थित सरकारी अस्पातालमा परियो जहाँ आवश्यक सेवा सुबिधा नै छैन । आफूलाई पायक पर्ने अस्पतालमा स्वास्थ्य परिक्षण गर्न नपाउनु भनेको त राम्रो होइन ? पीडित घिमिरेले भनिन् ।
सरकारले आफू नियन्त्रित तथा आफ्नो लगानी भएको स्वास्थ्य संस्थालाई पहिलो स्वास्थ्य परिक्षण केन्द्र बनाउनु राम्रो हो । औषधी प्रयोगशाला एक्सरे जस्ता विषयमा सुबिधा हुन प¥यो नि तानसेन अस्पतालमा लाइन गएका बखत एक्सरे हुँदैन ? विशेषज्ञ सेवा छैन किन जाने त्यहाँ तर सरकारले समयानुकुल सेवा सुबिधा थप गरेर बनाउनु भन्दा पुरानो सिस्टममा नयाँ सेवा लिन नसकिएको रैनादेवी गाउँपालिकाको मुझुङ्गका बिक्रम घर्तीले गुनासो गरे ।
सरकारी स्वास्थ्य संस्थामा सेवा सुविधा थप गर्नु प¥यो । अनि पो सबैको आकर्षणको केन्द्र विन्दु बन्ने थियो । सरसफाई पानी, औषधी प्रयोगशाला जस्ता विषयमा सरकारको ध्यान पुगेको छैन । त्यसै हचुवाको भरमा निर्णय गर्दा स्वास्थ्य परिक्षण भन्दा रिफर सेन्टरमा परिणत भएको अस्पतालमा आएका बिरामीहरूका लागि पहिलो स्वास्थ्य परिक्षण तानसेन अस्पतालबाट हुनुपर्ने भएपछि तानसेन अस्पतालमा दैनिक तीन सय बिरामी स्वास्थ्य परिक्षणका लागि आउने गरेका मध्य ६० प्रतिशतको लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पतालमा रिफर हुने गरेको तानसेन अस्पतालका चिकित्सकहरू बताउँछन् ।
सरकारले तानसेन स्थित पाल्पा अस्पताललाई झण्डै ४० वर्ष अगाडि १५ शैयाको अस्पतालमा रूपान्तरीत गरियो । प्राथमिक स्वास्थ्य केन्द्रबाट सरकारी अस्पतालमा रूपान्तरित भएपनि विशेषज्ञ सेवा, प्रयोगशाला एक्सरे, आवश्यक औषधी र दरबन्दी अनुरूपका कर्मचारी हालसम्म पूर्ण भएकोले सरकारी स्वास्थ्य सेवाप्रति आम जनमानसमा नकारात्मक सन्देश गएको अस्पतालमा कार्यरत एक प्राविधिकले आफ्नो नाम उल्लेख नगरि दिने शर्तमा बताए ।
सरकारले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरि पाल्पा अस्पताल लुम्बिनी मेडिकल कलेज, मिसन अस्पताल, रामपुर अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रहरू ताहुँ र खस्यौली र नेत्र ज्योति आँखा अस्पतालमा स्वास्थ्य परिक्षण गर्न गएर के गर्ने ? त्यहाँ सबै कुराको सुबिधा हुँदैन त्यहाँबाट फेरी अन्यत्र रिफर हुनुपर्दछ । सामान्य स्वास्थ्य परीक्षण गर्नका लागि ३ दिनको समय खर्चिनु पर्ने रम्भा गाउँपालिका ताहुँकी खेम कुमारी कार्कीले आफ्नो अनुभव बताइन् । पाल्पा अस्पतालका प्रमुख डा.पुष्पराज ज्ञवाली पनि बिरामीहरूको आवश्यकता अनुसारको सेवा सुबिधा उपलब्ध गराउन नसकिएको स्विकार गर्दछन् ।

पाल्पा अस्पतालमा कुनै समय मेडिकल सुपरिटेन्डेट भएर काम गरेका डा.पुरन बज्राचार्य अस्पतालको अध्यक्ष भए । एक वर्ष अगाडी सम्म उनी अध्यक्ष भएका वखतमा पनि अस्पतालको स्तरोन्नती र भौतिक विकास शून्य जस्तै भयो । हाल उनी प्रदेश सभा सदस्य छन् । अस्पताल सुधारको काम अनुभव प्राप्त व्यक्तिबाट त भएन अन्यबाट के अपेक्षा गर्ने ? अस्पतालमा कार्यरत कर्मचारीहरू बताउँछन् ।
सरकारी स्वास्थ्य संस्थालाई कमजोर बनाएर निजी स्वास्थ्य संस्थाहरू मौलाएका बखत सरकारी अस्पताल रिफर सेन्टर बन्नु बलको आगोमा घिउ थप्नु जस्तै भएको बताइएको छ । विमाको कार्ड वोकेर लुम्बिनी मेडिकल कलेज मिसन अस्पतालमा स्वास्थ्य परिक्षण गर्न जाँदा सबै काम एकैदिनमा सकिन्छ सामान्यतया झन्झट नहुने सम्बद्ध बिरामीहरू बताउँछन् ।
रकम खर्च हुन सकेन
जिल्ला अस्पताल तथा स्थानीय तहका अस्पतालहरूबाट प्रदान गरिने सेवाहरूमा जनताको आकांक्षा र आवश्यकता अनुसार सुधार गर्ने उद्देश्यले अस्पताल सेवा सुदृढिकरणका लागी प्राप्त रकम दोश्रो चौमासिक को मध्यमा पुग्दा समेत खर्च हुन सकेको छैन् ।
सरकारले नियमानुसार अस्पताल व्यवस्थापन समितिको जनप्रतिनिधि लाई मनोनित गर्नु र जनप्रतिनिधीको वे वास्ताका कारण सरकारबाट प्राप्त २५ लाख रूपैयाँ खर्चका लागी निर्णय हुन नसक्दा समस्या बल्झीएको हो ।
जिल्ला समन्वय समितीका सभापती अस्पताल व्यवस्थापन समितीको अध्यक्ष नगर प्रमुख उद्योग वाणीज्य संघका अध्यक्ष सदस्य र जिल्ला अस्पतालका प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ । नगर प्रमुख उद्योग वाणीज्य संघका अध्यक्ष ले समय दिन नसक्दा बैठक गणपुरक संख्या नपुगेकोले पटक पटक बैठक स्थगित भएको हो । समितिका सदस्य सचिव तथा अस्पताल प्रमुख पुष्पराज ज्ञवाली भन्दछन् । खातामा पैसा छ । भएर के गर्ने ? निर्णय विना खर्च गर्न मिल्दैन निर्णय गर्नेलाई गणपुरक संख्या पुग्दैन् ।
बैठकको निर्णय गर्न सकियो भने पाल्पा अस्पताल रिफर सेन्टर होइन ? उपचार सेन्टर बनाउन सकिन्छ उनले भने । दोश्रो चौमासिकको मध्य भईसक्यो शीर्षक अनुसार र मापदण्ड अनुरूप बजेट खर्चिनु पर्दछ । तर समय छोटिँदै गएको छ । डाक्टर ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?