ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सम्झौता मिचेर बैठकी शुल्क

२१ मंसिर २०७५, शुक्रबार
२१ मंसिर २०७५, शुक्रबार

रूपन्देही हाटबजार व्यवसायी संघका अध्यक्ष समेत रहेका भिमलाल ज्ञवाली हाटबजारमा फेन्सी पसल गर्दछन् । विगत लामो समयदेखि अर्धसाप्ताहिक रूपमा बुटवल र यस आसपासमा लाग्ने हाट बजारहरूमा फेन्सीका सामानहरू बिक्री गर्दै आएका ज्ञवालीले गत बर्ष बुटवल उपमहानगरपालिकालाई बैठकी शुल्क (प्रत्येक पटक) रु ३० रूपैयाँ बुझाउँदै आएका थिए । तर अहिले उनले १ सय ३० रूपैयाँ तिर्नुपरेको छ ।


उनी एउटा उदाहरण मात्रै हुन् । हाट बजारमा व्यवसाय गर्ने सबै जसो व्यवसायीहरूकोले तिर्ने बैठकी शुल्क स्थानीय सरकार आएपछि ४ सय देखि ६ सय प्रतिशतसम्म वृद्धि गरेको कारण आजित भएका छन् । खासगरी स्वरोजगार मजदुरको रूपमा रहेका हाटबजार व्यवसायीहरूले यसरी शुल्क वृद्धिको कारण आफूहरू मारमा परेको बताएका छन् ।
हाटबजार व्यवसायी संघ रूपन्देहीका अध्यक्ष भिमलाल ज्ञवाली भन्छन्–‘अघिल्लो बर्षहरूमा १० देखि १५ प्रतिशत सम्म वृद्धि हँुदै आएको बैठकी शुल्क अहिले ४ सय देखि ६ सय प्रतिशत सम्म वृद्धि भएको छ ।’ यसरी हाटबजारमा वृद्धि गरिएको शुल्कको कारण आफूहरू थप अन्यायमा परको उनको गुनासो रहेको छ । हाट बजारमा उत्पन्न हुने फोर नियमित रुपमा सरसफाई गर्नमा समेत आलआटल गर्ने स्थानिय सरकारले शुल्क मात्रै वृद्धि गर्नुले ससाना व्यवसायीहरूलाई हेनेदृष्टिकोण फरक रहेको उनको तर्क रहेको छ ।
उनले हाटबजारलाई पुर्वाधारयुक्त हाट बजार बनाउन आवश्यक रहेको भन्दै स्थानीय तहले हाट बजारलाई पूर्वाधारयुक्त बनाउनको लागि विशेष भुमिका खेल्नुपर्ने बताउँछन् ।
हाट बजार व्यवसायी संघका पुर्व अध्यक्ष टेक बहादुर जिसी पनि तिनाउ खोला बगरमा लाग्ने हाटबजारबाट बुटवल उपमहानगरपालिकालाई एक पटकमा १ सय ३० रुपियाँ शुल्क तिर्ने गरेका बताउँछन् । गतसम्म वर्ष ३० रुपियाँ तिर्ने हाटबजार व्यवसायीहरूले अहिले १ सय ३० रुपियाँसम्म तिर्नु पर्दा आक्रोशित छन् । हाटबजारलाई व्यवस्थित गर्न र करको सही सदुपयोग गर्नका लागि पटक–पटक व्यवसायीहरूले नगरपालिकासँग आग्रह गरेका छन् । पूर्वअध्यक्ष टेकबहादुर जिसीले भने, ‘सयभन्दा धेरै निवेदन हामीले दिएका छौँ । तर केही सनुवाइ हुँदैन् । खाली शुल्क मात्र असुल्छन् ।’

