ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

कहाँ हरायो लक्षित बर्गको कार्यक्रम ?

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

प्रदेश नम्बर ५ का सामाजिक बिकास समितिका संयोजक तथा कपिलवस्तुका प्रदेशसभा सदस्य दृगनारायण पाण्डेयले जिल्लाका दक्षिणी क्षेत्रका स्थानीय तहले महिला सहितको लक्षित बर्गको बजेट अनुरूपका कार्यक्रम नगरेको आरोप लगाएका छन ।
जिल्ला समन्वय समिति कपिलवस्तुको आयोजनामा तौलिहवामा सम्पन्न लैङ्गिक हिंसा बिरुद्धको १६ दिवसिय अभियानका अवसरमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै संयोजक पाण्डेयले सो बिचार व्यक्त गरे ।
उनले लैङ्गिक हिंसा बिरुद्धका सचेतना कार्यक्रम र महिला अधिकारका सचेतना कार्यक्रमलाई लक्षित बर्ग सम्म पुग्ने गरि ग्रामिणस्तरमा आयोजना गर्नु पर्नेमा जोड दिए । स्थानीयतहले दक्षिणी क्षेत्रमा महिला हिंसा, दलित, मधेसी, पिछडावर्ग र मुस्लिम अधिकार लक्षित कुनै पनि कार्यक्रम नगरी बजेट दुरूपयोग गर्दै आएको बताउदै महिला अधिकारकर्मी र सञ्चारकर्मीले सो को खोजी गर्नुपर्नेमा उनले जोड दिए ।
आफ्ना स्थानीय तहमा भएका बजेट दुरूपयोग तथा आफ्ना अधिकारको खोजी गर्न जिल्लाका सबै स्थानीय तहका उपप्रमुख सचेत हुनु पर्नेमा उनको जोड थियो । सबै स्थानिय तहमा गरिब, बिपन्नका बालबालिकालाई निःशुल्क शिक्षा दिनका लागी कन्या कलेजको अवधारणा लागु गर्नुपर्नेमा उनको जोड थियो । अर्का प्रदेश सदस्य धर्मबहादुर लाल श्रीवास्तबले साना कक्षाका बालबालिकालाई पाठ्यक्रमका नाममा झोलाको भार बोकाउने कार्य पनि हिंसा भएको बताए । “१६ केजीका बालबालिकालाई १० केजीको भार बोकाएर हामीले कस्तो शिक्षा दिन खोजेका छौं । बढि पुस्तकका कारण झोलाको भार भन्दा आवश्यक उपयोगी र सान्दर्भिक पाठ्यक्रम बिकासको आवश्यक छ,” उनले भने । संघिय सरकार, प्रदेश र स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी बजेट बिनियोजन नभए महिला अधिकारको सुनिश्चितता नहुने प्रदेशसभा सदस्य रिना बिकले बताईन् । महिलाको आर्थिक शसक्तिकरण र किशोरीका लागी जिवन उपयोगी सिप दिन सके हिंसा न्यूनीकरण हुने उनको भनाइ थियो ।
लागू औषध र मदिराको अनियन्त्रित बिक्री बितरणले हिंसालाई बढावा दिएको बताउँदै स्थानीयतहको न्यायिक समितीमा कानुन व्यवसायीको उपलब्धता नभए न्यायिक निरूपण प्रभावकारी नहुने जिल्ला समन्वय समिति प्रमुख नारायण प्रसाद खनालले बताए । लैङ्गिक हिंसा न्यूनीकरणका लागि शिक्षा र सचेतना आवश्यक रहेको जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरीले बताईन । कार्यक्रममा बोल्ने अधिकांस वक्ताले न्यायिक समितीको सक्रियता र तटस्थता बिना हिंसाको घटनामा कमी नआउने बताए । जिल्लाका बिभिन्न स्थानिय तहका उदाहरणीय महिला पुरुषलाई सम्मान गरिएको कार्यक्रम अघि दिवशका अवसरमा तौलिहवामा ¥यालीको आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?