ट्रेंडिंग:

>> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान

सुन्दाजस्तो छैन सुनछहरी !

१६ मंसिर २०७५, आईतवार
१६ मंसिर २०७५, आईतवार

सुनछहरी गाउँपालिका–८ कसला रोल्पाकी तिलसरा पुनमगर ६ महिने छोरीलाई काखमा झुण्ड्याउँदै पिठूयँमा ‘सोत्तर’को भारीबोकी घरतर्फ जाँदै थिइन् । पैदल हिँडेर छोरीसँग दिनहूँ मेलापात जानुपर्ने उनको दैनिकी हो । चार सन्तानमध्ये कान्छी छोरीलाई लगेर उनी मेलापात पुग्छिन् । ‘घरमा बस्न छोरीले मान्दैन’,उनले भनिन्,‘गाईभैसीलाई सोत्तर खोज्न जंगलमा जाने गर्छु ।’ उनीजस्तै गाउँका धेरै महिलाहरू घरदेखि टाढाको जंगल र ख¥यानमा मेलापात गर्न पुग्ने गर्छन् । मेलापात गर्ने ठाउँ बस्तीभन्दा धेरै टाढा छ । घण्टौँ समय लगाएर घाँस, दाउराका लागि मेलापात पुग्नु महिलाहरूको बाध्यता छ । जिल्लाको दुर्गम क्षेत्रमा रहेको सुनछहरी गाउँपालिका क्षेत्रका अधिकांश नागरिकको दैनिकी यसैगरी बित्ने गरेको छ । घरदेखि टाढा खेतवारी हुँदा स्थानीयलाई खेतीपाती स्याहार्न समेत मुश्किल परिरहेको छ । वर्षमा झण्डै आधा महिना स्थानीयको बसोबास गोठमै वित्ने गरेको छ । ‘गोठै उठाएर खेतबारी भएको ठाउँमा सार्छौ’,सुनछहरी–५ जैमाकी स्थानीय गजमती रोकाले भनिन्,‘मल बोक्न गाह्रो हुनेभएकाले गोठै उठाएर लैजान्छौँ ।’
गाउँलेको दैनिकी मेलापातमै वित्ने भएकाले उनीहरू आय आर्जनको क्षेत्रमा जोडिन सकेका छैनन् । पुरानै खेतीपातीमा जीवन वित्ने गरेको छ । बस्ती एकातिर, जमिन अर्कोतिर हुँदा थोरै सन्तान हुनेहरूलाई काम गर्न अझ समस्या पर्ने गरेको स्थानीय बताउँछन् । छोराछोरीको पढाइ प्रभावित हुने गरेको छ ।
स्थानीय बुढापाकाहरू सुनछहरीको झरनामा सुन छ भन्ने सुनेको बताउँछन् । बालुवा चालेर केहीले सुन भेटाएको समेत स्थानीय बताउँछन् । प्राकृतिक रूपमा धनी सुनछहरीका स्थानीयको जनजीवन भने अझै सुध्रिन सकेको छैन् । कष्टकर दैनिकीमै उनीहरू समय विताउन बाध्य छन् । नपुगेका तर सुनेकाहरूलाई लाग्नसक्छ ‘सुनछहारीको नामै काफी छ ।’ तर, यथार्थमा यहाँको पीडा बेग्लै देखिन्छ । गाउँपालिका क्षेत्रमा अधिकांश जनजातीको बसोवास रहेको सुनछहरी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले बताए । उनका अनुसार गाउँका विभिन्न क्षेत्र प्राकृतिक रूपमा निकै धनी छन् ।
स्थानीय जडीबुटी, फलामखानी, पशुपालन, होटमस्टे, गुरिल्ला पदमार्ग, सुनछहारी झरना लगाएत क्षेत्रको प्रवद्र्धन गर्नसके स्थानीयको आय आर्जनमा महत्वपूर्ण टेवा पुग्नसक्ने संभावना छ । स्थानीय सरकारले यसतर्फ ध्यान दिन नागरीकहरूले सुझाएका छन् । गाउँका महिलाहरूको आय आर्जनलाई टेवा पुग्ने गरी विभिन्न सिपमुलक तालिम संचालन गर्ने योजना चालु आर्थिक वर्षमा बनाएको पुनले बताएका छन् । नेपाली कागज, अल्लो उत्पादन लगाएत सिपहरू महिलाहरूलाई प्रदान गरिने योजना गाउँपालिकाले बनाएको छ । यसका लागि दशलाख रूपैयाँ बजेट विनियोजन भएको पुनले बताए । उनका अनुसार गाउँपालिकाको समग्र विकासका लागि यसवर्ष कुल २५ करोड रूपैयाँ बजेट विनियोजन भएको छ । सामाजिक सचेतनामा गाउँहरू पछाडी परेकाले स्थानीयको सामाजिक सचेतनाका कार्यक्रमलाई बढवा दिने योजना अघि बढेका छन् । ‘पछाडी परेको क्षेत्रलाई माथी ल्याउन केही कार्यक्रम यसवर्ष छन्,उनले भने,‘सानैमा विवाह गर्नेहरू धेरै छन् ।
