ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

नीजि वन धनी सम्मानित

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

 जिल्ला वन कार्यालय रुपन्देहीले जिल्लाका उत्कृष्ट नीजि वन धनीहरुलाई सम्मान गरेको छ । आफ्नो नीजि जग्गामा वृक्षारोपण गरी नीजि वनको विकास गर्नुका साथै वातावरणीय सन्तुलन कायम राखी वन पैदावारमा आत्मनिर्भर बन्नमा उल्लेखनीय भुमिका निर्वाह गर्ने नीजि वन धनीहरुलाई सम्मान गरिएको हो ।
विगत ३ वर्ष देखि नेपाल सरकारको वन दशक कार्यक्रम अनुसार रुपन्देहीका उत्कृष्ट वन धनीहरुलाई सम्मान गरिदै आएको जिल्ला वन कार्यालय रुपन्देहीका सहायक वन अधिकृत गिरीराज पन्तले बताए । जिल्ला वन कार्यालय रुपन्देही र नीजि वन सञ्जालले संयुक्त रुपमा मुल्यांकन मार्फत छनौट गरी २१ जनालाई सम्मान गरिएको नीजि वन सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मिले जानकारी दिए ।
नीजि वन धनीहरुमध्ये १३ जनालाई नगद ८ हजार र ८ जनालाई ६ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको हो । वृक्षारोपण गरेको जग्गाको क्षेत्रफल, प्राविधिक पक्ष, विरुवाको संरक्षणको अवस्था, व्यवस्थापन जस्ता विषयहरुको मुल्यांकन गरी उनीहरुलाई सम्मान गरिएको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । सम्मानित हुनेहरुमा सम्मरीमाई–३ का बब्लु राय, मर्चवारी–१ का मकसुद आलम (तुरुला खाँ), मर्चवारी–३ का सोमइ बरई, मर्चवारी–५ का परमेश्वर जैसवाल, मर्चवारी–२ का मोहम्मद हसन रजा, सम्मरीमाई–५ का कन्हैया माझी, रोहिणी–२ का चन्द्रिका यादव, लुम्बिनी सांस्कृतिक न.पा.–७ का अब्दुल सकुर खाँ, तिलोत्तमा न.पा.–८ का दिपक राज घिमिरे, कञ्चन–४ का डोल बहादुर थापा, पार्वती थापा, सम्मरीमाई–६ का दिपचन्द मुराव, कोटहीमाई–६ का गंगाराम चौधरी, गैडहवा–४ का शिवनाथ जैसवाल, सम्मरीमाई–६ का श्यामसुन्दर गिरी, रोहिणी–२ का उमाशंकर यादव, सियारी–७ का विष्णु न्यौपाने, गैडहवा–१ का अनिस मुसलमान, गैडहवा–२ का रामकुमार वनिया, रोहिणी–३ का रमावती मुराव, सम्मरीमाई–७ का वासुदेव मल्लाह र मायादेवी–७ का दिपचन्द्र बरई रहेका छन ।
सो अवसरमा बौल्दै जिल्ला वन अधिकृत रोमराज लामिछानेले वनको संरक्षण गरे मात्र पर्यावरणीय सन्तुलन कायम हुने बताए । उनले नीजि जग्गामा वृक्षारोपण गर्ने नीजि वनधनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको बताए । त्यस्तै नीजि वन सञ्जाल रुपन्देहीका अध्यक्ष जगनाथ कुर्मीले वृक्षारोपणले वातावरणको संरक्षण हुनुका साथै आम्दानीको स्रोत पनि हुन सक्ने बताए । उनले धेरै भन्दा धेरै वृक्षारोपण गर्नु सरकारको नीति समेत रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?