© २०२३
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तरगत रहेका सम्पूर्ण खोप कार्यक्रम सञ्चालन भएका सूचिकृत स्वास्थ्य संस्थाहरुमा हाल आएर निशुल्करुपमा राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि दुई बर्षभित्रका बालबालिकाहरुलाई बिभिन्न १३ वटा घातक रोगहरुको बिरुद्वमा खोपहरु उपलब्ध भएको कुरा सर्बबिदितै छ । यस्ता घातक रोगहरुबाट भबिष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुलाई पूर्णरुपमा बचाउनको लागि हरेक बाबा आमा दाजुभाई दिदिबहिनी र सम्पूर्ण स्वास्थ्यका सरोकारवालाहरुको महत्वपूर्ण भुमिका रहेको हुन्छ । यि तेह्रवटा घातक रोगहरुबाट बचाउन हरेक परिवारले आफ्ना बालबालिकाहरुलाई जन्मे पश्चात १५ महिनाको उमेर पूरा हुँदासम्म अर्थात दुई बर्ष भित्र स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीहरुसंग बच्चालाई सातपटक भेटगरी नौ वटा खोप लगाई आफ्ना बच्चालाई घातक रोगबाट बचाउनु अत्यन्तै जरुरी र महत्वपूर्ण कार्य मानिन्छ । भनिन्छ नि “रोग लाग्नु भन्दा रोगको बाटो छेक्नु नै बेस” । ठिक त्यसैको उपजलाई मानेर यो कार्यलाई निकै महत्वको साथ हेरिएको छ । त्यसकारणले गर्दा हरेक स्वास्थ्य संस्थाहरुबाट सञ्चालित यो महत्वपूर्ण कार्यक्रमलाई निकै संम्बेदनशील र अनिबार्य प्रयोगमा ल्याउनुपर्ने कार्यक्रमको रुपमा हेरिने गरिन्छ । त्यसैले गर्दा यो खोप कार्यक्रमलाई एवान कार्यक्रम अर्थात कार्यक्रमको पनि महत्वपूर्ण कार्यक्रम भनिएको छ ।
खोपको महत्व ः
खोप निशुल्क पाईन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्दछ । खोप ठूलो जनसमूहलाई सुरक्षित गर्ने साधन हो । प्रत्येक पाँचजना बालबालिकाको मृत्यु मध्ये एकजनालाई खोपबाट बचाउन सकिन्छ । खोपले जीवन बचाउँछ । खोप सबैभन्दा राम्रो खरिद हो । जनताको लागी फ्रि अधिकार हो भने रोग लाग्ने दर, अपाङ्ग हुने दर र मृत्यु हुने दर घटाउने खोप कार्यक्रमको लक्ष्य हो । बच्चालाई खोप पूरा गर्न पाँचहजार रुपैंया खर्च लाग्दछ भने एकजना बच्चालाई सम्पूर्ण खर्च बेहोरेर हेर्ने हो भने सम्पूर्ण खोप पूरा गर्नको लागि ३० हजार रुपैयाँ खर्च लाग्ने भनिएको छ । त्यस कारणले पनि नेपाल सरकारले बच्चाको लागि निःशुल्क रुपमा बितरण गर्दै आएको खोप कार्यलाई निकै महत्वका साथ हेरि सम्पूर्ण अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाई बालबालिकाहरुलाई घातक रोगबाट बचाउनु अत्यन्तै महत्वपूर्ण कार्य मानिन्छ । नेपाल सरकारले निःशुल्क रुपमा बालबालिकाहरुका लागि सञ्चालनमा ल्याएको यो खोप कार्यक्रमबाट प्राप्त हुने खोपलाई बाहिरी रुपमा किनेर प्रयोमा ल्याउनको लागि हामी नेपालीहरुको बहस भन्दा अलि टाढाको बिषय भएको अर्थात हाम्रो क्षमताले भेटन नसक्ने हुनाले आफ्ना बालबालिकाहरुलाई यस्ता तेह्रवटा घातक रोगहरुबाट बचाउन बालबालिकाहरुलाई लुलो, लङ्गडो, लठेब्रो, सुस्तमनस्थिति र बिक्षिप्त क्षमताबाट जोगाउन तथा बच्चाको शारीरिक, मानसिक, सामाजिक र सम्बेगात्मक विकासमा पछि गएर कुनै असर नपरोस