ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

बिमाको सुबिधा नपाई फर्कदै छन सेवाग्राही

२ श्रावण २०७५, बुधबार
२ श्रावण २०७५, बुधबार

सेवाप्रदायकको लापरवाहीका कारण सदरमुकाम क्षेत्रका स्वास्थ्य बिमाका सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएका छन । नेपाल सरकारले बिभिन्न जिल्लामा शुरु गरेको स्वास्थ्य बिमाको कार्यक्रम सफल र प्रभावकारी हुदै गर्दा जिल्लाको तौलिहवा अस्पतालमा भने सो सेवा अव्यवस्थित देखिएको छ । अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रममा अन्योलताका कारण सेवाग्राही सेवा नलिई फर्कन थालेका छन । आफुले असार महिना देखी हाल सम्म सो सेवाका लागी चार पटक अस्पतालमा पुग्दा समेत स्वास्थ्य बिमाको सेवा लागु नभएको बताईने गरेको कपिलवस्तु नगरपालिका १ का सेवाग्राही सत्यनारायण चौधरीले गुनासो गरे । गत चैत्र २७ गते वडामा कार्यरत बिमा सहयोगीबाट ०४८६६७००६ नम्बरको बिमा गराएका उनले आफुले जेठ १ गते बाटै बिमा सुबिधा पाउनु पर्ने भए पनि हाल सम्म सो सेवा नपाएको उनले गुनासो गरे । आफु मंगलबार पनि सेवा लिन आउदाँ स्वास्थ्य बिमाको पुर्ण सुबिधा दिन नसकिने र अस्पतालको सेवा मात्र दिईने जानकारी गराईको उनले बताए । “अस्पतालमा अन्य अवस्था जस्तै टिकट काटेर सेवा लिनु पर्ने भए हामीले बिमा गराएको के अर्थ । त्यसैले स्वास्थ्य कार्यालयमा खटिएका बिमा बोर्डका दर्ता अधिकारी र वडाको दर्ता सहयोगी सँग बिमाको रकम फिर्ता मागेको छु । ” चौधरीले भने । स्वाथ्य बिमाको कार्यक्रम जिल्लाको अन्य दुई अस्पतालमा प्रभावकारी रुपमा सञ्चालन भए पनि अस्तालको व्यवस्थापकिय कमजोडीले समस्या आएको र पहुच हुनेका लागी मात्रै सेवा प्रवाह गरिने गरेको उनले आरोप लगाए । अस्पतालमा सेवा प्रवाहमा समस्या हुदाँ आफुहरु सँग सेवाग्राहीले बिमा बापतको रकम फिर्ता माग्न थालेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ कि दर्ता सहयोगी निर्मला न्यौपानेले बताईन । उनी जस्तै कपिलवस्तु नगरपालिका ६ कि दर्ता सहयोगी संगिता भुसालले आफुले बिमा गराएका तिन सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएको बताईन । “धेरै दिन दौड धुप गरेर सम्झाई बुझाई बिमा गरायो । सेवा नपाउदाँ सेवाग्राहीले हामीलाई दोषी बनाउने गरेका छन । ” भुसालले भनिन । आफुहरु जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत भए पछि १०÷१२ जना सेवाग्राहीले सेवा नपाएको गुनासो गरेको नेपाल सरकार स्वास्थ्य बिमा बोर्डबाट खटिएका दर्ता अधिकारी सुदिप पौडेलले बताए । “आन्तरिक व्यवस्थापनमा समस्या आएकै कारण पिपरा अस्पताल र शिवराज अस्पतालमा प्रभावकारी देखिएको स्वास्थ्य बिमाको कार्यक्रम तौलिहवा अस्पतालमा भने अन्यौलमा परेको छ । ” पौडेलले भने । यता जिल्ला अस्पतालका तर्फ बाट स्वास्थ्य बिमा कार्यक्रमका लागी खटाईएका प्रशासन प्रमुख रत्नाकर शुक्लाले अस्पतालमा जनशक्ति र फार्मेसी सेवाको अभाव रहेकोमा बिमा बोर्डले स्वास्थ्य बिमाका लागी उपलब्ध गराउने भनेको पेश्की रकम उपलब्ध नगराउदाँ केहि समस्या आएको स्विकार गरे । जिल्ला अस्पतालको आन्तरिक व्यवस्थापनमै समस्याका कारण हाल सम्म जिल्ला अस्पताल तौलिहवाबाट ९ जना सेवाग्राहीले मात्र स्वास्थ्य बिमाको सेवा पाएको भेटिएको छ ।
जिल्ला अस्पतालमा स्वास्थ्य बिमाको कार्यक्रम अन्योलको अवस्था रहे पनि तौलिहवा जिल्ला अस्पताल र स्वास्थ्य बिमा बोर्ड बिच २०७५ बैशाख २७ गते सेवा सम्झौता गरिएको भेटिएको छ । सेवा सम्झौतामा जिल्ला अस्पतालका तर्फबाट डाक्टर किशोर बन्जाडे र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष बिजय प्रकाश जैसलवाल तथा बोर्डका तर्फबाट कार्यकारी निर्देशक डाक्टर मदन कुमार उपाध्याय र बोर्डका प्रदेश संयोजक मनोज पौडेलले हस्ताक्षर गरेका छन । सम्झौताको २ (ख) को १ मा बिमा गराएका सदस्यको लागी सेवा सुबिधा गुणस्तरीय रुपमा प्रदान गर्ने गराउने, ४ मा सेवाप्रदायकको आफनै परिसरमा औषधी बितरण कक्षको व्यवस्थापन गर्ने र सदस्यहरुलाई औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने, ५ नम्बर बुदाँमा तोकिएको सेवा तथा औषधी निरन्तर उपलब्ध हुने व्यवस्था सुनिश्चित गर्ने र सोहि बुदाँ को ८ (ख) मा औषधी कक्षमा चौबिसै घण्टा औषधी उपलब्ध गराउने व्यवस्था सुनिश्चित गराउनु पर्ने उल्लेख छ । उता बिमा बोर्डले भने अस्पतालले स्वास्थ्य सेवा प्रदान गरे पछि तोकिएको म्याद भित्र माग दाबी गरिएको रकम उपलब्ध गराउनु पर्ने सम्झौतामा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