अभियान नै चलाएर रोक्ने प्रयास गरिरहेका छौँ ।’
महिला शसक्तिकरणलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले जानकारी गराए । ‘महिला शसक्त नहुँदासम्म समाज रूपान्तरण हुन सक्दैन्’,उनले भने,‘उद्यमशिलतालाई विशेष जोड दिएर लागेका छौँ ।’ जिल्लाकै दुर्गम क्षेत्र भएकाले अवको पाँच वर्षसम्म गाउँबासीले परिवर्तनको महशुस गर्नेगरी कार्ययोजना तय गरेको उनी बताउँछन् । साविकका जेलवाङ, गाम, सिउरी, जैमाकसला, सेरम र फगाम (२–९) गाविस मिलेर सुनछहारी गाउँपालिका बनेको छ ।
…………………………………………..
अझै पुगेन बैंक
महेश न्यौपाने
रोल्पा, १५ मंसिर
दश स्थानीय तह रहेको रोल्पाका ९ वटा स्थानीय तहमा वैंक स्थापना भए पनि सुनछहरी गाउँपालिकामा भने अझै वैंक स्थापना हुन सकेको छैन । गाउँपालिकामा वैंक स्थापना नहुँदा यहाँका स्थानीयहरू वैंकिङ कारोवारमा सास्ती भोग्दै आएका छन ।
गाउँपालिका भित्र कार्यरत कर्मचारी, शिक्षक तथा गैरसरकारी संस्थाहरूको तलब भत्ता भुक्तानी मात्र हैन सम्पूर्ण विकास बजेट भुक्तानीका लागि समेत स्थानीयहरू सदरमुकाम धाउन वाध्य हँुदै आएका छन् । रकम भुक्तानीका लागि जिल्ला सदरमुकाम जानुपर्दा समय र पैसाको बर्वादी झेल्नु परेको उनीहरूको गुनासो छ । जिल्लाका अन्य सवै स्थानीय तहहरूमा वैंक स्थापना भई सेवा प्रवाह भईरहँदा सुनछहरी गाउँपालिका वैंकिङ सेवावाट वंचित हुने जिल्लाको एक मात्र गाउँपालिकाको रूपमा देखिएको छ । निकट भविष्यमै बैंक स्थापना हुने भनिए पनि लामो समय सम्म स्थापना नहुदा वित्तिय सेवा प्रवाहमा समस्या देखिँदै आएको छ दीपज्योती वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोबाङका व्यवस्थापक हर्क घर्तीले भने । वैंक अभावले सहकारी संस्थाले समेत समस्या भोग्दै आएका छन व्यवस्थापक घर्तीले भने । बैंक स्थापनाको अन्तिम तयारी भईरहेको सुनछहरी गाउँपालिका अध्यक्ष आशवहादुर पुनले वताए । वैंकलाई पक्की भवन चाहिने भएकाले त्यस्तो भवन पनि खोजी गरिसकेका छौ अध्यक्ष पुनले भने । निकट भविष्यमा एसविआई वैंक स्थापना हुन लागेको अध्यक्ष पुनको भनाई छ ।
जिल्लाका अन्य स्थानीय तहमा भने अघिल्लो आर्थिक वर्षमा वैंक स्थापना भईसकेको थियो । माडी गाउँपालिकाको घर्तीगाउँमा नेपाल वैंक लिमिटेडले शाखा स्थापना गरेको छ ।
यसैगरि परिवर्तन गाउँपालिकाको पुलताचौर, गंगादेव गाउँपालिकाको सुखावडार र थबाङ गाउँपालिकाको थबाङमा जनता वैंक स्थापना भएर सेवा दिईरहेका छन । त्रिवेणी गाउँपालिकाको जुगार वजारमा ईन्भेष्टमेन्ट वैंक स्थापना भएको छ । रुन्टीगढी गाउँपालिकामा यस पूर्व राष्ट्रिय वाणिज्य वैंकले सेवा दिईरहेको छ । सुनिल स्मृती गाउपालिकाको सुलिचौरमा ग्लोवल वैंक स्थापना भएको । सदरमुकाममा रहेको रोल्पा नगरपालिकामा कृषि विकास वैंक, नेपाल वैंक लिमिटेड, जनता वैंक र ग्लोवल आईएमई वैंक स्थापना भई सेवा दिईरहेका छन । वैंक स्थापना संगै नजिकवाट वैंकिङ सेवा उपलव्ध भए पनि कारोवार क्षमता कम हुदा ठूलो कारोवारका लागि सदरमुकाम धाउनु पर्ने झंझट भने हट्न नसकेको वताइएको छ । वैंकहरूलाई कारोवार क्षमता वढाउन, कर्मचारीको व्यवस्थापन गर्न तथा सरकारलाई सुरक्षाको प्रत्याभूत गराउन सरोकारवालाहरूले सुझाव दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?