ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

हरनामपुर बालविवाह मुक्त

२३ मंसिर २०७५, आईतवार
२३ मंसिर २०७५, आईतवार

जिल्लाको मायादेबी गाँउपालिका वडा नम्बर ७ (साबिक हरनामपुर गाबिस) लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
मायादेवी गाँउपालिका, सेभ द चिल्ड्रेन र लुम्बिनी एकिकृत बिकास संस्थाको सहयोगमा वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा तोकिएको सुचक पुरा भए सगै वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । वडामा बि.स. २०७१ मा वडामा भएका कुल ६३ वटा विवाहमा २५ वटा विवाह १८ बर्ष मुनी भएको तथ्याङ्क वडा अध्यक्ष जनार्दन प्रसाद चौधरीले जनाए ।
सो पश्चात तत्कालिन गाबिसस्तरीय बाल संरक्षण तथा सम्बर्धन उपसमितीको अगुवाईमा बालविवाह मुक्त वडा घोषणा गर्ने उद्देश्यका साथ सचेतनाका कार्यक्रमलाई निरन्तरता दिईएको उनले बताए । सचेतना प्रवाह सगै बिस २०७२ मा बालविवाहको दर ३६ प्रतिशत, २०७३ मा १९ प्रतिशत, २०७४ मा ७ प्रतिशत र २०७५ मा ४ प्रतिशतमा झरेको चौधरीले जानकारी गराए ।
तोकिएको सुचकहरू पुरा गरेको कारण वडा अध्यक्ष चौधरीले वडालाई बालविवाह मुक्त घोषणा गरि घोषणापत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रममा बोल्दै संघिय साँसद अतहर कमालले बालविवाहका कारण बालबािलकाको सर्वाङ्गिण बिकास नै प्रभावित हुने भएकाले सचेतना कार्यलाई निरन्तरता दिनु पर्ने बताए । बिधमान कानुनले समेत २० बर्ष मुनीको विवाहलाई दण्डनिय बनाएको बिषयमा समेत सचेतना प्रवाह आवश्यक रहेकोमा उनको जोड थियो ।
बालविवाहले निम्त्याउने असर बारे समयमै सचेतना प्रवाह गराएर बाल विवाह न्युनिकरणको अभियानलाई थप प्रभावकारी बनाउन सकिने जिल्ला समन्वय समिती उपप्रमुख तारावती चौधरी चौधरीको भनाई थियो । वडा नम्बर ७ ले तोकिएको सुचक पुरा गरि वडालाई बालविवाह मुक्त घोषणा गरे सगै बालविवाह बारेका सचेतना कार्यक्रम सञ्चालन गर्न गाँउपालिकाले प्राथमिकता दिने मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मीले बताए ।
उनले अभियानलाई अन्य वडामा समेत बिस्तार गरि गाँउपालिकालाई बालविवाह मुक्त बनाउनका लागी आफूहरू लागी परेको जानकारी दिए । सो अवसरमा अभियानलाई सफल बनाउन सहयोग गरेका समाजसेवी, स्वास्थ्यसेवा प्रदायक, स्वयंसेविका, सहजकर्तालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा गाँउपालिका उपप्रमुख गिता तिवारी, प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाल लगायतले मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?