अस्पताल व्यवस्थापन समिती र कर्मचारीको उपस्थितीमा गरिएको सम्झौताका आधारमा स्वास्थ्य बिमा उपलब्ध गराउनु पर्ने भए पनि सो को व्यवस्थापकिय पक्ष कमजोड देखिएको बोर्डका प्रदेश संयोजक मनोज पौडेलले बताए । अस्पताल सँगको सम्झौताका क्रममा फार्मेसी तत्काल सञ्चालन गर्न असमर्थ रहेको तौलिहवा अस्पताल व्यवस्थापन समितीले जानकारी गराएका आधारमा तत्काल ५ लाख रुपैया पेश्की बापत उपलब्ध गराउने भनिए पनि सो रकमको माग नआएको उनले बताए । हाल जिल्लामा ५ हजार बढिले स्वास्थ्य बिमा गराएको भए पनि सेवा प्रवाहमा अन्योलताले दर्ता सहयोगीले समेत बिमा गराउने वा नगराउने भन्ने अन्यौलमा परेका छन । सो बिषयमा प्रतिक्रिया लिदा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुकर घिमिरेले स्वास्थ्य बिमा बोर्ड सँग सम्झौता गरिए पनि जनशक्ति अभाव र व्यवस्थापनका कारण स्वास्थ्य बिमाको सेवा प्रवाहमा केहि समस्या आएको स्विकार गरे ।

नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने अनुरुप राष्ट्रिय स्वास्थ्य बिमा निती, २०७१ र सामाजिक स्वास्थ्य बिमा समिती (गठन आदेश) २०७१ बमोजिम आव २०७२÷७३ मा कैलाली, बाग्लुङ्ग र ईलाम जिल्लाबाट सो कार्यक्रम शुरु गरिएको थियो । हल कपिलवस्तु सहितका ४२ जिल्लामा लागु गरिएको स्वास्थ्य बिमाको कार्यक्रम अन्र्तगत बिमा गराउने सेवाग्राहीलाई आकस्मिक सेवा, अन्तरङ्ग सेवा, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला र औषधी लगायतका सेवा प्रदान गरिने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?