नगरपालिकाले तीन प्रकारको शुल्क वर्गीकरण गर्दै साप्ताहिक हाटबजारमा शुल्क निर्धारण गरेको छ । जसबाट वार्षिक १ करोडसम्म उठाउने उपमहानगरपालिको लक्ष्य छ । नगरपालिकाले नवीकरण शुल्क पनि वृद्धि गरेको छ । गत वर्षसम्म १ हजार कायम गरिएको शुल्क अहिले १५ सय पु¥याएको छ । हाटबजार व्यवसायीहरू आन्तरिक राजस्व कार्यालय पनि दर्ता हुनुपर्ने प्रावधान छ । रूपन्देहीमा हाटबजार व्यवसायीहरू मात्र ४ हजारको हाराहारीमा छन् । १ सय २० वटा हाट बजार छन् । हाटबजार व्यवसाय बाट ५० हजार भन्दा बढि व्याक्तिहरू प्रत्यक्ष, अप्रत्यक्ष रूपमा लभांवित भएको हाट बजार व्यवसायी संघ रूपन्देहीका महा सचिव नेत्र प्रसाद पोखरेल बताउछन् । उनका अनुसार स्थानिय निकायले हाटबजार क्षेत्रको पुर्वाधार विकास भन्दा पनि बैठकी शुल्क मात्रै अशुल्ने गरिएको कारण आफुहरू मर्कामा परेको महासचिव पोखरेलको भनाई छ । उनले बर्षेनी बढाबढमा टेण्डर लगाईनु, ठेकादारले बजारको बस्तुस्थिती सो क्षेत्रका समास्या समाधानको लागि कुनैले चासो नेखाउदा समस्या भएको उनको भनाई छ । ठेकेदार कम्पनीले बुटवल उपमहानगरपालिकासँग गरेको सम्झौता भन्दा वढि शुल्क उठाएको हो । उपमहानगरपालिकाले वढिमा प्रति दिन सेडको वढिमा ४५ रूपैयाँ तोकेको भएपनि ठेकेदारले १ सय ३० रूपैया सम्म उठाउँदै आएको पाईएको छ ।

भिमलाल ज्ञवाली
अध्यक्ष, हाट बजार व्यवसायी संघ रुपन्देही ।
यता, बुटवल उपमानरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मीले नगरपालिले एउटा नीती बनाएर सोही अनुसारको शुल्क लिदै आएको जानकारी दिए । उनले निश्चित मापदण्ड अनुसार बैठकी लगायतका शुल्कको निर्धारण गरिएको जानकारी दिँदै यदि कुनै ठेकेदारले बढि रकम लिएको पाएमा अनुगमन गरेर कारवाही गरिने समेत जानकारी दिए । उनले भने–‘व्यवसायीहरूले बढि रकम तिर्नु भएन, यस विषयमा के रहछे हामी बुझ्छौ, यस विषयमा प्रत्येक हाट बजारहरूमा करको विवरण सहितको बोर्ड समेत राख्ने योजना हामीले बनाएका छौ । ’
बुटवल उपमानगरपालिका राजश्व तथा आय शाखा प्रमुख बरिष्ठ अधिकृत विजयदेव भुर्तेलका कानुसार हाटबजारमा प्रत्येक दुकानलाई ७÷७ व.फि. क्षेत्रफल उपलब्ध गराउने र थप क्षेत्रफल प्रयोग गरेमा तोकिएको दरमा थप शुल्क लिईनेछ मापदण्ड बुटवल उपमहानगरपालिकाले बनाएको बताए । उनका अनुसार हाटबजारमा बस, ट्रक ट्याक्टर, जीप वयल गाडामा सामान ल्याई बिक्री गर्नेलाई प्रति बोरा रु. १० (प्रति पेटी रक्रेट रु.२ का दरले बैठकी शुल्क लिईनेछ ।) छ ।
………………………………

रसिदबिना रकम खल्तीमा
मिना ढकाल
बुटवल, २० मंसिर ।
बुटवलमा सञ्चालन भएका हाट बजारहरूमा ठेकेदारहरूले अधिकांस व्यवसायीहरूलाई रसिद नै नदिई रकम उठाउने गरेका छन् । ठकेदार कम्पनीबाट खटिएका व्यक्तिहरूले कहिले गाई धपाउने त कहिले फोहर मैला उठाउने भन्दै रकम लिने गरेको भएपनि रसिद नदिने गरेका हुन् । बुटवल–४ हाट बजारमा रहेको बुधवार र शनिबार लाग्ने हाट बजारको ठेक्का कस्ले लिएको हो भन्ने विषयमा व्यवसायीहरूलाई नै थाहा छैन । कम्पनीबाट खटिएका अधिकांस कर्मचारीहरूलाई व्यवसायीबाट रकम लिने गरेको भएपनि विल दिने गर्दैनन् ।


एक व्यवसायीले बुटवल टुडे संग भनिन्–‘पैसा दिन्छौ, खुसुक्क खल्तीमा हाल्छन्, रसिद माग्यो दिँदैनन् ।’ कतीपयले गाई धपाउने खर्च भन्दै ५ देखि १० रूपैयाँ लिने गरेकोमा ठेकेदार कम्पनीबाट खटिएका कर्मचारीहरूले कसैसँग २०, कसैसंग ३०, ३५, देखि ५० र ७० रूपैयाँ सम्म लिने गरेका पाइएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?