ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

संवन्ध विच्छेदले पारिवारिक विग्रह

३ श्रावण २०७५, बिहीबार
३ श्रावण २०७५, बिहीबार

१४ वर्षमै विवाह वन्धनमा वाँधिएकी रोल्पा नगरपालिका ४ की मीना विष्ट विवाह गरेको २ वर्षमै संवन्ध विच्छेदका लागि अदालत पुगिन । श्रीमानले दिनहुँ कुटपिट गरेको,, खान लाउन नदिई वेवास्ता गरेको जस्ता आरोप लगाउदै मुद्धा दायर गरकी थिईन । अदालतवाट उनकै माग वमोजिम फैसला भयो ।
साविक रोल्पा रांकोटकी ७१ वर्षिया हस्तमाली वली श्रीमान पंचवहादुर वली संग संवन्ध विच्छेद गरि पाउन अदालतमा मुद्धा दर्ता गरिन । ७१ वर्षिय श्रीमान पञ्चवहादुर वली र आफु वीच पारिवारिक संवन्ध राम्रो हुन नसकेको हुदा वाँकी जीवन एक्लै जीउने विचारले दर्ता गरिएको मुद्धामा अदालतले संवन्ध विच्छेदको फैसला ग¥यो ।
यी मुद्धा रोल्पा जिल्लामा घट्ने संवन्ध विच्छेदका प्रतिनिधि घटना हुन । सानैमा विवाह गर्ने, ठूलो भए पछि पछुताउने देखी युगौ सम्म संगै वसेकाहरु जीवनको उत्तराद्र्धमा संवन्ध विच्छेदको निर्णयमा पुग्नु सामान्य घटनाको रुपमा लिन नहुने जानकारहरु वताउछन । समाजमा मौलाउदै गएको विकृतीको प्रतिफलका स्वरुप यस्ता घटना वढ्दै गएको मेलमिलापकर्ता सुन्दर वलीको वुझाई छ । समाज तथा परिवारमा समेत अनुशासनले सिमा नाघ्दै जाँदा यस्ता विकृतीहरु वढै जान्छन ओलीले भने । यस्ता घटनाले पारिवारिक विखण्डन र सामाजिक द्धैष वढ्दै जान्छ ओलीको भनाई छ ।
जिल्ला अदालतको अभिलेखमा वर्षभरि परेका मुद्धा मध्ये सवभन्दा वढी सम्बन्धविच्छेदका मुद्धा भेटिने गर्छन । संवन्ध विच्छेदको उजुरी गर्ने मध्ये अधिकांश महिला हुने गरेको वताइएको छ । श्रीमानले खान लाउन नदिएको, कुटपिट गर्ने गरेको तथा वेवास्ता गरेको आरोप लगाई संवन्ध विच्छेदको उजुरी आउने गरेको रोल्पा जिल्ला जिल्ला अदातलका मुद्दा दर्ता फाँटका ईन्चार्ज टुकलाल विकले जानकारी दिए । महिलाले अंश लिएर संवन्ध विच्छेद गर्न पाउने गरि कानून वने संगै सामान्य पारिवारिक मनमुटाव हुदा पनि महिलाहरु संवन्ध विच्छेदको निर्णयमा पुग्ने गरेको वताईन्छ ।
आर्थिक वर्ष २०७२÷०७३ मा ११६ वटा संवन्ध विच्छेदका दर्ता भएका थिए । यसरी दर्ता भएका मुद्धा मध्ये १५ जनाको मुद्धा अंश सहित संवन्ध विच्छेदको माग गरिएको थियो भने १०१ जनाले अंश दावि नगरेरै संवन्ध विच्छेदको माग गरेका थिए । यसैगरि आर्थिक वर्ष ०७३÷०७४ मा यो संख्या वढेर १२२ पुगेको थियो । जस अनुसार १४ जनाले अंश दावि गरेर संवन्ध विच्छेदको मुद्धा दर्ता गएका थिए भने १०८ जनाले अंश दावि विनै संवन्ध विच्छेदको माग गरेका थिए । आर्थिक वर्ष ०७४÷०७५ मा यो संख्या अझै वढेको देखिन्छ । उक्त आर्थिक वर्षमा कुल मुद्धा १२९ वटा दर्ता भएकोमा १४ जनाले मात्रै अंश दावि गरेका थिए । ११५ जनाले संवन्ध विच्छेद गर्दा श्रीमानको अंश नचाहिने भन्दै शुद्ध विच्छेदको माग गरेका थिए ।
संवन्ध विच्छेदका मुद्धा मध्ये अधिकांश मुद्धा श्रीमान विदेश रहेका महिलाहरुले दिने गरेको वताइएको छ । देखा सिकी गर्ने प्रवृत्ती, सामाजिक संजालको दुरुपयोग जस्ता कारणले पनि संवन्ध विच्छेदको घटना वढेको हुन सक्छ रोल्पा जिल्ला अदालतका मेलमिलापकर्ता वलीले भने । उमेर नपुग्दै आदर्श जीवनको परिकल्पना संगै अपरिपक्व निर्णयले वालविवाह गर्ने उमेर छिपिए संगैको परिपक्वताले संवन्ध विच्छेद गर्ने गरेको अधिवक्ता श्रीमनकुमार पोख्रेलले वताए । वैदेशिक रोजगारीमा जानु पर्ने वाध्यताका कारण लामो समयसम्म श्रीमान श्रीमतीको भेटघाट नहुनु,चेनताको अभाव , अशिक्षा र गरिवीले जिल्लामा संवन्ध विच्छेदलाई मलजल गरिहेको पोख्रेलले वताए ।
हरेक वर्ष यति ठूलो संख्यामा आईरहेको पारिवारिक विखण्डनले जिल्लाको समग्र प्रगतीमा समेत वाधा पुग्ने महिला मानव अधिकार रक्षक संजाल रोल्पाका अध्यक्ष तीर्था आचार्यको भनाई छ । घरमा हुने सामान्य मनमुटाव लाई व्यवस्थापन गर्न सके संवन्ध विच्छेद न्यूनिकरण हुन सक्ने आचार्यको भनाई छ । स्थानीय सरकारले विपे्रशनको सही व्यवस्थापन, सामाजिक संजालको दुरुपयोग रोक्ने तथा सकारात्मक सोंच संवन्धी परामर्शहरु संचालन गर्न सके समस्या न्यूनिकरण हुने आचार्यले सुझाव दिईन । वावु आमाको संवन्ध विच्छेद पछि छोराछोरीको विचल्ली, पेशा व्यवसायमा अन्यौलता तथा अनाहक रुपमा धनजनको समेत क्षति हुदा दीर्घकालिन रुपमा आर्थिक,समाजिक र सांस्कृतिक हिसावले कुनै न कुनै असर परिरहने आचार्यको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?