भन्नका लागि यी महत्वपूर्ण र निःशुल्क रुपमा प्रगोगमा आएका नियमित रुपमा हरेक महिना सन्चालनमा ल्याईएका खोपहरुलाई आफ्नो पायक पर्ने नजिकको स्वास्थ्य संस्था वा खोप केन्द्रमा आफ्ना बालबालिकाहरुलाई लगेर अनिवार्य खोप लगाऔं । भविष्यका कर्णधारको रुपमा रहेका बालबालिकाहरुको स्वास्थ्यलाई बचाऔं । आफ्ना बालबालिकाहरुको भबिष्य उज्वल बनाऔं । जानेर वा नजानेर कुनैपनि अभिभावकले बालबालिकाहरुको खोप लगाउन पाउनुपर्ने नैर्सगिक अधिकार बाट बञ्चित नगरौं । र, आफूलाई पनि कानुनको भागीदार नबनाऔं ।
यस्तो छ सात भेट र तेह्र रोगः
पहिलो भेटः जन्मने बित्तिकैः बिसिजी खोपः क्षयरोगका बिरुद्वमा ।
दोस्रो भेटः छ हप्तामा ः रोटा (पहिलो मात्रा), पोलियो (पहिलो मात्रा), पिसिभी (पहिलोमात्रा), डिपिटी, हेप बी. हिब (पहिलो मात्रा)ः रोटा भाईरसबाट हुने झाडापखाला ३. पोलियो ४. निमोनिया (निमोकोकल रोगहरु) ५. भ्यागुते रोग ६. लहरेखोकी ७. धनुष्टंकार ८. हेपाटाईटिस बि ९. हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा
तेस्रो भेट ःदशहप्तामा ः रोटा (दोस्रो मात्रा), पोलियो (दोस्रोमात्रा), पिसिभि (दोस्रो मात्रा), डिपिटी हेप बिहिब (दोस्रो मात्रा)ः रोटा भाईरसबाट हुने झाडापखाला, पोलियो निमोनिया (निमोकोकल रोगहरु), भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा ।
चौथो भेट ःचौध हप्तामाः पोलियो (तेस्रो मात्रा), एफआईपिभी (पहिलो मात्रा) डि पि टी हेप बिहिब (तेस्रो मात्रा) ः पोलियो, भ्यागुते रोग, लहरेखोकी, धनुष्टंकार, हेपाटाईटिस बि, हेमोफिलस इन्फ्लुएन्जा बिका बिरुद्धमा ।
पाँचौ भेटः नौ महिनामा ः पि सि भी (तेस्रो मात्रा) एफआाईपिभी (दोस्रो मात्रा) दादुरा रुबेला (पहिलो मात्रा¬)ः निमोनिया (निमोकोकल रोगहरु), पोलीयोका रोगहरु, दादुराका बिरुद्धमा ।
छैठौं भेटः बाह्रौ महिनामाः जापानिज इन्सेफ्लाईटिस (एकमात्रा)ः जापानिज इन्सेफ्लाईटिसका बिरुद्धमा ।
सातौं भेट ःपन्ध्रौं महिनामा ः दादुरा रुबेला (दोस्रो मात्रा), टाइफाइड (पहिलो मात्रा ) दादुरा र रुबेला रोगको बिरुद्धमा, टाइफाइड रोगकाबिरुद्धमा ।
यसरी नेपाल सरकारबाट निशुल्क रुपमा बितरण गरिएका यी महत्वपूर्ण खोपहरुलाई प्रत्येक बालबालिकाका अभिभावक, स्वास्थ्यका सम्पूर्ण सरोकार वालाहरु, राज्यका तिनै तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, संचारकर्मी, प्रशासन लगायत सबैको आ–आफ्नो तहबाट सहयोग र सहकार्य रहेमामात्र राज्यको यो महत्वपूर्ण कार्यको सार्थकता रहन्छ । आ– आफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा आफ्नो बच्चाले खोप प्राप्त गर्ने समय अबधिमा अनिवार्य रुपमा गएर आ– आफ्ना बालबालिकाहरुलाई यस्ता प्राणघातक डरलाग्दा रोगहरुबाट बचाउनु हरेक बाबा आमा र सरोकारवाला सम्पूर्ण नागरिकको कर्तब्य मानिन्छ भन्ने कुरामा कुनै दुईमत छैन । त्यसैले सबैले मिलेर यो अभियान सफल पारौं र आ– आफ्ना बालबालिकालाई घातक रोगबाट बचाऔं ।
स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी